• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

  •   १० फाल्गुन २०८२, आईतवार २१:५९ 
  • बेलायत, २१ फेब्रुअरी – मगर संघ युकेले ४४औँ मगर दिवस बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य रूपमा सम्पन्न गरेको छ। बेलायतका विभिन्न सहरबाट मगर समुदायका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नेपाली डायस्पोराको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।

    कार्यक्रमको औपचारिक उद्घाटन मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) र बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विनय दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रमको सुरुवातमा दिवंगत आत्माहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने नेपाल र बेलायतको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।

    प्रमुख अतिथि राजदूत दुवाडीले मगर समुदायले नेपालको इतिहास, संस्कृति र राष्ट्रिय एकतामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विदेशमा रहेर पनि भाषा, संस्कृति र पहिचान जोगाइराख्नु महत्वपूर्ण रहेको बताउनुभयो। अन्य विशिष्ट अतिथिहरूले पनि समुदायबीच एकता, संगठनात्मक सुदृढता तथा सांस्कृतिक संरक्षणमा जोड दिएका थिए।

    कार्यक्रमको दोस्रो चरणमा सामाजिक, शैक्षिक, सांस्कृतिक तथा सामुदायिक क्षेत्रमा योगदान पुर्‍याउने करिब चालिस जना मगर व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। यसै अवसरमा मगर संघ युकेद्वारा प्रदान गरिने वार्षिक विशेष सम्मानबाट टोप बहादुर पल्ली मगर तथा युवा संयोजक एवं कलाकार दीपक माइथने मगर सम्मानित हुनुभएको थियो।

    कार्यक्रमको आकर्षणका रूपमा सम्पन्न सांस्कृतिक प्रस्तुतिमा संघका विभिन्न शाखा तथा भगिनी संस्थाहरूले मगर समुदायको मौलिक भेषभूषा, परम्परागत नृत्य तथा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। करिब एक हजार दर्शकहरूको सहभागितामा सम्पन्न कार्यक्रमले बेलायतस्थित मगर समुदायबीच एकता र सांस्कृतिक पहिचानप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकहरूले बताएका छन्।

    कार्यक्रमको समापनमा अध्यक्ष लाल बहादुर पुन (लालु) ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी संस्था, कलाकार तथा उपस्थित महानुभावहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य