• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनमा लकडाउन ४ चरणमा खुल्ने

  •   ११ फाल्गुन २०७७, मंगलवार ०१:०० 
  • लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको महामारीका कारण विगत एक वर्षदेखि जारी लकडाउन अन्त्य गर्नका लागि चार चरणमा खुकुलो हुने योजना ल्यायका छन।

    २२ फेब्रुअरी २०२१मा बेलायतमा संबोधन गर्दै पहिलो चरणमा मार्च ८ तारिखदेखि इङल्याण्डमा सबै तहका विद्यालयहरु, कलेजहरू खुला हुनेछन्। पार्कहरु जस्ता सार्वजनिक स्थलहरुमा फरक घरका दुई जनालाई कफी पिउन वा पिकनिक गर्न दिने घोषणा गरेका छन्। यस्तै मार्च २९ तारिखदेखि घरबाहिर दुई फरक घरका ६ जनासम्मलाई भेट्न पाउने, टेबलटेनिस, बास्केटबल जस्ता खेल पनि खेल्न सोही दिन देखि पाइनेछ भने माध्यमिक तहका विद्यार्थीहरुले कक्षाकोठा र करिडोरहरुमा मास्क लगाउनु पर्ने नियम बनाइएको छ।

    दोस्रो चरणमा अप्रिल १२ देखि अत्यावश्यक खुद्रा पसलहरु,सैलुनहरु, पुस्तकालय र संग्रहालयहरु पनि खुला हुनेछन्। बियर गार्डेन,मदिराजन्य पेयपदार्थको टेकवे, थिम पार्कहरु, चिडियाखानाहरू,स्वीमिङ पुलहरु,जिमहरु,आफैँले बन्दोबस्त गर्ने होलिडे होमहरु,क्याम्पसाइटहरु सोही दिनदेखि शुरु हुनेछन्।

    प्रधानमन्त्री जोन्सनले अन्तर्राष्ट्रिय होलिडेका बारेमा अप्रिल १२ मा बताउने जानकारी दिएका छन्। अन्तिम सँस्कारमा ३० जना र विवाहमा १५ जनाको हदबन्दी कायम नै छ।

    तेस्रो चरणमा मे १७ देखि स्थिति राम्रो भएमा ६ जनामात्र भेट्न पाउनेबाट ३० जनासम्म भेट्न पाउने व्यवस्था गरिने छ। दुई घरका मानिसहरु घरभित्र भेट्न पाउने छन् तर पवहरुमा भने ६ जनासम्म मात्र भेट्न पाइने छ । सिनेमा, होटल,खेलकुद,गीत सङ्गीत, नाटक देखाउने स्थानहरु पनि सामाजिक दुरी कायम गरी खोल्न पाइनेछ। १० हजार जनासम्म दर्शक भएका खेल तथा अन्य स्थानहरु सोही मितिदेखि खोल्न पाइने छ । मे १७ देखि विवाह,अन्तिम सँस्कार आदिमा ३० जनासम्म सरिक हुन पाउने छन् ।

    चौथो चरण जुन २१ देखि सबै किसिमका बाध्यात्मक व्यवस्थाहरु हटाउन सरकारले तय गरेका योजनाहरु लागू हुनका लागि चारवटा शर्तहरु मध्य खोप अभियान अघि बढेमा,खोपका कारण भारइसबाट मानिसहरुको मृत्यु दर घटेमा, अस्पताल भर्ना हुने दर घटेको देखिएमा, संक्रमण दरले अस्पताल भर्नामा वृद्धि नदेखाएमा र नयाँ प्रजातिका भाइरसले लकडाउन गर्न बाध्य नगराएमा यो लागु हुन सक्नेछन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य