• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनमा स्वास्थ्य चेतना फैलाउँदै ‘दोस्रो नेपाल रन’ सम्पन्न

  •   २१ कार्तिक २०८०, मंगलवार १९:४२ 
  • लन्डन । बेलायतको इन्ग्लेंड एथलेटिक्समा दर्ता भएको क्लब नेपाल रन यूकेले आइतबार लण्डनको नर्थला पार्कमा “नर्थल्ट १० के” इभेन्ट आयोजना गर्यो । कार्यक्रममा अन्तर्रास्ट्रिय रूपमा ख्यातिप्राप्त धाविका मीरा राई विशेष अतिथिको रूपमा रहेकी थिइन् ।
    नर्थल्ट १० के रनको प्रमुख प्रायोजक एस्टार फाइनान्सियल सोलुसन रहेको थियो । कार्यक्रमका सहप्रायोजकहरुमा मेकवर्थ एकाउण्टिंग, ट्राभल कन्सोल, रियल ड्रीम एजुकेसन कन्सल्टेन्सी, एइएसएन रिक्रुटमेन्ट, किरांत राई यायोख्खा, एसएनपी प्लस एकाउण्टिङ, आईएमई लण्डन, धरान समाजलगायत रहेका थिए । “रिमेम्बरेन्स डे” को अवसर पारेर आयोजना गरिएको १० किलोमिटर दौड कार्यक्रममा ३२० जना सहभागीहरुले भाग लिएका थिए ।

    समुदायमा स्वास्थ्य चेतना फैलाउन आयोजना गरिएको उक्त कार्यक्रममार्फत मीरा राई इनिसिएटिभको सहयोगार्थ सहयोग संकलन पनि गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वितीय र तृतीयलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।
    नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रममार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग पुगेको नेपाल रनका संयोजक पाण्डव महतोले जनाए । उनले सहयोगी सबैलाई धन्यवाद दिए ।
    कार्यक्रममा सेतो पुतली अभियानका कलाकार मिलन राई, एभरेस्ट म्याराथनका संस्थापक बिक्रम पाँडे लगायतका अतिथिहरु पनि सहभागी थिए । कार्यक्रमको संयोजन सन्तोष राईले गरेका थिए भने स्वयंसेवकहरुको संयोजन रविन्द्र अधिकारीले गरेका थिए । उनले सबै प्रायोजकहरुलाई धन्यवाद व्यक्त गर्दै क्लबले आगामी वर्ष कमीकमजोरीहरु सुधार गर्दै अघि बढ्ने विचार व्यक्त गरे । नर्थल्ट १० केमा इलियास अहमद ले ३२ मिनेट १५ सेकेन्डमा पूरा गरेर प्रथम भए भने महिलातर्फ निकोला पेन्टी अल्विराजले ४४ मिनेट ४२ सेकेन्डमा पूरा गरेर प्रथम स्थान हासिल गरिन् ।

    त्यस्तै, पुरुषतर्फ द्वितीय र तृतीय स्थान पाएका सिमोन साहले ३४.१७ मिनेट र जोनाथ होराले ३४.५८ मा समापन गरेका थिए । महिलातर्फ द्वितीय र तृतीय हुने मान्दा गुरुङले ४४.४२मा र क्लार मोरिसले ४६.३१ मा दौड पद्दरा गरेका थिए ।
    ६० बर्ष बढी उमेर समूह सुपर भेट्रान पुरुषमा स्टेफान प्लामर ३९.४० र लोराइन लेकेंबीले ६०.५८ मिनेटमा समापन गरेको जानकारी सचिव जगन कार्कीले दिए । ४० देखि ६० बर्ष उमेर समूहमा सिमोन ओसेया ३४.१७ मिनेट र सलिना राजभण्डारीले ३४.१७ मिनेटमा समापन गरेर प्रथम स्थान हासिल गरेका थिए । नेपाल रन क्लबका तर्फबाट पुरुषमा प्रकाश गुरुङले ३५.१९ मिनेटमा प्रथम स्थान गरे भने महिलातर्फ तेजमाया सिग्देललले ४७.२५ मिनेटमा समापन गरेर प्रथम स्थान हासिल गरेका थिए भने नेपाल रनको उत्कृस्ट दौड सुधारको पुरस्कार अमृत श्रेष्ठले प्राप्त गरेका थिए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य