• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न

  •   ३० भाद्र २०८३, मंगलवार ०६:५७ 
  • पत्रकार: बम थापा, १/२ जीआर

    निशानी माईप्रति श्रद्धा अर्पण गर्दै डेल्ही डे, टिग्रिस डे र तामान्दु डे मनाइयो

    अल्डरसट, बेलायत — १३ सेप्टेम्बर २०२६

    सेकेन्ड गोर्खा राइफल्स एसोसिएसन यूके (सिरमूर साथीहरू) को आयोजनामा आइतबार अल्डरसटस्थित एम्पायर हलमा डेल्ही डे, टिग्रिस डे र तामान्दु डेसहित रेजिमेन्टको वार्षिक पुनर्मिलन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

    एसोसिएसनका अध्यक्ष भूतपूर्व क्याप्टेन राजु गुरुङको अध्यक्षतामा आयोजित समारोहमा १६९औँ डेल्ही डे, ११०औँ टिग्रिस डे, ८१औँ तामान्दु डे तथा सेकेन्ड गोर्खा राइफल्सको २११औँ स्थापना दिवस मनाइएको थियो। कार्यक्रममा सेकेन्ड जीआरका भूतपूर्व पदाधिकारी, अधिकृत, सैनिक तथा उनीहरूका परिवारजन गरी २५० जनाभन्दा बढीको उल्लेख्य सहभागिता थियो।

    समारोहका प्रमुख अतिथि लेफ्टिनेन्ट जनरल सर पिटर डफाल KCB, CBE, MC तथा लेडी आनी हुनुहुन्थ्यो। सर पिटर डफाल सन् १९९४ देखि १९९९ सम्म रोयल गोर्खा राइफल्सका संस्थापक रेजिमेन्टल कर्नेल हुनुहुन्थ्यो।

    विशेष अतिथिका रूपमा सिरमूर राइफल्स एसोसिएसन यूकेका अध्यक्ष ब्रिगेडियर इयान रिग्डेन OBE तथा १ आरजीआरको ए कम्पनीका टु–आईसी क्याप्टेन दीपजंग आम्बुहाङसहित रेजिमेन्टका अन्य वरिष्ठ अधिकृतहरू उपस्थित हुनुहुन्थ्यो। अतिथिहरूलाई क्याप्टेन राजु गुरुङ र क्याप्टेन सम्शेर गुरुङले स्वागत गर्नुभएको थियो।

    निशानी माईको विशेष सम्मान

    समारोहको मुख्य आकर्षण सेकेन्ड गोर्खा राइफल्सको गौरव, वीरता र सैनिक परम्पराको प्रतीक मानिने क्वीन्स ट्रन्चन अर्थात् ‘निशानी माई’ थियो। क्याप्टेन राजु गुरुङको आदेशमा निशानी माईको टोली अनुशासित सैनिक मार्चसहित समारोहस्थलमा प्रवेश गरेको थियो।

    निशानी माई प्रवेश गर्दा उपस्थित सबैले उभिएर सम्मान प्रकट गरेका थिए। त्यसपछि शाही सलामी अर्पण गर्नुका साथै बेलायत र नेपालको राष्ट्रिय गान बजाइएको थियो। नेपाली टोपी तथा अन्य शिरपोस लगाएका सहभागीहरूले समेत सैनिक शैलीमा सलामी अर्पण गरेका थिए।

    प्रमुख अतिथि, विशेष अतिथि, वरिष्ठ अधिकृत तथा भूतपूर्व सैनिकहरूले निशानी माईसमक्ष शिर झुकाउँदै श्रद्धा र सम्मान प्रकट गरेका थिए। निशानी माईमा पुष्पमाला तथा फूल अर्पण गरी सेकेन्ड जीआरको गौरवशाली इतिहास र वीर पुर्खाहरूको स्मरण गरिएको थियो।

    वीर पुर्खाहरूको सम्झनामा मौनधारण

    कार्यक्रममा मेजर नाइजेल वाइली–क्यारिक MBE, क्याप्टेन कृष्ण गुरुङ र क्याप्टेन उमेश पुन MVO ले क्रमशः डेल्ही, टिग्रिस तथा तामान्दु युद्धसँग सम्बन्धित इतिहास प्रस्तुत गर्नुभएको थियो।

    डेल्ही, टिग्रिस, तामान्दु तथा अन्य युद्धमा जीवन बलिदान गर्ने वीर पुर्खा र सहयोद्धाहरूको सम्झनामा अध्यक्ष क्याप्टेन राजु गुरुङको निर्देशनमा एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि रेजिमेन्टको सामूहिक तस्बिर खिचिनुका साथै निशानी माईमा पुष्प अर्पण गरिएको थियो।

    कार्यक्रममा अध्यक्ष गुरुङले सहभागीहरूलाई स्वागत गर्दै सेकेन्ड जीआरको इतिहास, एकता र परम्परालाई संरक्षण गरी भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो। ब्रिगेडियर इयान रिग्डेन OBE ले पनि रेजिमेन्ट डेको महत्त्वबारे संक्षिप्त सम्बोधन गर्नुभएको थियो।

    सांस्कृतिक प्रस्तुतिसहित पुनर्मिलन

    औपचारिक कार्यक्रमपछि रेजिमेन्टको सांस्कृतिक टोलीले मनोरञ्जनात्मक प्रस्तुति दिएको थियो। बालबालिकाको नृत्य, लोकदोहोरी तथा विभिन्न सांस्कृतिक प्रस्तुतिले समारोहलाई थप उल्लासमय बनाएको थियो।

    कार्यक्रमको अन्त्यमा अध्यक्ष क्याप्टेन राजु गुरुङले सांस्कृतिक टोली तथा दोहोरी गायक–गायिकालाई धन्यवाद दिँदै प्रशंसापत्र प्रदान गर्नुभएको थियो।

    लामो समयपछि पुराना सहकर्मी, वरिष्ठ तथा कनिष्ठ सैनिक र परिवारजन एकै ठाउँमा भेला हुँदा सहभागीहरू भावुक र उत्साहित देखिन्थे। सेवाकालका स्मरणहरू आदानप्रदान गर्दै उनीहरूले रेजिमेन्टप्रतिको अटल निष्ठा, एकता र भाइचारालाई पुनः जीवन्त बनाएका थिए।

    आयोजकका अनुसार १७०औँ डेल्ही डे तथा सेकेन्ड जीआर सिरमूर राइफल्सको आगामी वार्षिक समारोह सन् २०२७ सेप्टेम्बर १२ तारिख आइतबार सोही एम्पायर हलमा आयोजना गरिनेछ।

    जय लाली पल्टन, जय गोर्खाज्!

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य