• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

ब्रिटिश गोर्खाजको पेन्सन एक चर्चा

  •   १४ फाल्गुन २०७५, मंगलवार ०३:१९ 
  • सूर्यवंशी

    जब जब आर्थिक वर्षको आखिरी महिना अर्थात् मार्च महिना आउँछ गोर्खालीको पेन्सनले ठूलो चर्चा पाउँछ । भूपू ब्रिटिश गोर्खा सैनिकहरूको माझमा पेन्सनको चर्चा परिचर्चा चलिरहँदा पेन्सनका बारेमा मेडिया अहिले निकै तातिएको छ ।

    दोस्रो पटक नेपालमा गएका बेलायती रक्षा सहायक राज्यमन्त्री मार्क ल्याङकाष्टरले गएको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी गोर्खा सैनिकका समस्या सम्बोधनका विषयमा छलफल गरेका छन् । त्यसपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनकै कार्यकक्षमा भएको भेटमा बेलायती रक्षा राज्यमन्त्री ल्याङकेष्टरले भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूको मागको उचित सम्बोधन तथा त्यसको निरुपणलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन हुनुपर्ने बताएका समाचारहरू आएका छन् ।

    यस अघि बेलायती रक्षा मन्त्री ल्याङकाष्टर र नेपालका परराष्ट्रमन्त्रीबीच पनि भेटघाट भएको थियो । उक्त भेटमा ल्याङकाष्टरले गोर्खा सैनिकको समस्या सम्बोधनका लागि बेलायत सरकारले चाँडै नै न्यायपूर्ण सम्बोधन गर्ने जानकारी गराएका थिए तर अहिलेसम्म समस्याको समाधान भएको छैन ।

    सोही दिनमा अल्डसटस्थित भेटघाट रेष्टरेन्टमा ब्रिटिश गोर्खा अफिसरहरूको ऐतिहासिक बैठक बसेको थियो । स्मरण रहोस् त्योभन्दा अगाडि ब्रिगेड अफ गोर्खाजका अवकाशप्राप्त ब्रिटिश गोर्खाका अफिसरहरूको यति ठूलो समुहमा बैठक बसेको थिएन । रिटायर लेप्टन कर्नेल याम रानाको संयोजकत्वमा बसेको सो बैठकमा २२ जना भूपू गोर्खा मेजरहरू थिए भने अन्य ३० जना जति अफिसरहरू गरी लगभग ५० जनाभन्दा बढी ब्रिटिश गोर्खा अफिसरहरूको सहभागिता रहेको थियो । अरु तल्लो रेङ्कका गरी बैठकमा बाक्लो उपस्थिति रहेको थियो ।

    अल्डसट बैठकमा बेलायती रक्षा सहायक राज्यमन्त्री मार्क ल्याङकाष्टर र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीचको वार्तामा के कस्ता कुराहरूमा छलफल र उपलब्धि भए भन्ने कुरामा छलफल गरिएको थियो । गोर्खाहरूको समान पेन्सनलगायत अन्य असमानताका विषयमा विशेष त ब्रिटिश गोर्खा सत्याग्रह पहलमा नेपाल एम्बेसी लन्डनको संयोजकत्वमा सम्पूर्ण गोर्खा संगठनहरूको संयुक्त ऐक्यबद्धतासहित १३ वटा मागहरू जुन बेलायत अलपातीपार्लामेन्ट कमिटीले दिएको सुझावअनुरूप अहिलेसम्मको प्रगति विवरण र उनीहरू कत्तिको सचेत अवस्थामा रहेका छन् भन्ने विषयमा छलफल भएको थियो ।

    सो बैठकमा ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त ब्रिटिश गोर्खाका अफिसरहरूले गोर्खाजको समस्या तथा अन्य समस्याका निम्ति गोर्खा संघसंस्थाहरू, गोर्खा भूतपूर्व सैनिक संगठन, ब्रिटिश गोर्खा वेलफेयर सोशाइटी, नेसा सत्याग्रह तथा अन्य संघसस्थाका नेतृत्व र पदाधिकारीहरू साथै सबै सदस्यहरूलाई आआफ्नो ठाउँबाट गोर्खा जस्टिजका निम्ति पुर्याएको योगदानको कदर गर्दै आभार प्रकट गरिएको थियो । साथै यस्तो अवस्थामा सबैले एकआपसमा ऐक्यबद्धता जनाउँदै एकअर्काको विचार र भावनाको सम्मान गर्दै अनि आउँदा दिनमा विशेषत: समान पेन्शनका निम्ति सबैलाई चित्त बुझ्ने तथा १९९७ साल पहिलाकालाई विशेषत (हङकङ, ब्रुनाई सर्भिसलाई) अन्य ब्रिटिश आर्मीजस्तै अनिवार्यरूपमा कायम गरियोस् भन्नेमा जोड दिनुपर्ने र कसैलाई काखा र पाखाको व्यवहार नहोस् भन्ने कुरामा जोड दिँदै बैठक सकिएको थियो ।

    एउटा अपुष्ट पेन्सनको हल्लाअनुसार गोर्खा पेन्सन वृद्धिको हल्ला ३.७ % देखि ३४% सम्म । सामन्य वृद्धि ३.७ देखि ४.३ प्रतिशत । हाल नेपालको महङ्गीअनुसार । अर्कोथरी भन्छन् नेपालको परराष्ट्र मन्त्रालयमा १० देखि ३४ प्रतिशत वृद्धिको पत्र आइसक्यो रे । सिपाहीको अधिकतम ३४% र लेन्सकोर्पोरलको तल घट्दै घट्दै वारंत अफिसरसम्म पुग्दा १०% अनि अधिकृतको शून्य अर्थात् अफिसरको 00.00% .। यो वृद्धि भारतीय ७औँ तलव आयोग २०१६ आईपीसी – ७ इन्डियन पे कमिसन रिपोर्टअनुसार १ जनवरी २०१६ देखि लागू हुने गरी पाउने ।

    सन्दर्भ जसले पेन्सन नै पाएका छैनन् । जस्ले ब्रिटिश साम्राज्यको लागि लडाई लडे लाखौले ज्यान गुमाए भने लाखौ घाइते भए । जो लडाईवाट सकुशल फर्के उनीहरुलाई बिना पेन्सन नेपाल पठाएका छन् । वेलफेर पेन्सन भनेर महिनामा लगभग ८१ पौण्ड पाऊछन । आधा पेट खाएर भत्किन लागेको झुपडीमा बस्छन । पेन्सन नै नभएका हरुको अधिकार खै कस्ले खोजि दिने हो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य