• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा प्रथम भिसी कुलवीर थापामगरको शालिक अनावरण

  •   ९ आश्विन २०७८, शनिबार २१:१८ 
  • लण्डन । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण गरिएको छ ।

    बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई, कमान्डर इयान केभ सीबी, नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख रोशन खनालले संयुक्त रुपमा शालिकको अनावरण गरेका थिए । कार्यक्रममा बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट मणिकुमार राई, कमान्डर इयान केभ सीबी, नेपाली राजदूतावास लण्डनका उपनियोग प्रमुख रोशन खनाल, लेफ्टिनेण्ट जनरल पिटर डफेल, हंस्लो काउन्सिलका मेयर काउन्सिलर बिष्णु गुरुङ रशमोरका मेयर काउन्सिलर ब्रुस थोमस, ले कर्णल तोल खाम्चा, ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राई, क्याबिनेट लिडर डेविड क्लिफोर्ड लगायत बेलायती सेनाका उच्चपदस्थ अधिकारीहरु,शालिक निर्माणमा योगदान गरेका सम्पूर्ण व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिहरु तथा नेपाली र बेलायती विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

    कार्यक्रममा मैया डंगोल केसीले अँग्रेजी तथा गरी घलेले नेपाली अनुवाद गरी उपस्थितहरुलाई भाषाको सहजीकरण गरिदिएका थिए ।
    अनावरण पूर्व बौद्ध परम्परा अनुसार लामाले र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गरेका थिए भने भिसी थापाले भिक्टोरिया क्रस पाउँदा लण्डन गजेटमा मुद्रित व्यहोरा अंग्रेजी र नेपालीमा वाचन गरियो । शालिक अनावरणपछि विशिष्ट अतिथिलगायतले भिसी थापाको शालिकमा पुष्पगुच्छा चढाए, त्यसपछि अन्य सर्वसाधारणले पनि फूल चढाएका थिए ।

    भिसी थापालगायत दिवंगत गोरखा सैनिकहरुको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा पूर्व गोरखा र बहालबाला गोरखा सैनिकहरु सैनिक पोशाक र मेडलहरुसहित उपस्थित भएका थिए । नेपाली र बेलायती परम्पराअनुसारका दुवै बाजागाजाहरुले विशेष रौनक थपेको सो अनावरण कार्यक्रमको पहिलो चरण सकिएसँगै एम्पायर हलमा दोसो चरणको कार्यक्रम गरी बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो ।बेलायतमा देशको इतिहासमै सबैभन्दा ठूलो अभियानकाृ रुपमा अल्डरसटस्थित प्रिन्सेस पार्कमा १५६ संघसंस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगमा १ लाख ८५ हजार पाउण्ड अर्थात करिब ३ करोड नेपाली रुपैया लागतमा निर्माणकार्य सम्पन्न भएको हो ।
    कांस्यको प्रयोग गरी निर्माण गरिएको उक्त शालिकमा पहिलो विश्व युद्धको क्रममा एक घाइते सैनिकलाई युद्धको मैदानमा बोक्दै भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो नेपाली गोरखा प्राप्त कुलबीर थापा मगरलाई चित्रण गरिएको छ ।








    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य