• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

कोरोनाले गर्नु गर्‍यो

  •   ४ श्रावण २०७७, आईतवार ११:३५ 
  • गोमा राना (बेलायत)
    ए बुनु, शिला दिदी बिरामी हुनुहुन्छ रे नि थाहा छ तिमीलाई ?
    अहँ थाहा छैन त के भाको होला ? हिजो म त्यै बाटो भएर पसल गएको थिएँ थाहा पाए त यसो बोलाएर आउने थिए नि।
    हेर न बुनु मलाई पनि के भाको के कति दिन सम्म सुख्खा खोकी लाग्ने जिउ भारी हुने छाती दुखिरहेको छ। हिजो आमाले कागती, अदुवा, बेसार मह भकभक उमालेर पिउन दिनु भाको थियो ।आज अलिक सन्चो भाको कि जस्तो लागेको छ।
    ए बिचरा बुढी आमाले औषधिसमेत बनाइ दिनु भएछ। आमालाई स्याहार गर्ने बेलामा यस्लाइ पनि के के हुन्छ कुन्नी कहिले के दुख्यो भन्छ कहिले के ।राम्रोसँग डाक्टरकोमा जाच्न जानू बरु मद्धत चाहेमा म गइदिन्छु ।
    अँ आमाले पनि डाक्टर देखाउ भन्नू भाको थियो, मैले आ जाति हुन्छ आमा भनेर यत्तिकै बसेको छु।
    अ साच्ची आमालाइ कस्तो छ आजभोलि निमा? आफै खाना बनाउन सक्नु हुन्छ ? म त हेर न कत्ति भयो आमालाई भेट्न् जान्छु भनेको के मा ब्यस्त हो कुन्नि फुर्सद निकाल्नै सकिरहेको छैन। बाहिर बाहिर कार्यक्रममा हिंड्दा हिंड्दै आफ्नो मान्छेलाई भेट्ने परिवार सङ्ग बस्ने एक आपसी कुरा गर्ने पारिवारिक माहौल परिवारको महत्त्व आवश्यकता देखि टाढा भए जस्तै भइएछ।
    पहिले पहिले आमाले सक्दा कति राम्रो सागबारी बनाउनु हुन्थ्यो हगि! आमाले बनाएको साग र सिमी खाएको त कहिल्यै भुल्दिन। साग त धेरै भएर गुन्द्रुक पनि बनाउनु हुन्थ्यो नि, आमा जहिले तहिले चलि बस्नु पर्ने मान्छे। आमाको बारेमा त चिनेको छ्यामाहरुले खुब गुणगान गर्नु हुन्थ्यो । सुनेकी थिएँ मन पनि ठुलो हात पनि ठुलो । आफुसङ्ग भएको जे पनि बाँडेर खानु पर्ने रे। कसैको दु:ख त देख्न र सुन्नै नसक्ने रे जात भात धर्म जे भएनि सबैलाई समानरूपले माया र सम्मान गर्ने गरे, आफू हुने खाने भए झन कस्तो गर्नु हुन्थ्यो होला ? त्यै होला नी धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन भनेको? छ्यामाको कुरा सुन्दा त मलाइ किन हो महाकवि लक्ष्मी प्रसाद देवकोटाले लेखेको मुनामदनको याद आयो।
    अँ साच्चि निमा तिमीले बाबाको त कहिल्यै कुरा गर्दैनौ नि ?
    मेरो बाबा त सानो हुँदा नै पल्टनमै बितेको गरे,खै आमाले यस्को बारेमा त्यति कुरा गर्न चाहनु हुन्न।मलाइ पनि त बाबाको कति आवश्यक पर्थ्यो अनि कुरा गर्नासाथ त आमा रुन शुरु गर्ने भएकोले मेरो जिज्ञासा कौतुहल प्रस्न रहस्यमै रह्यो। कहिलेकाही त बाबा भएको भए स्कुल पढ्न पाउने थिएँ , मेरो काम बाबाले गरेर आमालाई सघाउनु हुन्थ्यो होला। गरीब परिवार भएकोले अरुको मेलापात नगरि बिहान बेलुकी हातमुख जोर्नु नपुग्ने । मेरो जस्तो जिन्दगी पनि के जिन्दगी भन्नू र खै दुख नै दुख ।
    अनि निमा तिमीले बिहे गरेनौ ?
    बिहे त भाको थियो तर म आमासङ्गै माइतीमै बसेकोले मलाइ छोडेको।
    अहिले जस्तो हो भने त श्रीमानलाई भनेर आमा र वहाँको सेवा गर्छु मलाई नछाड्नुस भनि अनुरोध गर्ने थिएँ ।
    तिम्रो श्रीमानलाइ कहिलेकाहीं सम्झिन्छौ ?
    सम्झिन्छु नि मेरो लोग्ने मेरो साथ भएको भए सुख दुखमा एक अर्कालाइ साथ दिने थियौं तर भाग्यमा नभए पछि नभएको कुराको के चाहना गर्नु र। मेरो सानो मै बिहे गरेको भएर वैवाहिक जीवनको कुनै अनुभव छैन खाली परिकल्पना मै जीवन बित्यो।
    ए त्यस्तो जीवन नै बित्यो नभन न अझै तिमीले चाह्यो भने उमेर छदै छ नि बिहे गर्न। यु के मा त कति उमेर पुगेकाहरुले बिहे गर्छन। त्यो त तिम्रो मन हो ।छ् या बुनु त्यस्तो नभन न लाज लाग्छ म जस्तो अन्पढलाई कस्ले पो पत्याउछ र ?
    हिम्मत नहार निमा, लेखामा छ भने अझै पनि जीवन साथी भेट्नेछौ।
    आ यस्तो कुरा नगर बरु आउ न शिला दिदिलाइ भेट्न् जाम।एक्लै टोलाएर कसैसँग नबोल्ने रुने गर्नु हुन्छरे ।वहाँको श्रीमानलाइ कसैले छुन हुँदैन गरे खै के भनेको कुन्नी?
    ए हो र ? मानसिक रोग निम्त्याएको जस्तो पो छ त, बेलैमा सहयोग गरेन भने गम्भीर समस्या पनि हुन सक्छ जाम भने यो कोभिड-19 को लकडावन, नजाम भने दिदि बिसन्चो भाको खबर सुनायौ। ए निमा, तिमीलाई थाहा छैन अहिले कोरोना भाइरसले गर्दा छरछिमेकी साथीभाइहरु कसैलाइ भेट्न् जान हुदैन नि। सरकारको आदेश अनुसार २ मिटर टाढाको दुरिमा बस्ने, घरदेखी काम गर्न मिल्नेले घरै देखि काम गर्ने, छिटो गरेर कानेकुरा किन्ने,अौषधि किन्ने अनि जरुरी काम बाहेक बाहिर निस्कनु हुँदैन घर भित्रै बसेर आफू बाच्ने अरुलाइ बचाउने एन एच एस लाई सहयोग गर्नुपर्छ। तिमी पनि खानेकुरा किन्न बाहेक बाहिर नजानु है।बारम्बार हात राम्रोसँग मिचेर धुनु बरु तिमिलाइ घरमा बस्दा दिक्क भयो भने जि आर एन सि ले योगा र ध्यानको ब्यबस्था गरेको छ।आउ तिमी पनि बिहान ९-१० बजे ङिमासिङ्गे गुरुले ध्यान अर्चना मेडमले योगा सिकाउनु हुन्छ । तिम्लाइ थाहा हुनु पर्ने त फेस्बूक भाइबर तिर आएको छ ।
    तिम्ले त फेस्बूक हेर्न जान्दैन भन्थ्यो, कि भाइबर पनि चलाउन जान्दैनौ? ठिकै छ टाढा बसेर भए नि मै सिकाइ दिन्छु लिंक पनि पठाइदिन्छु। हाम्रो त नियमित भैरहेको छ सबैको अनुभव सुनाउदा कति रमाइलो हुन्छ ।अनि यो स्थानीय क्षेत्रमा को कस्लाइ के सहयोग दिनु पर्ने सम्बन्धि कुरा हुनुको साथै सहयोग पनि भैरहेको छ।
    निमाको कुरा सुनेर शिला दिदिको हालखबर बुझ्न मन लाग्यो र फोन गरेको जवाफै दिनुभएन र घरमै गएँ ।साच्चै दिदी त प्रारम्भिक मानसिक रोगले पीडित पो हुनु भएछ। बिचरा जेनतेन गरेर एउटा कफि पसल खोल्नु भाको थियो त्यो पनि लकडावनले बन्द दाइलाइ कोरोना भाइरस लागेर हस्पिटलमा हुँदा दिदी त आत्तिनु भएछ आफ्नो समस्या कोहि सङ्ग पोख्न नि सक्नु भएनछ, दिन प्रदिन चिन्ताले दिदिलाइ सताएछ।कहिलेकाहीँ आफ्नो दुख साथीहरू सङ्ग बाड्न सकिएन भने समस्या झन जटिल पनि बन्न सक्छ, त्यस्तै भएछ दिदिलाइ। अहिले दाइ घरमा अलग्ग बस्नुभाको रहेछ।यस्तो बेलामा दाइलाइ बारम्बार पौस्टिक आहार खानु पर्नेमा दिदिको हालत त्यस्तो। झन्दै निमाले मलाइ भनेर दिदिको मानसिक रोगले गम्भीर रुप लिनु अगावै दिदिलाइ सबै आफुले जानेको कुराहरु सुनाए नियमित योगा र ध्यानले मन शान्त हुने कुरा राखेँ, दाइलाइ छिटो जाती हुने कुराको आश्वासन दिलाएँ ।मनोचिकित्सक सङ्ग राय सुझावको लागि अपोन्मेन्ट मिलाइ दिएँ। एक हप्ताको लागि कानेकुरा किनेर ल्याइदिएको दाइ र दिदी दुबै खुशी हुनु भयो। जीवनमा ठुलो काम गर्न नसके पनि कसैको जीवनमा गम्भीर समस्याहुनबाट बचाए कि परोपकार गरेकी जस्तो एक किसिमको सन्तोष चाहिँ मिलेर आयो।
    के गर्नु यो कोरोनाले पनि गर्नु गर्‍यो सबैको जीवनमा तहस्नहस। जतिसुकै धनी, गन्यमान्य, बुद्धिजीवी, नेता पन्डित जुनसुकै धर्मावलम्बी मेरो राम्रो तेरो नराम्रो भन्ने हैकमवादी जोसुकै होस सबैलाई थुनेरै छाडयो।
    बाहिर कति राम्रो मौसम, घमाइलो दिन सररर समुद्र्को तटतिर गएर रमाइलो गर्ने दिन, वातावरण स्वच्छ भएको अबस्था फुलहरुको मुस्कानले अोँठ फुर्फुर्याइ रहेको हेर्दा, मलाइ नै खुच्चिङ पर्यो भनी जिस्क्याएको जस्तो लाग्दै छ। यतिबेला पिँजडाको सुगालाइ सझिन पुगेँ चिडियाखानाको चराचुरुङ्गी र बन्यजन्तु लाई सम्झिन पुगेँ अर्को तर्फ नयाँ आबिस्कार क्षेप्यास्त्र अणुबम बनाउने, बिज्ञान प्रविधिका बिकास अर्को ग्रह सम्म पुगेका मानिस बैज्ञानिक सबैलाई सम्झिन पुगेँ , अहिले के खाउँ भरे के खाउ एक छाक टार्न धौधौ हुने धेरै गरिबीको रेखामुनिकालाइ सम्झेँ आखिर सबैलाई कोरोना भाइरसको अगाडि झुक्नै पर्यो केही सीप लागेन कसैलाई बाकी राखेन थुनेरै जित्यो।
    Like
    Comment

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य