• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन पुरा

  •   ११ श्रावण २०७९, बुधबार ००:२६ 
  • बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन पुरा गरेको छ । संघले गत आइतबार आफ्नै भवनमा सम्पन्न पहिलो त्रैमासिक बैठकको अवसर नायिकाहरु दीया पुन र मिरुना मगरलाई सम्मान गरेको छ ।
    नायिका पुनलाई हालै विश्वको सर्वोच्च शिखर आरोहण गरेकोमा र मगरलाई उनी अभिनीत चलचित्र ‘कबड्डी ४’ नेपाली चलचित्र उद्योगमा सफलतापूर्वक ५१ दिन मनाउन सफल भएकोमा सम्मान गरेको छ । नायिका मगरले हालै ब्रुनेल विश्वविद्यालयबाट स्वर्ण पदक पनि पाएकी छिन् । सोही अवसरमा नेपालबाट कार्यक्रमको सिलसिलामा बेलायतमा आइपुगेकी गायिका गीता पाइजालाई पनि स्वागत गरिएको थियो ।

    संघका अध्यक्ष सिता पुनमगरको अध्यक्षता तथा महासचिव गुमानसिंह थापामगरको सन्चालनमा भएको बैठकमा संघले मे २९ मा आयोजना गरेको नेपाली ओपन कन्सर्टको समीक्षा गरिनुका साथै आयव्यय विवरण पेश गरिएको थियो । संघका कोषाध्यक्ष मोहन थापामगरले ओपन कन्सर्टबाट ३२ हजार पाउण्ड नाफा आर्जन गरिएको जानकारी गरेका थिए भने ओपन कन्सर्टका संयोजक लाल पुनगर ले कन्सर्टमा सहयोग गर्ने हरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

    बैठकमा महासचिव गुमानसिंह थापाले संघको सांगठानिक प्रतिवेदन पेश गरेका थिए भए हाउजिङ हेर्नुहुने सहकोषाध्यक्ष थाम रोकाले आर्थिक जानकारी दिएका थिए । मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन पुरा गरेकोमा संघका अध्यक्ष सिता पुनमगरले युकेमा भएका सबै शाखाहरु र बेलायतभरि छरिएर रहेका सम्पूर्ण मगरहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । बैठकले आगामी एक वर्षको कार्यक्रमहरुको तिथि तय गरेको छ । जसअनुसार अर्को वर्षको ओपन कन्सर्ट मे १३ २०२३ मा हुने भएकोछ ।



    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य