• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

प्रेम गाहा मगरको एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी

  •   २५ असार २०७८, शुक्रबार २२:०८ 
  • लण्डन । गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

    जुलाई १५ तारिक बिहीबार बेलायतको स्थानीय समय अनुसार साँझ ५ बजे जुममार्फत भर्चुअल रुपमा उम्मेदवारीको औपचारिक घोषणागरिने उनले बताए । एनसीसी यूकेको नेतृत्व चयनका लागि ३१ जुलाईमा निर्वाचन हुने भएपनि अधिवेशनको उद्घाटन र साधारणसभा(एजीएम) भने जुलाई १८मा नै हुने तय भएको छ । एजीएम अगावै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने उनको तयारी छ ।

    कोभिड प्रोटोकलका कारण भर्चुअल माध्यमबाट उम्मेदवारी घोषणा गर्ने उनले बताएका छन् । मगरले उम्मेदवारी घोषणासभामा सहभागीहुन आफ्ना समर्थक तथा बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् । गाहा मगरले आफ्नो उम्मेदवारी घोषणासभामा सहभागी हुन एनआरएनका संस्थापकहरु, अग्रज अभियन्ताहरु, बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र एनआरएनका पन्जीकृत सदस्यहरु तथा सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । दुई कार्यकाल उपाध्यक्ष भएर काम गरेका गाहा मगरले विगतमा जस्तै साथ, समर्थन र माया गर्न बेलायतवासी नेपाली समुदायलाई आग्रहगरेका छन् । ‘तपाईंहरुको साथ, सहयोग र मायाकै कारण मैले दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्ने मौका पाएँ, अब अध्यक्ष पदकालागि यहाँहरुको साथ, सहयोग, समर्थन र माया प्राप्त हुने छ भन्ने विश्वास लिएको छु’ गाहा मगरले भनेका छन् ।

    उनले आफूँले विगतमा गरेका कामलाई आधार बनाएर नै बेलायतवासी नेपाली समुदायको साथ पाउनेमा विश्वास व्यक्त गरेका छन् ।‘कार्यसमितिमा रहेर वा नरहेर मैले हालसम्म बेलायतवासी नेपाली समुदायको हितमा गरेका कामका आधारमा नै म अध्यक्षको उम्मेदवारबन्न लागेको हुँ’ आफ्नो उम्मेदवारीबारे उनले भनेका छन् । दुई कार्यकाल कार्य समितिमा रहँदा नेपाली समाजको एकता, संस्थाको पारदर्शिता र सुदृढीकरण, भूतपूर्व गोर्खाहरुको समस्यासमाधान, खेलकुद, युवाहरुको सहभागिता, मातृभूमिमा आइपरेको विपदमा सहयोग संकलन लगायतका क्षेत्रमा गरेका कामको आधारमानै बेलायतवासी नेपाली समुदायले आफूँलाई समर्थन गर्ने उनको विश्वास रहेको छ ।
    गाहा मगरको नेतृत्वमा समावेशी टिम
    जुलाई १५ मा अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका गाहा मगरले आफ्ना अजेण्डासँग सहमत व्यक्तिहरुसँगसहकार्य गरी समावेशी टिम बनाउने र कार्यकालभर एकसाथ रहेर काम गर्ने जनाएका छन् ।

    प्रेम गाहा मगर जिताऔं अभियानका प्रमुख एवम् पूर्व उपाध्यक्ष शेर सुनारले बेलायतको नेपाली समाजलाई प्रतिनिधित्व गर्ने गरी टिमबनाइने बताएका छन् । एनआरएनको विधान अनुसार कुनै पनि राजनीतिक तथा संस्थागत रुपमा प्यानल बनाउन पाइँदैन । कुनै पनि रंगको प्यानल नभई समाजलाई प्रतिनिधित्व गर्ने गरी समावेशी टिम बनाइने सुनारले बताए । ‘बेलायतवासी सम्पूर्णनेपालीहरुको प्रतिनिधित्व हुने गरी समावेशी टिम बनाइने छ, सुनारले भने, प्रेम गाहा मगर नेतृत्वको टिम समाजको ऐना बन्ने छ ।’
    सुनारका अनुसार, संस्थागत नभई अजेण्डामा सहमत व्यक्तिहरुको टिम बनाउन लागिएको हो । सुनारले प्रेम गाहा मगर नेतृत्वको टिमको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । सदस्यता अभियानमा देखिएको उत्साहजनकसहभागिताले नै यसलाई पुष्टि गरेको उनको भनाइ छ । वर्तमान कार्य समितिका चार उपाध्यक्षसहित बहुमत सदस्यहरु पनि गाहा मगरको समर्थनमा खुलिसकेका छन् । त्यस्तै समाजकाअधिकांश अगुवा र एनआरएनएका अभियन्ताहरुले पनि मगरलाई समर्थन गरेको उनले बताए ।

    सन् २०२१–२०२३ का लागि अध्यक्ष पदमा औपचारिक रुपमा अध्यक्षको उम्मेदवारी घोषणा गर्न लागेका गाहा मगरले सात बुँदे अजेण्डातयार पारेका छन् । उनले एनआरएन यूकेको आर्थिक पारदर्शिता, संगठन सुदृढीकरण, भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधान, नेपाली नागरिकताकोनिरन्तरता र नेपालमा सम्पत्तिको सुरक्षा तथा लगानी, युवा पुस्ता र महिलाहरुको उल्लेख्य सहभागिता वृद्धि, नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना, नेपाल हाउस परियोजना लगायतका विषयलाई आफ्नो अजेण्डामा उठाएका छन् ।
    कतिपय विषयमा एनसीसी आफैंले र कतिपय विषयमा आइसीसीसँगको सहकार्यमा अगाडि बढ्ने उनले स्पष्ट पारेका छन् । नेपालीनागरिकताको निरन्तरता र नेपालमा सम्पत्तिको सुरक्षा लगायतका विषयमा अन्य एनसीसीहरुसँग पनि समन्वय गर्दै आइसीसीसँगकोसहकार्यमा सफलतामा पुग्ने उनले बताएका छन् ।

    यस्ता छन् अजेण्डा
    १. कुनै पनि संस्थामा आर्थिक पारदर्शिता अपरिहार्य छ । एनआरएनए युकेमा अहिले चलिरहेको आर्थिक पारदर्शिताको अभियानलाईमैले निष्कर्षमा पुर्याउने छु र लेखा प्रणालीलाई चुस्त बनाउने छु । एनआरएन यूकेलाई सबै सदस्यहरुले गर्व गर्न सक्ने उदाहरणीय संस्थाबनाउने छु ।
    २. ’नेपाली नागरिकताको निरन्तरता’ र नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षाको लागि गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वयपरिषद मार्फत नेपाल सरकारसँग अभियान चलाउने छु । नयाँ पुस्तालाई मातृभूमिसँग जोड्ने पहललाई परिणाममुखी बनाउने छु ।
    ३. भूतपूर्व गोर्खा सैनिकहरुको न्याय र समानताको पक्षमा १३ बुंदे प्रतिवेदनसहितको ज्ञापनपत्र हामीले ब्रिटिश प्रधानमन्त्री तथा नेपालसरकारलाई पठाइसकेका छौं। म आफै एक भूतपूर्व गोर्खा सैनिक भएकाले पनि आगामी कार्यकालमा गोर्खा समस्या समाधान गर्नरातदिन क्रियाशील हुनेछु।
    ४. गैरआवासीय नेपाली संघ, यूके (एनआरएनए, यूके) लाई बेलायतस्थित सबै नेपालीको साझा संस्था बनाउने मेरो मुख्य उद्देश्य हो।बेलायतका सबै राज्यमा बसोबास गर्नुहुने आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुको भावनालाई आत्मसात गर्दै, नेपाली समुदायमाकृयाशील सबै सामाजिक संघ संस्थाहरुसँगको सहकार्यमा, ‘नेपाल हाउस निर्माण परियोजना’ लाई अगाडि बढाउने छु। आपत्कालीनकोषको रकम वृद्धि गर्दै आकस्मिक रुपमा आइपर्ने घटना तथा दुर्घटनामा राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउनेछु । समस्या पर्दा हरेक सदस्यलाई ‘मेरो एनआरएन छ’ भन्ने अनुभूति गराउने छु ।
    ५. बेलायतमा ठूलो संख्यामा नेपालीहरुले प्राध्यापक, डाक्टर, इन्जिनियर, वैज्ञानिक, लएर, , एकाउन्टेन्ट, उद्यमी, व्यवसायीका रुपमासफलता प्राप्त गर्नु भएको छ। उहाँहरु सबैलाई एनआरएन अभियानसंग जोडेर उहाँहरुसंग रहेको सीप, दक्षता र पूँजी नेपालकोविकासमा लगाउन मैले अथक प्रयास गर्ने छु। बेलायतबाट नेपालमा लगानी र पर्यटनलाई प्रोत्साहन गर्ने छु।
    ६. युवा पुस्ता तथा महिलाहरुको उत्साहजनक सहभागिता अभिवृद्धिका लागि युवा र महिला लक्षित कार्यक्रम ल्याउने छु । अभ्यास तथाप्रतिस्पर्धात्मक खेलकुद, सीपमूलक तालिम तथा कार्यशाला सञ्चालन गर्ने छु । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास तथाप्रचार प्रसारका लागि प्रभावकारी अभियान सञ्चालन गर्ने छु ।
    ७. अधिवेशन आएपछि मात्रै एनआरएनए युकेको सदस्यता खुला गर्ने र लिने परिपाटीको अन्त्य गर्दै जहिले पनि सदस्यता लिन सक्नेव्यवस्था मिलाउने छु । एक पटक सदस्यता लिएपछि सदस्यता नम्बरका आधारमा हरेक दुई वर्षमा तोकिएको शुल्क तिरेर नवीकरण गर्नसकिने र पटक पटक कागजात बुझाउन नपर्ने व्यवस्था गर्ने छु ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य