• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

  •   ५ आश्विन २०८३, सोमबार ०६:२० 
  • लन्डन । नेपालमा भोटेकोशी बाढी–पहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ तमु धीं यूकेले सञ्चालन गरेको राहत अभियानबाट १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँ संकलन भएको छ।

    तमु धीं यूकेले आइतबार, २० सेप्टेम्बर २०२६ मा मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरी राहत संकलन तथा वितरण योजनाबारे जानकारी गराएको हो।

    संस्थाका अनुसार संकलित रकमको ठूलो हिस्सा नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने २० लाख रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पुगेर प्रत्यक्ष राहत वितरणमा खर्च गरिने छ।

    राहत रकम हस्तान्तरण तथा प्रभावित क्षेत्रको अवस्था बुझ्न तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा ६ सदस्यीय टोली आइतबार साँझ नेपाल प्रस्थान गरेको छ। टोलीमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष तथा १७औँ नेपाली मेला संयोजक कमल कोने गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ र तमु धीं यूके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ सहभागी छन्।

    टोली नेपाल प्रस्थान गर्नुअघि उनीहरूलाई बिदाइ गरिएको थियो। अध्यक्ष गुरुङ नेपालमा रहँदासम्म संस्थाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष दिलमाया गुरुङलाई दिइएको छ।

    नेपाली मेला र समुदायको सहयोगबाट जुट्यो रकम

    तमु धीं यूकेले गत ३० अगस्टमा केम्पटन पार्क रेसकोर्समा आयोजना गरेको १७औँ नेपाली मेलालाई यस वर्ष बाढीपीडित सहयोग अभियानसँग समेत जोडेको थियो। मेलाबाट भएको बचत, मेलाका क्रममा संकलित सहयोग तथा बेलायतस्थित नेपाली समुदाय, विभिन्न संघसंस्था, तमु धीं यूकेका शाखा, आमा समूह, पदाधिकारी, सदस्य तथा शुभेच्छुकबाट प्राप्त सहयोगलाई एकीकृत गरी राहत रकम जुटाइएको हो।

    गत २६ अगस्टमा आएको भोटेकोशी बाढी–पहिरोपछि तमु धीं यूकेले राहत संकलन अभियानलाई तीव्र बनाएको थियो। अभियानमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्था तथा व्यक्तिहरूले उल्लेखनीय सहयोग गरेका थिए।

    पत्रकार सम्मेलन अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो।

    तमु धीं यूकेले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। यसपटकको राहत अभियानमा बेलायतस्थित नेपाली समुदायबाट प्राप्त सहभागिताले विपद्का बेला प्रवासी नेपाली समुदायको सहकार्य र एकतालाई पुनः उजागर गरेको छ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य