• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाल ‘रेड लिष्ट’मा भएकोले युकेका नेपालीलाई सकस

  •   २० भाद्र २०७८, आईतवार ०२:५५ 
  • बेलायत सरकारले अन्य देशबाट बेलायत भित्रंदा कोभिडको हानिकारक भेरियन्ट फैलन नपाओस् भनेर रेड, एम्बर र ग्रीन गरि तीन लिष्ट निर्धारण गरेको छ । ‘रेड लिष्ट’ मा रहेका देशबाट आउने यात्रुले १० दिन (११ रात) होटल क्वारेन्टिन बस्दा एक कोठाको प्रति व्यक्ति २२८५ पाउण्ड, ११ वर्ष माथिकाले अतिरिक्त प्रति व्यक्ति १,४३० पाउण्ड र ५ देखि ११ वर्षका बालबालिकाले अतिरिक्त ३२५ पाउण्ड तिर्नुपर्नेछ । पांच वर्ष मुनिकालाई निशुल्क छ । होटल क्वारेन्टिन नियम उल्लंघन गरे १० हजार पाउण्डसम्म जरिवाना र जेल सजाय छ । यात्रा गर्नु तीन दिनअघि, बेलायत आइसकेपछि दोश्रो र आठौं दिनमा पिसिआर परीक्षण गरि नेगेटिभ रिजल्ट पेश गर्नुपर्नेछ ।

    अहिले घुम्ने प्रयोजन (भिजिट भिजा) मा बेलायत आउन प्रतिवन्ध भएपनि ब्रिटिश राहदानीवाहक, बेलायतको आवासीय भिजा भएका बेलायत आउन पाउंछन् । एम्बर लिष्टमा रहेको देशबाट बेलायत भित्रिएका यात्रुले होटल नगइ आफ्नै घरमा १० दिन आइसोलेसन बसे हुन्छ ।

    जो बेलायत आउनै पर्ने अवस्थामा छन् वा यहींका बासिन्दा पनि आकष्मिक यात्रा गर्नु पर्दा अहिले ज्यादै सकस भोगिरहेका छन् । विशेष गरि नेपालबाट बेलायत भित्रने यात्रुहरु बेलायतको कोभिड नियमका कारण प्रताडित बनेका छन् । सबै भन्दा धेरै मर्का नेपालवाट आएका जेष्ठ नागरिक हरुलाई पर्न गएको छ । किनकी जेष्ठ नागरिकहरुलाई बेलायतमा बस्ने अनुमति त दिइयो तर सबै परिवारलाई बेलायतमा ल्याउन भने दिएका छैनन् । यस नियमले पारिवारिक विखन्डन भएको छ । परिवारबाट टाढा बस्दा दशैँ तिहारको मौका पारेर जेष्ठ नागरिक हरु नेपाल जाने गर्छन । तर यसपाली रेड लिस्टले गर्दा सुनसान छ । नेपाल गए पनि फर्केर आउदा होटेल एक कोठाको प्रति व्यक्ति २२८५ पाउण्ड तिरेर होटेलमा बस्नु पेन्सनको पैसाले पुग्दैन । यस्तो महामारीमा उमेर ढल्केका बुढापाकाहरुलाई पक्कै पनि सजिलो छँदैछैन ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य