पाल्पामा आगो लागेर घर- गोठ जलेर नष्ट, खाने एक छाक अन्न पनि रहेन।
मगर लाफा
पाल्पा जिल्लाको माथागढी ७ ओखरीगौडामा आगो लागीको कारण दान बहादुर लम्काहा मगरको घर र ३ वटा गोठ पुरै जलेर नष्ट भएको छ । चैत्र १४ गते शविबार घरका सबै परिवार कामले घर बाहिर गएका बेला सो घटना भएको हो । घरका ठुला ब्यक्तिहरु घरमा नभएको कारण साना बच्चाहरु मात्र घरमा खेल्ले क्रममा बच्चाहरुले नै आगो लगाएकोले आगोलागी भएको बताईएको छ ।

उक्त आगोलागी घटनाबाट दान बहादुरको घर र गोठ संगै छिमेकीको पनि २ वटा गोठ पुरै जलेर नष्ट भएको छ भने घरमा रहेका सबै समानहरु धान ७ मुरी, चामाल ३ कट्टा, कोदो ४ मुरी, नगद ८/१० हजार, दराज र दराज भित्रका समानहरु, ब्लाड़्केट, भाडाकुडा र गोठमा रहेको ८ वटा बाख्रा पनि जलेर खरानी भएको छ । दान बहादुर लम्काहा मगर र उनका सबै परिवार यति बेला बारीमा कुनै ओत बिनै खुल्ला आकासमा बस्न बाध्यभएका छन् । ओत लाउने एउटा घर पनि जलेर नष्ट भयो र भएको सबै अन्न पनि खरानी भएपछि भोको पेट बस्न बिबस छन् । न कुनै राहत आएको छ सरकार वा गाउपालिका बाट, गाऊको छरछिमेकले दिएको २/४ माना चामलको भरमा बाचिरहेका छन् ।

यदि तपाईहरु सहयोग गर्न इच्छुक हुनु हुन्छ भने ” मगर लाफा ग्रुप ” को Admin लाई चैत्र २२ गते सम्म सम्पर्क गर्न सक्नु हुनेछ । अमर कामु मगर ( पाल्पा, नेपाल ) सम्पर्क : +9779845985020 Ammar Bahadur Kammu Acount no. 06014100391512000001 Kamana sewa Bikas Bank (Sardi Branch) Nawalparasi https://www.facebook.com/amar.magar.545849 इसेवा मार्फत सहयोग गर्न चाहनु हुन्छ भने बिनोद श्रीस मगर https://www.facebook.com/Magarlaaphaofficial Esewa ID: 9866553399 थप जानकारी को लागि https://www.magarlaapha.com/2021/03/agolagi.html https://youtu.be/iY-tqwrpp7s नोट: रकम पठाईसके पछि ( Deposit ) सम्पुर्ण विवरण सहित रकम पठाएको स्लिप ” मगर लाफा ग्रुप” को याड्मिन हरुलाई पठाउनु होला, जिलौ ।









तपाइँको प्रतिक्रिया