• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

२५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

  •   २६ असार २०८३, शुक्रबार १०:०९ 
  • प्रमिला लाबुङ राई
    लन्डन। बेलायतमा रहेका इलामेलीहरूबीच आपसी सद्भाव, भाइचारा, एकता तथा भावनात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ इलाम समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २५ जुलाई २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। संस्थाका अध्यक्ष धनबहादुर राईका अनुसार कार्यक्रम एल्डरशटस्थित एम्पायर हलमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

    वार्षिक रूपमा आयोजना हुँदै आएको यस कार्यक्रमले बेलायतमा रहेका इलामेलीहरूलाई एउटै छानामुनि भेला गराई आपसी चिनजान, अनुभव आदानप्रदान तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास आयोजकले लिएको छ। यस वर्षको कार्यक्रममा इलामका छिमेकी जिल्लाका समुदाय, विभिन्न जातीय तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूलाई समेत विशेष निमन्त्रणा गरिएको जनाइएको छ।

    कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। द भ्वाइस अफ किड्स नेपालबाट चर्चित गायिका रुक्साना लिम्बू, चर्चित नृत्यकार शिवदास गुरुङ तथा गायक एवं संगीतकार चोक गुरुङले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। उनीहरूको प्रस्तुतिले कार्यक्रममा विशेष आकर्षण थप्ने आयोजकको विश्वास छ।

    त्यसैगरी, बेलायतका विभिन्न सहरमा बसोबास गर्दै आएका इलामेली कलाकारहरूले पनि आफ्नो कला र संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। नेपाली मौलिक कला, गीत–संगीत तथा नृत्यमार्फत आफ्नोपनको अनुभूति दिलाउने गरी कार्यक्रमको तयारी भइरहेको आयोजकले जनाएको छ।

    कार्यक्रम केवल मनोरञ्जनमा सीमित नभई विदेशमा रहेका इलामेली समुदायबीच सामाजिक एकता, पारस्परिक सहयोग र भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने साझा थलोका रूपमा स्थापित हुँदै आएको छ। नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्ने उद्देश्यसमेत कार्यक्रमले बोकेको आयोजकको भनाइ छ।

    सन् २००९ मा स्थापना भएको इलाम समाज बेलायतले बेलायतमा रहेका इलामेलीहरूको हित, सामाजिक एकता तथा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

    इलाम समाज बेलायतले बेलायतमा रहेका सम्पूर्ण इलामेली दाजुभाइ, दिदीबहिनी, शुभेच्छुक तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई साथ, सहयोग र सहभागिता जनाइ कार्यक्रमलाई भव्य र सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य