‘संरक्षणका हातहरु’ सार्वजनिक
लण्डन- विजय हितानको इको गित ‘संरक्षणका हातहरू’ सार्वजनिक गरिएको छ । २७ मार्च २०२१ का दिन अर्थ आवरलाइ पारेर बिएफबिएस गोर्खा रेडियोमा प्रसारण गरेर यसलाइ सार्वजनिक गरिएको हो । यसको लिरिकल भिडियो पनि सोहि दिन हितानकै ब्यक्तिगत यूट्युब च्यानलबाट रिलिज गरिएको थियो। जसको लिंक यस प्रकार छ- https://www.youtube.com/watch?v=ap_9tB7Md_M
सोहि दिन भर्चुवल माध्यमद्वारा विश्व नेपाली साहित्य महासँघ साउथ युकेले ‘इको गित वाचन तथा सृजना कार्यक्रम’को आयोजना गरेको थियो । उक्त कार्यक्रममा पनि यस गितको लिरिकल भिडियो प्रदर्सन गरिएको थियो । प्रदर्सन पस्चात, ‘रहरहरू अनेक हुन्छन मान्छेका । मेरा पनि थिए र छन् । कसैका माया पिरतीका गित लेख्ने । तर मेरा इको अर्थात वातावरणीय गित लेख्ने । तिनै मध्यका एक रहर आज पुरा भएको महसुस गरेकोछु।‘ भनेर हितानले आफ्नो मन्तव्य उपस्तथित स्रजकमाझ राखेका थिए।
हितानद्वारा रचित यो प्रथम रेकर्डेड गित हो । यस गितमा संङ्गित राजकुमार बगरले भर्नुभएको छ भने स्वर नवराज थापाको छ । यसको लिरिकल भिडियो भने सुरेन्द्र इंगनाम द्वारा निर्माण गरिएको हो । ‘स्रोता दर्शकको प्रतिकृया कस्तो आउने हो थाहा छैन, तर आफैलाइ अति आत्मसन्तुष्टि मिलेको अनुभव गरेको छु।‘ हितानले भन्नुभएको छ ।
अर्थ आवर एक अन्तर्राष्ट्रिय स्तरको वातावरणीय जनचेतना फैलाउने कार्यक्रम हो । यो प्रतेक बर्षको मार्च महिनाको अन्तिम सनिवार बेलुकाको ८३० देखि ९३० बजेसम्म बिजुलि बत्ति निभाएर मनाइन्छ । हितान पेसाले वातावरण बिज्ञ हुन भने नेपालि इको साहित्यका एक अभियन्ता पनि हुन् ।









तपाइँको प्रतिक्रिया