• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

गोर्खा ब्रिगेडका भिन्न परिचय बोकेका ‘लाहुरे’

  •   ४ चैत्र २०७९, शनिबार १५:५६ 
  • उजिर मगर
    निवर्तमान महासचिव नेपाल पत्रकार महासंघ

    बेलायतीहरु गोर्खा अर्थात् नेपालबारे कथा भन्ने गर्छन् । ‘ब्रिटिश इस्ट इन्डिया कम्पनी भारतमा स्थापित भइसकेपछि थाहा भयो उत्तरको हिमालय फेदमा नेपाल भन्ने एउटा देश छ ।’ त्यससँगै बेलायतीहरुले सन् १८१४–१६ बीचमा युद्धमा नेपालमाथि धावा बोले । जसबाट कुमाउ र गढवाल नेपालबाट इस्ट इन्डिया कम्पनीको हातमा लिए । त्यहीबाट कथा सुरु हुन्छ, गोर्खाली र बेलायतीको नाता । इस्ट इन्डिया कम्पनीमा आएदेखि सुरवीर गोर्खालीको मनोदशालाई बेलायतीले राम्ररी अध्ययन गरे । इतिहास जित्नेको बढी हुन्छ, हार्नेको कमै हुन्छ । गोर्खाली अर्थात् नेपाली र बेलायतबीच यतिखेर प्रगाढ सम्बन्ध छ । तर, फर्केर हेर्दा पितृहरुको ती कहाली कथा भने गोर्खालीको मनमा गहिरो छाप अझै छ । प्रथम विश्व युद्ध (१९१४–१९१९) मा गोर्खालीहरु गज्जबले प्रयोग भए । विश्व युद्धको लडाइँमा कति हताहत भए ? यकिन सङ्ख्या नेपालसँग छैन । बेलायतले समेत कुनै दस्तावेजमा उल्लेख गरेको छैन । भारतमा रहँदा गोर्खा सैनिक रेजिमेन्टबारे जानकार थिए । इयन ह्यामिल्टन । उनै ह्यामिल्टन बेलायती रक्षा सचिव थिए, पहिलो विश्व युद्धको दोस्रो वर्षमा । गोर्खालीको सैन्य कला जानेबुझेका ह्यामिल्टनले युद्धमा गोर्खा रेजिमेन्ट प्रयोग गर्ने निर्णय लिए ।

    भारतमा तैनाथ रहेका गोर्खालीहरुलाई लडाइँका लागि युरोप लगियो । भारतबाट त्यहाँ लगिएका गोर्खाली सेनाहरुले पहिलोपटक जर्मन फौजसँग फ्रान्समा भिडन्त गरे । २५ सेप्टेम्बर, १९१५ फ्रान्सको लुज भन्ने स्थानमा गोर्खालीहरुले मोर्चा कसे । जसलाई इतिहासमा ‘लुजको युद्ध’ भनेर स्मरण गरिन्छ । त्यतिखेर २० हजार बेलायती सैनिक मारिएको र ५० हजार अङ्गभङ्ग भएको तथ्य छ । यद्यपि गोर्खाली कति मारिए भन्ने यकिन तथ्याङ्क पाइँदैन । लुजको युद्धमा परेर बाँचेका बुढापाकाहरुले गोर्खा ब्रिगेडमा मौखिक भनेअनुसार १७ हजार बढी गोर्खाली मारिएका थिए । पहिलो र दोस्रो विश्व युद्धमा बेलायती पक्षबाट २ लाख हाराहारीमा गोर्खालीहरुको ज्यान गएको दाबी गरिन्छ । इस्ट इन्डिया कम्पनीबाट जोडिएको नाता कालान्तरमा गोर्खालीमा एउटा संस्कृति नै निर्माण भयो । जुन संस्कृतिले नेपाली युवाहरुलाई आकर्षित गर्ने शब्द बन्यो ‘लाहुरे’ । जुन शब्दले गाउँका गाउँ खाली भए । कतिले ज्यान गुमाए, युद्ध सकिएपछि कति खाली खुट्टा फर्काइए । यद्यपि उनीहरु गाउँमा लाहुरे नै कहलिए । ‘लाहुरे’ संस्कृतिले समाजमा गहिरो छाप छोड्यो । आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य हरेक क्षेत्रमा ‘लाहुरे’ संस्कृतिले यतिखेरसम्म समाजलाई तानिरहेको छ । त्यसैले त सन् ५० को दशकमा ‘लाहुरे’ परम्पराको निक्कै गुणगान गाइएको गाइने समुदायको कर्खामा अध्ययन गर्न पाइन्छ ।

    संसारकै सबैभन्दा गहिरो गल्छीमा बग्ने नदी काली गण्डकी । सात सहायक नदीले गण्डकीलाई पूर्णता दिएको छन् । ३ सय ३८ किलोमिटर लम्बाई र २६ हजार वर्ग किलोमीटर जलप्रवाह भूमिमा फैलिएको गण्डकी । चीन, नेपाल हुँदै भारतसम्म फैलिएको गण्डकी नदीलाई भारतमा गण्डकले चिनिन्छ । यही गण्डकीको मुहान नजिकै रहेको रघुगङ्गा । त्यसैसँग जोडिएको चिम्खोला । रघुगङ्गा र चिम्खोला त्यही गण्डकीमा मिसिने साहयक नदी । मगर जातिको सघन वस्तीको हिसाबले हेर्दा चिम्खोला एउटा महङ्खवपूर्ण गाउँमा पर्छ । पुर्खाले थाकखोला (मुस्ताङ) भोटसँग नुनको व्यापार जाने गोरेटोमा पर्छ चिम्खोला । उसो त कुनै समय सामरिक हिसाबले चिम्खोला मुस्ताङ जिल्लामै थियो । सरकारी आँकडाअनुसार अहिले म्याग्दीमा कुल जनसङ्ख्याको ३९.४६ प्रतिशत मगर छन् । सोही चिम्खोलाको गाउँमा जन्मिएका एक व्यक्ति चिम्खोले काइँला जसले डायसपोरामा रहेर ‘चिम्खोला गाउँको निरन्तर पहिचान बनाउनुभएको छ ।‘नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै’ भन्ने पुराना लाहुरेहरुको कथन छ । यतिखेर त्यही कथन चिम्खोलामा जन्मेका चिम्खोले काइँलाले कर्मथलोमै बसेर साहित्य, पत्रकारिता र समाज सेवामा विशेष योगदान पु¥याएर पुष्टि गरिसक्नुभएको छ । बेलायतसँग नेपाली युवाहरुको २ सय वर्षदेखि सम्बन्ध जोडिएको छ । २ सय वर्षको इतिहासमा एउटा फरक धार निर्माताका रुपमा चिम्खोला जोडिएको छ । जसलाई पहिचान बनाउन एक ‘लाहुरे’ निरन्तर लागिरहनुभएको छ । त्यो पहिचानको नाम हो ‘चिम्खोले काइँला’ । वि. सं. २०१८ असार १२ गतेका दिन चिम्खोलाको एउटा मध्यम परिवारमा जन्मिनुभएका चिम्खोले काइँला । बुबा शेरबहादुर र आमा जनिमा गर्बुजा पुनमगरको कोखबाट सातौँ सन्तानका रुपमा जन्मिनुभएको हो । साविकको मुस्ताङ जिल्ला, चिम्खोला अर्थात् रघुगङ्गा गाउँपालिका– ७, म्याग्दी चिम्खोलामा जन्मिनुभएका चिम्खोले काइँला । गाउँको श्री ज्ञान प्राथमिक विद्यालय तथा अमर निम्नमाध्यमिक विद्यालयबाट बाह्रखरी छिचोल्नुभएको थियो । पढ्ने हुटहुटी हुँदाहुँदै उहाँलाई ‘लाहुरे’ परम्पराले डो¥यायो । कक्षा ८ उत्तीर्ण गरेपछि ब्रिटिश र इन्डियन सेनाका लागि सन् १९७८ देखि छाती नापिराख्नुभएको थियो । सुगठित शरीर तथा खाइलाग्दो जिउदाल, शिक्षाले बेलायती गल्ला र ‘यारो’को आँखा तानिरह्यो । धेरै पटकको छाती नाप्ने प्रयासपछि उहाँ सन् १९८२ मा ब्रिटिश आर्मीमा भर्ती हुन सफल हुनुभएको थियो ।

    लामो समय ब्रिटिश आर्मीमा आबद्ध रहनुभएका चिम्खोले काइँलाको वास्तविक नाम नाम दुत गर्बुजा पुन हो । साहित्य लेख्न थालेपछि उहाँले साहित्यिक नाम ‘चिम्खोले काइँला’ लेख्न सुरु गर्नुभयो । आफू जहाँ जन्मियो, त्यही मातृभूमिकै नामलाई ठेट रुपमा राख्नुभएको छ । पढ्ने हुटहुटी मरेको थिएन, सन् २००२ मा बेलायती सेनाबाट अवकास लिएपछि काइँलाले बेलायतको ‘एङ्लिया रुस्किन विश्वविद्यालयबाट’ स्नातकोत्तर गर्नुभएको छ । अवकाससँगै यतिखेर काइँला बेलायतको रक्षा मन्त्रालयअन्र्तगत निजामती सेवामा आबद्ध हुनुहुन्छ । बेलायती सेनामा कार्यरत रहँदा संसारका धेरै देश घुमफिर गर्नुभएको चिम्खोले काइँला विदेशमा देखिने विकास, सभ्यता र संस्कृतिले उहाँको मन तानिरहे । अवकाससँगै काइँलाले समाज सेवा, साहित्य, लेखन, गीत, कवितासँगै पत्रकारिता समेत सुरु गर्नुभयो । डायस्पोराको वाङ्मयमा चिम्खोले काइँलाले मूलतः पल्टनको समाजशास्त्रलाई अख्यानमा उनेको पाइन्छ । उहाँको पहिलो कृति ‘सुनदन्ते’ (कविता सङ्ग्रह, वि. सं. २०६४), दोस्रो ‘लण्डनको कोसेली’ (आधुनिक गीतिएल्बम, वि.सं. २०६६), तेस्रो ‘युकेको जिन्दगी’ (कवितासङ्ग्रह, वि. सं. २०६८), चौथो ‘युकेतिर जाउली’ (दोहोरी गीतिएल्बम, वि. सं. २०७०), पाँचौँ ‘मेजर पेन्सन खाउली’ (चलचित्र, निर्माता÷पटकथा लेखन÷गीतहरुका रचनाकार, वि.सं. २०७३), छैटौँ ‘अर्ली भाइ’ (कथासङ्ग्रह वि. सं. २०७४) र सातौँ, ‘बेष्ट अफ चिम्खोले काइँला’ (आधुनिक गीतिभिडियो एल्बम, वि. सं. २०७५) छन् । यी सबै रचनाहरु गोर्खा ब्रिगेडले कस्तो समाज निर्माण गरेको छ ? भन्ने विषयका बुलन्द आवाजको प्रतिनिधित्व हुन् । उसै त बेलायती सेनामा पुर्खादेखिको अलिखित इतिहास रहेको बेला चिम्खोले काइँलाका यी रनाहरु गोर्खा ब्रिगेड चिनाउने कोशेढुङ्गा सावित भएका छन् । ‘लाहुरे’ भन्नसाथ सुकिलामुकिला, धनदौलत, वर्तमान समाजभन्दा अलिक परकै हुने बुझाइ छ ।

    चिम्खोले काइँलाले देखाएका कार्यबाट समाजको त्यो बुझाइलाई फेरिदिनुभएको छ । संसारका धेरै मुलुक घुमेका चिम्खोले काइँलाका लामै भ्रमणका लामै लिस्ट छन् । संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, बेल्जियम, स्विजरल्याण्ड, होल्याण्ड, चीन, भारत, हङकङ, सिँगापुर, मलेसिया, इन्डोनेशिया, अष्ट्रेलिया, सेन्ट्रल अमेरिका बेलिज, होण्डुरस, बल्गेरिया, इटली, मेसेडोनिया, कोसोभो, केन्या, टर्की, ओमन, कतार, साउदी अरेबिया, मकाउ, श्रीलङ्का, साइप्रस, दुबई, कतार, तिब्बत आदि । चिम्खोले काइँलाका रुचिहरु नेपाली साहित्य, गीत सङ्गीत, पत्रकारिता तथा समाजसेवा हुन् । त्यसैको खातिर उहाँले दशौँ कृति नियात्रा, ‘गोलार्धलाई चक्कर मार्दा’ वि. सं. २०७७ र एघारौँ कृतिको रुपमा ‘भैँसी गोठदेखि राजदरबारसम्म’ (प्रकाशोन्मुख) आत्मावृतान्त–व्यक्तित्व कोर्दै हुनुहुन्छ । सामाजिक सेवा अर्को चिम्खोले काइँलाको चासोको विषय हो । नेपाल र बेलायतमै रहेका दर्जन बढी सामाजिक संघसंस्थाका जिम्मेवारी पदमा बसेर चिम्खोलेले भूमिका निर्वाह गरेका छन् । सामाजमा उनले गरेको योगदानको कदरकै आधारमा वि. सं. २०५७ मा बेलायतकी हजुर महारानीका जुनाफमा तत्कालीन रक्षामन्त्री जेफ हुनको बाहुलीबाट अधिग्रहणपत्रले सम्मानित हुनुभएको छ चिम्खोले काइँला । त्यसैगरी नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट ‘प्रतीक चिह्न– २०६७’, २०६९ मा सामाजिक सेवामा विशेष योगदान पु¥याएबापत बेलायतको हाम्सायरस्थित रस्मुरबोरो काउन्सिलबाट नागरिक सम्मान वि. सं. २०७० मा ब्रिटेन नेपाल डटकमद्वारा सञ्चालित ‘बेलायतका टपटेन नेपाली’ कार्यक्रमबाट समेत चिम्खोले काइँला सम्मानित भइसक्नुभएको छ ।

    योगदान गरेबापत चिम्खोले काइँलाले पाएका सम्मानहरु अनगिन्ती छन् । तीमध्ये विदेशबाट नेपाली साहित्य, पत्रकारिता तथा गीतसङ्गीत क्षेत्रमा विशेष योगदान पु¥याएवापत् उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) बाट प्रशंसापत्र– २०७५ ग्रहण गरी सम्मानित । सन् २०२० मा नेपाली साहित्य विकास परिषद् बेलायतको रजत जन्मोत्सवका उपलक्ष्यमा साहित्य सम्मान पुरस्कार (रु. २०१००) बाट पुरस्कृत, युके तथा नेपालका अनगिन्ती संघसंस्थाहरुबाट पनि सम्मानित हुनुभएको छ । आफ्नो थातथलोको ठेट शब्दमा आफ्ना रचना पस्कने शिल्पीकारका रुपमा स्थापित काइँलाका हरेक शब्द लोभलाग्दा र सरल छन् । आफ्ना रचनामा जसरी सरल ढङ्गबाट बग्छन्, व्यावहारिक रुपमा पनि चिम्खोले काइँला उस्तै सरल, मृदुभाषी हुनुहुन्छ । उहाँका रचनाहरुमा गजबकै मिठास र ठेट शब्द भेटिन्छन् । ‘दुखियाको जुनी हजुर’ बोलको गीतमा यसरी शब्द उन्नुभएको छ ।
    दुखियाको जुनी हजुर झुपडीमा बास भो
    मागी खान पर्ने हजुर सिस्नो ढिडो गास भो…….
    दुई सय वर्षको इतिहासमा बेलायतका निम्ति असङ्ख्य गोर्खाली अर्थात् नेपालीको रगत, पसिना बगेको छ । इतिहास त्यत्तिकै रचिन्न । पक्कै पनि बेलायतले नेपाली युवाप्रति गरेका कतिपय व्यवहार अप्रिय छन् । परन्तु, कालान्तरमा पुर्खाहरुप्रति भन्दा पछिल्लो पुस्तामा भिन्नता आएको छ । यतिखेर कर्मथलो बेलायत बनाएर बस्ने समग्र ‘लाहुरे’ भन्दा अलिक फरक पदचापमा रहेका चिम्खोले काइँलाको उत्तरोत्तर प्रगतिको कामना ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य