• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने

  •   १४ बैशाख २०८३, सोमबार २०:४५ 
  • लण्डन, २७ अप्रिल २०२६

    पाल्पा जिल्ला समाज यूके (पाल्पाली भञ्ज्याङ) ले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २७ जुन २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम Farnborough स्थित Samuel Cody School मा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।

    यस कार्यक्रमको तयारीका लागि २५ अप्रिल २०२६ मा अध्यक्ष गोपाल थापाको अध्यक्षतामा बसेको बैठक, जसको सञ्चालन संस्थाका महासचिव दल थापा ले गर्नुभएको थियो, ले विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै तयारीलाई तीव्रता दिएको हो। समाज स्थापना भएदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष १६औँ संस्करण को रूपमा आयोजना हुन लागेको हो।

    कार्यक्रममा खानपानको व्यवस्था Aldershot स्थित The Palace Restaurant ले गर्नेछ। उक्त रेष्टुरेन्टका प्रोप्राइटर तथा समाजका संस्थापक अध्यक्ष ऋखिराम राना हुनुहुन्छ।

    मनोरञ्जनतर्फ स्थानीय कलाकारहरूसँगै नेपालबाट आउने पाल्पाली राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। उनीहरूले दोहोरी तथा लोकगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

    कार्यक्रमका लागि बेलायतस्थित नेपाली राजदूतावासलाई निमन्त्रणा गरिएको साथै विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

    यसका साथै कार्यक्रममा राफल ड्र, सांस्कृतिक प्रस्तुति, तथा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूको सम्मान कार्यक्रम पनि समावेश गरिएको छ। GCSE मा उत्कृष्ट नतिजा ल्याउने तथा उच्च शिक्षा पूरा गर्ने व्यक्तिहरूलाई सम्मान गरिनेछ।

    कार्यक्रममा सहभागी हुनका लागि ६ देखि १२ वर्षका लागि £१५ र १३ वर्ष माथिका लागि £२५ टिकट दर निर्धारण गरिएको छ भने ५ वर्ष मुनिका बालबालिकाका लागि प्रवेश निःशुल्क रहनेछ।

    समाजका अध्यक्ष गोपाल थापा तथा महासचिव दल थापा ले कार्यक्रम सफल बनाउन सम्पूर्ण पाल्पाली समुदायलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

    त्यसैगरी समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खुम कँवर ले कार्यक्रमलाई भव्य र सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने

    लण्डन, २७ अप्रिल २०२६ पाल्पा जिल्ला समाज यूके (पाल्पाली भञ्ज्याङ) ले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २७ जुन २०२६ (शनिबार)...


    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    • ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य