• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

  •   ४ जेष्ठ २०८३, सोमबार ०७:०५ 
  • लण्डन । बेलायतमा नेपाली समुदायबीच लोकप्रिय मानिने गोर्खा कप फुटबल प्रतियोगिताको २४औँ संस्करण आयोजना हुने भएको छ । प्रतियोगिता आयोजक तमुधिं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

    यस वर्षको प्रतियोगितामा ३८ पुरुष टोली, १६ भेट्रान टोली तथा २ महिला टोली गरी कुल ५६ टोली सहभागी हुनेछन् । प्रतियोगिता संयोजक तथा स्पोर्ट्स सेक्रेटरी क्याप्टेन दीपक घलेका अनुसार खेलकुदमार्फत नेपाली समुदायबीच एकता, भाइचारा र सकारात्मक सन्देश प्रवाह गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको छ ।

    पुरुषतर्फ विजेता टोलीले ३ हजार ५०० पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ हजार पाउण्ड पुरस्कार पाउनेछ । भेट्रानतर्फ विजेता र उपविजेताले समान १ हजार ८०० पाउण्ड प्राप्त गर्नेछन् । महिला विजेताले ६०० पाउण्ड तथा उपविजेताले ४०० पाउण्ड पुरस्कार पाउने आयोजकले जनाएको छ । साथै, प्रतियोगितामा ‘लेजेन्ड अफ द गोर्खा कप’ सम्मानसमेत प्रदान गरिनेछ ।

    सन् १९९६ मा ७–ए–साइडबाट सुरु भएको प्रतियोगिता अहिले ९–ए–साइडमा विस्तार भइसकेको छ । आयोजकका अनुसार गोर्खा कप विदेशमा आयोजना हुने नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमका रूपमा परिचित हुँदै गएको छ ।

    तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले गोर्खा कप सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएको उल्लेख गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहभागिता आवश्यक रहेको बताए ।

    प्रतियोगिता बिहान ९ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ । प्रवेश शुल्क ५ पाउण्ड तोकिएको छ भने पार्किङ व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ । प्रतियोगितास्थलमा विभिन्न परिकारका खाना, च्यारिटी, लत्ताकपडा तथा अन्य व्यापारिक स्टलहरू रहनेछन् । बालबालिकाका लागि विशेष खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिने बताइएको छ ।

    कार्यक्रमस्थलमा मदिरा सेवन, ड्रोन उडाउन तथा हतियार बोकेर प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिएको आयोजकले स्पष्ट पारेको छ । यसपटक स्कटल्यान्डमा अण्डर–१५ फुटबल खेलिरहेकी नेपाली खेलाडी मेलिसा रेग्मी पनि प्रतियोगितामा सहभागी हुने जानकारी दिइएको छ ।

    पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक, सञ्चारमाध्यम, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेका थिए । सो अवसरमा गोर्खा कपका लागि टिम ड्रसमेत सार्वजनिक गरिएको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व

    लन्डन। बेलायतको केम्पटन पार्क रेसकोर्स आइतबार नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराले रंगिएको छ। तमु धीं एसोसिएसन यूकेद्वारा...


    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने

    • लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    • मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    • जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    संबन्धित समाचारहरु

    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    बेलायतका विभिन्न शहरमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन हुने
    लखन थापा मगर मेमोरियल गल्फमा १३८ खेलाडी र २२ टिम भिड्दै
    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य