• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

  •   २४ कार्तिक २०८२, आईतवार २१:५४ 
  • “गौरवको २२ वर्ष” — बीजीडब्लुएसले स्मृति दिवसमा गरेको सहभागिता ब्रिटिश र नेपाली सम्बन्धको बलियो प्रतीक

    लण्डन, ९ नोभेम्बर २०२५ — बेलायत सरकारद्वारा आयोजित वार्षिक सेनातर्फ स्मृति समारोह (Remembrance Service) मा यस वर्ष पनि गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्लुएस) यूकेको गरिमामय सहभागिता रह्यो। बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र देवान जेपीको नेतृत्वमा ५५ सदस्यीय टोलीले ऐतिहासिक रूपमा लण्डनस्थित उक्त कार्यक्रममा भाग लिएको हो।

    कार्यक्रममा बेलायतका राजा चार्ल्स तृतीय, प्रधानमन्त्री, वरिष्ठ मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र १० हजारभन्दा बढी विशिष्ट व्यक्तित्वहरू सहभागी थिए। यस्तो व्यापक सहभागिताबीच गोर्खाहरूको उपस्थिति अझ बढी अर्थपूर्ण बन्न पुगेको हो।

    गोर्खा स्मारकहरूमा श्रद्धाञ्जली अर्पण
    बीजीडब्लुएस टोलीले आइतबार बिहान ७ बजे लण्डन प्रस्थान गरेपछि बेलायतको रक्षा मन्त्रालय अगाडि रहेको गोर्खा स्मारकमा गहिरो श्रद्धाञ्जली अर्पण गर्‍यो। त्यसपछि टोली एल्डरसटस्थित भिक्टोरिया क्रस विजेता कुलवीर थापाको स्मारकमा पुगेको थियो, जहाँ पनि विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरियो।श्रद्धाञ्जली कार्यक्रमको क्रममा दुई मिनेट मौनधारण गर्दै अध्यक्ष मेजर देवानले रिथ अर्पण गरे भने प्रसिद्ध ब्यागपाइपर कृष्ण राई (माइला) ले गोर्खा धुन प्रस्तुत गरेका थिए। कार्यक्रमको भावनात्मक लहरले सहभागी सबैको मन छुने अनुभूति दिलायो।

    परेड र संयोजनमा गोर्खा नेतृत्व
    बीजीडब्लुएस टोलीको औपचारिक परेडको नेतृत्व कोषाध्यक्ष डब्ल्यूओ२ टेक थापाले गरे। महासचिव डब्ल्यूओ२ क्षेत्र राईले सम्पूर्ण कार्यक्रम संयोजन गरी उत्कृष्ट व्यवस्थापन प्रस्तुत गरेका थिए। उनीहरूले स्मृति दिवसलाई केवल विगत सम्झने मात्र नभई, नयाँ पुस्तामा इतिहासप्रतिको सम्मान बिउझाउने अवसरको रूपमा लिएका छन्।

    गोर्खा भवनमा स्वागत तथा सम्मान
    समारोहपछि बीजीडब्लुएस टोली फार्नबरोस्थित गोर्खा भवनमा पुग्यो, जहाँ एक भव्य स्वागत कार्यक्रम आयोजना गरिएको थियो। सार्वजनिक सम्पर्क प्रमुख प्रकाश गुरुङले साधक इन्द्र गुरुङ र साधिका रोजिष्वरी श्रेष्ठ गुरुङलाई स्वागत गर्दै गोर्खा समुदायको सेवा र योगदानलाई स्मरण गरे।

    समापनमा सहभागीहरूले गोर्खा समुदायबीचको एकता, अनुशासन र साझा पहिचानलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य