• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगरहरूको राष्ट्रिय चाड माघेसङ्क्रान्ति लण्डनमा मनाइने

  •   ३ पुष २०७६, बिहीबार १०:०३ 
  • बम थापा (सूर्यवंशी)

    लण्डन । मगरहरूको महान् चाड माघे (मगर) सङ्क्रान्ति मगर संघ युके वेष्ट लण्डन शाखाले वर्षेनी मनाउँदै आएको छ । माघेसङ्क्रान्ति सबै शाखाहरूले एकै दिनमा मनाउँदै आएकै कारण अरु शाखातिर जान नमिलेको हुँदा यस साल अरु शाखाहरूले भन्दा अगाडि नै यस शाखाले ४ जनवरी २०२० को दिन मनाउने निधो गरेको हो । माघेसङ्क्रान्ति विशेष कार्यक्रमका लागि हालैमा गोर्खा नेपाली कमिटी बोरो अफ हन्सलोले संयोजन गरेको नयाँ हल हन्सलो फुटबल क्लबको हलमा मनाउने भएको छ । बेलायतमा बसोबास गर्नुहुने नेपालका चर्चित राष्ट्रिय लोकदोहारी कलाकार गायक मनसुधन थापामगर र बेलायतमा अति नै चर्चित गायिका कल्पना श्रीपाललाई सो कार्यक्रममा आमन्त्रित गरिएको संस्थाका उपाध्यक्ष गणेश रानाले जानकारी गराएका छन् ।

    मगरहरूको महान् राष्ट्रिय पर्व माघे सङ्क्रान्तिको भेलाको अवसरमा विशिष्ट अतिथिहरूलाई आमन्त्रित गरिएको शाखाका सचिव लोक थापाले खबर गरेका छन् भने स्थानीय कलाकारहरूको मगर संस्कृति झल्काउने विशेष प्रस्तुति रहने, माघेसङ्क्रान्तिको अवसरमा मगरको विशेष परिकार र अन्य बन्दोबस्तसमेत पूरा भएको शाखाका अध्यक्ष टेकबहादुर रानाले बताएका छन् । यो भेलामा बाक्लो सहभागिता रहने वेस्ट लण्डनका मगर बुद्धिजिवीहरूको भनाइ रहेको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य