• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एफसी केन्टले पायो गोर्खा कपको उपाधि, भेट्रानतर्फ बीबीसी विजयी

  •   २९ जेष्ठ २०७९, आईतवार ०६:१६ 
  • लण्डन । बेलायतका नेपाली समुदायमाझ लोकप्रिय फुटबल प्रतियोगिता गोर्खा कप यस वर्ष एफसी केन्टले जितेको छ ।
    उसले फाइनलमा राङभाङलाई हराउँदै बीसौँ गोर्खा कपको उपाधि हात पार्न सफल भएको हो । यससँगै उसले २ हजार ५०० पाउण्ड नगद र शिल्ड पाएको छ भने खेलाडीहरुले ट्रफी र प्रमाणपत्र पाएका छन् । रनरअप हुन सफल राङभाङले १ हजार ५०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाएको छ । उता भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लव (बीबीसी) ले जितेको छ । उसले नगद पुरस्कार १ हजार ५०० पाउण्ड पाएको छ भने उपविजेता बनेको इलाम एफसीले ८०० पाउण्ड नगद हात पारेको छ ।

    प्रतियोगितामा पहिलो पटक महिलाहरुको प्रतिस्पर्धा गराइएको थियो । जसमा मनोक्रान्ति टीमले म खेल्छु टीमलाई हराउँदै विजेता बनेको छ । विजेता मनोक्रान्ति टीमले ५०० पाउण्ड नगद पुरस्कार र उपविजेता म खेल्छु टीमले ३०० पाउण्ड नगद पुरस्कार पाएका छन् ।
    प्रतियोगितामा उत्कृष्ट खेलाडी मिलन राई भएका छन् भने भेट्रानतर्फ उत्कृष्ट खेलाडी खुम गुरुङ भएका छन् । महिलातर्फ उत्कृष्ट खेलाडी काजा बनेकी छिन् । उत्कृष्ट म्यानेजर प्रेम गुरुङ बनेका छन् । यसैगरी यसैवर्षदेखि राखिएको छेलो खेलमा निरज गुरुङ विजेता र मानबहादुर गुरुङ उपविजेता बनेका छन् भने भेट्रानतर्फ श्याम गुरुङ विजेता र आशबहादुर गुरुङ उपविजेता बनेका छन् । तमुधिँ युकेले आयोजना गरेको सो प्रतियोगितामा मुख्य विधातर्फ ३२ टीमले, भेट्रानतर्फ ८ टीमले र महिलातर्फ २ टीमले भाग लिएको थियो ।

    तमुधिँ युकेका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा अल्डरसटस्थित क्वीन्स एभेन्यूमा भएको सो कार्यक्रमको संचालन महासचिव परशु गुरुङले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि रसमुर काउन्सिलका मेयर जोन मार्स रहेका थिए भने नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल विशेष अतिथि रहेकी थिइन् । कार्यक्रममा बेलायस्थित नेपाली संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने व्यापारिक र सेवामूलक स्टलहरु पनि राखिएका थिए । तमुधिँ युकेले विगत दुई दशकदेखि गोर्खाकप आयोजना गर्दै आएको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य