• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पत्रकार महासंघ यूकेको नवनिर्वाचित समिति लन्डन दूतावासमा सम्मानित

  •   २३ आश्विन २०७८, शनिबार १४:०३ 
  • लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

    त्यसअवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार महासंघ यूके शाखाका अध्यक्ष अर्यालसंगै उपाध्यक्षद्धय प्रमिला लाबुंग राई र शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम र सदस्यहरु नगेन्द्र नेम्वांग, मिलन तमु र बम थापा सुर्यवंशीलाई खादा ओढाएर सम्मान गरे । सोहि अवसरमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, संस्थापक सल्लाहकार भगिरथ योगी, सल्लाहकार कुशल श्रेष्ठ र केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला पनि सम्मानित भए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेग्मीले पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् सफलताको शुभकामना दिए । पत्रकार महासंघ यूके एवम् यहाँस्थित नेपाली पत्रकारहरुबाट दूतावासलाई रचनात्मक सहयोग मिलिरहेको भन्दै उनले खुशी व्यक्त गरे ।

    मिडियाको आलोचनात्मक प्रस्तुतिलाई स्वभाविक मान्नुपर्ने तर सकारात्मक पक्ष र उपलब्धिहरुबारे पनि समाचारहरु बन्नुपर्ने भन्दै राजदूत रेग्मीले भने, ‘बेलायतमा रहेका पत्रकार साथीहरुले दुवै खालका भूमिका निभाइरहेको मैले पाएं, जुन साँच्चीकै सकारात्मक र तारिफयोग्य छ ।’पत्रकारिताका क्रममा ‘नेपाल र नेपाली’ लाई सदैव केन्द्रमा राखेर काम गर्न उनले सुझाव पनि दिए ।

    दूतावासकी नियोग उपप्रमुख एवम् प्रवक्ता रोशन खनालले नेपाल पत्रकार महासंघ यूकेको नयाँ कार्यसमितिको पालामा पनि दूतावाससंगको सहकार्य निरन्तर रहने आशा व्यक्त गरिन् । बेलायतस्थित नेपाली मिडियाले दूतावास र समुदायलाई जोड्ने कार्य गरिरहेको भन्दै उनले प्रसंशा गरिन् ।

    पत्रकार महासंघ यूके शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावासबाट प्राप्त स्वागत र सम्मानले आफूहरुमा उत्साह र हौसला बढाएको भन्दै आभार प्रकट गरे ।
    दूतावास र पत्रकार महासंघ यूकेबीच विगतमा निकट सहकार्य रहंदै आएको स्मरण गर्दै उनले भने, ‘भविष्यमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाओस् भन्ने हामी चाहन्छौं । हामीसंग रहेको मिडिया प्लेटफर्म र माध्यमहरुको अधिकतम सदुपयोग गर्न हामी दूतावासलाई आव्हान गर्दछौं ।’

    त्यसअवसरमा पत्रकार महासंघ यूकेका संस्थापक सल्लाहकार भगिरथ योगी र पूर्व अध्यक्ष चिरन शर्माले पनि शुभकामना मन्तव्य राख्दै दूतावास र पत्रकार महासंघ यूकेबीच रहँदै आएको सहकार्य निरन्तर र थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । सोही अवसरमा पत्रकार महासंघ यूकेका तर्फबाट राजदूत रेग्मीलाई बिदाइ गर्दै खादा र पुष्पगुच्छा प्रदान गरिएको थियो ।

    कार्यक्रमको सञ्चालन लन्डन दूतावासका सेक्रेण्ड सेक्रेटरी रामबाबु नेपालले गरेका थिए । कार्यक्रममा दूतावासका सैनिक सहचारी रत्न गोदार एवम् सहचारीद्धय गजेन्द्र राई र पुजन पाण्डे लगायतका कर्मचारीहरुको पनि सहभागिता थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य