• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मङ्गल बुद्ध विहार बेलायतले विभिन्न कायक्रम गरि बुद्धजयन्ति मनाए

  •   १० जेष्ठ २०८२, शुक्रबार २२:४१ 
  • धन पुन मगर/बेलायत
    लण्डन । नेपालीहरुको संस्था मङ्गल बुद्ध विहार बेलायतले भगवान बुद्धको २६४९ औ बुद्ध जयन्ति भब्यताको साथ मनाएको समचार प्राप्त भएको छ । गएको सनिवार मे १७ तारीकका दिन हेजको बार्नहिल कम्युनीटि सोसिएल क्लबको सभाहलमा सम्पन्न गरेको थियो । कार्यक्रमको अध्यक्षता विहारका अध्यक्ष ईन्द्र पुन मगरको अध्यक्षतामा प्रमुख अथिति श्रद्धेय भिक्षु सुमना महास्थविर , विसिष्ठ अथिति भिक्षु इनद्रसक भन्ते , अन्तराष्ट्रीय बुद्धिष्ट ध्यानकेन्द्र बुद्धनगर काठमाण्डौका श्रद्धेय गुरुमा विमलञाणी धम्मचरिय र अथितिहरुमा मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना मगर , वर्तमान उपाध्यक्ष बिष्णु श्रीस मगर , जेष्ठ वापा तुल्से रेस्मी मगर , लुम्बिनी नेप्लीज बुद्ध धर्म सोसाईटी यू.के.का अध्यक्ष डा.धर्म शाक्य , मगर बौद्ध समाज बेलायतका अध्यक्ष रिम गलामी मगर , मगर संघ यू.के.यूथका निवर्तमान अध्यक्ष दिपक मैथाने , रिब्डीकोट बौद्ध विहार पाल्पाका अध्यक्ष हुम बहादुर पचभैया मगर लगाएत विभिन्न संघ संस्थाका अध्यक्ष,प्रतिनिधी हरुको बाक्लो उपस्थित रहेको थियो ।

    संस्थाका उपाध्यक्ष टिका दर्लामीले प्रमुख अथिति ,विसिष्ठ अथिति र अथिति ज्यूहरुलाई मन्तब्य द्धारा स्वागत गर्नु भएको थियो भने सहसचिव गन्ज आले मगरले कार्यक्रम स्थलमा कार्यक्रम भरि भईपरि आउँने संभावानाका बारेमा हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी दिनुभएको थियो । सचिव जगत आले मगरले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रमको सुरुवात संस्थाका अध्यक्ष ईन्द्र पुन मगर , उपाध्यक्ष श्रीमती ईन्दिरा दर्लामी मगर , जेष्ठ वापा तुल्से रेस्मी मगर , संस्थाका सल्हाकार थर्क राना र मगर संघ यूकेका उपाध्यक्ष श्रीमती बिष्णु श्रीस मगर द्धारा बुद्ध ,धर्म , संघ , कुल र पृत्रीलाई दिप बालेर सुरु गरिएको थियो । उक्त कार्यक्रममा श्रद्धेय भिक्षु सुमना महास्थविर हजुरले उपस्थित श्रद्धालु उपासक उपासिका (भगवान बुद्धका श्रावक) हरुलाई पञ्चशील दिनुभएको थियो । श्रद्धेय भिक्षु सुमना महास्थविर भन्तेबाट भगवानको शिक्षा बुझ्न सक्ेमा हामी सबैलाई शान्ती मिल्न सक्छ भन्नु हुदै धम्मदेशना पनि दिनुभएको थियो ।

    भिक्षु इन्द्रसक भन्ते हजुरबाट बुद्ध पुजा गरिएको थियो भने नयाँ सदस्यहरुलाई संस्थाको ब्याज लगाई सम्मान र ध्यान भावना गराउनु भएको थियो । नेपाल देखि जुमको माध्यम बाट श्रद्धेय गुरुमा विमलञाणी धम्मचरिय हजुरले दश संयोजन (वन्धन)को बारेमा धम्मदेशना दिनुभएको थियो ।
    सो कार्यक्रममा संस्थाका अध्यक्ष ईन्द्र पुनले संस्थाले गर्दै आएको प्रगति र भविस्यमा हुने कुशलकार्यको प्रकाश पार्दै धम्म दिपामा यहि अगष्ट ६–१७ सम्म हुन गइैरहेको हिन्दी÷नेपाली विपश्यना ध्यान साथै १ सेप्टेम्वर–१६फेब्रेरी २०२६ सम्म जुम मार्फत हुन गैरहेको परियत्ति (नैतिक) शिक्षाको क्लास लगाएत मङ्गल बौद्ध विहारको प्रोजेक्टको बारेमा प्रकाशपार्नु भएको थियो ।

    नेपालको रुपन्देही संखरनगर स्थित अन्तराष्ट्रीय परियत्ति उदय विहार र श्रद्धेय भिक्षु सुमना महास्थविर भन्तेबाट भगवानको शिक्षा बुझ्न सकेमा हामी सबैलाई शान्ती मिल्न सक्छ भन्नु हुदै धम्मदेशना दिनुभएको थियो ।नेपाल संखनगर स्थित अन्तराष्ट्रिय परियत्ति उदय विहार र मङ्गल बुद्ध विहार बेलायतको संयोजनमा मङ्गल बुद्ध विहार बेलायतका १३ जना सदस्यहरु ५ मार्च देखि १५ मार्च २०२५ सम्म नेपाल गएर १० दिनको दुर्लभ अल्पकालिन प्रवजित बन्नुभएका भिक्षु/भिक्षुणी हरुलाई विहार प्रमुख भिक्षु ईन्द्रसक भन्ते बाट खादा लगाई सम्मान गरिएको थियो । प्रवजित र सम्मान हुनेहरुमा देहायबमोजिमका हुनुहुन्छ ।
    १.राम बहादुर थापा मगर २.अमर पुन मगर ३.गजबिर थापा मगर ४.टेक खपाङगी मगर ५.चन्द्र राना ६.रिम गलामी मगर ७.किष्ण दर्लामी ८.दण्द थापा मगर ९.जगत आले १०.र्इिन्दरा दर्लामी ११.हेमा थापा मगर १२.ईन्दिरा गलामी र १३.सिता देबी राना ज्यूहरु दुर्लभ अल्पकालिन प्रवजित बन्नु भएको थियो । कार्यक्रमको अन्त्यमा भिक्षु ईन्द्रसक भन्ते हजुरबाट दान सम्बन्धी धम्म देशना दिनुभएको थियो भने संघको तर्फ बाट संघदान र उपासक उपासिका हरुबाट भिक्षु ज्यूहरु लाई दान पुण्य गरि पुण्य अनुमोदन गरि यो सालको संर्पूण कार्यक्रम भब्य र सब्यका साथ सम्पन्न गरिएको थियो । साथै,विहारका कोषाध्यक्ष टेक खपाङगी मगर र सह कोषाध्यक्ष दण्द थापा मगरले बुद्ध संग संबन्धीत र परियत्ति शिक्षाका पुस्तकहरु बिक्रि बितरणका लागी पनि राख्नु भएको थियो ।



    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य