• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

वीरताको चिह्न भिक्टोरिया क्रस पाएका वीर गोर्खालीहरूको सम्मानमा १२औं भिसी कप सम्पन्न

  •   २९ जेष्ठ २०७९, आईतवार १३:४२ 
  • लण्डन । शनिबार ११ जुन २०२२ । लण्डनको हन्स्लो स्थित ग्रीनलेन स्पोर्ट फुटवल मैदानमा गोर्खा नेपलिज कम्युनिटी लण्डन वरो अफ हन्स्लोले १२औँ भिसी कपसहित भिक्टोरिया क्रसको तक्माबाट विभूषित गरिएका बहादुरहरूका पनि बहादुर १३ जना वीर गोर्खालीहरूलाई सम्झना गरी सम्मान प्रदान गरेको छ । कार्यक्रममा बेलायती महारानी एलिजावेथ द्वितीयाले राजगद्धी सम्हालेको ७० औँ वर्षगांठको अबसरमा ‘प्लेटिनम जुब्ली’ एक बिशेस कार्यक्रम सहित केक काटिएको थियो ।

    बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममको अध्यक्षता संस्थाका अध्यक्ष डोल मल्लले गरेका थिए भने कार्यक्रम सञ्चालन सस्थाका माहासचिब धन बहादुर सार्कीले गरेका थिए । संस्थाका सल्लाहकार मन थापाले दोश्रो चरणको कार्यक्रम संचालन गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत महामहीम आचार्यले १३ जना भिक्टोरिया क्रस नेपालीहरुले गोरखाको विरता विश्वमाझ पुर्याएको बताए । उनीहरुको योगदानको कदर सदैव ईतिहासले गरिरहने समेत उनको भनाई थियो । उनले महारानीको राज्यरोहणको ७० वर्ष, भिसी रिमेम्बरेन्स डे र फुटबल प्रतियोगिता एकैपटक गरेर बेलायत नेपाल सम्बन्ध अझ मजवुत बनाउन विशेष भूमिका खेलेको बताउंदै आयोजकलाई आभार व्यक्त गरे ।
    कार्यक्रममा लन्डन बरो अफ हन्स्लोका डेपुटी मेयर अदेश फर्माहन,दूतावासका द्धितिय सचिव रामबाबु नेपाल,गोर्खा मेजर राजेश गुरुङ,लन्डनको हन्स्लो बरोका ५६ औं पूर्व मेयर बिष्णुबहादुर गुरुङ भिसी गजे घलेका सुपुत्र डम्मर घले लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रममा पाइपर र धौलागिरी नौमती बाजा बजाइएको थियो भने नेपालीको मौलिक सास्कृतिक झल्किने नांच नाचिएको थियो ।

    १२ औं गोर्खा भिसी कपको उपाधि ब्रिगेड ब्वाइज क्लव (बीबीसी) ले जितेको छ । हन्स्लो स्पोर्टस क्लवमा २० टिमबीच भएको ९ ए साइड फुटबल प्रतियोगितामा बीबीसीले मेनतर्फ प्रथम उपाधि जितेको हो । एकहजार पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । विजयी हुने टिमलाई ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेले पुरस्कार प्रायोजन गरेको थियो । मेनतर्फ टिडब्लु स्टार रनरअप भएको छ ।त्यसैगरि, भेट्रानतर्फ पनि बीबीसी टिम विजयी भएको छ भने धरान ११ रनरअप भयो । फुटबल अन्डर–१६, भेटरान र मेन टिम गरी ३ प्रकारका टिम रहेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष डोल मल्लले १२ ओँ भिसी कपमा सहयोग गर्ने संस्थाका पदाधिकारी,प्रायोजनकर्ता तथा उपस्थित खेलाडी एवम् दर्शक सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।









    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य