• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) को अवधि समाप्त हुँदै

  •   २० पुष २०८०, शुक्रबार १५:४० 
  • युकेको बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्ने वा काम गर्ने व्यक्तिहरूका लागि महत्वपूर्ण कागजात हो । अध्यागमन प्रणालीको निरन्तर डिजिटलाइजेसनसँगै युकेमा बीआरपीको अन्त्य हुन लागेको हो । बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) युकेमा बस्न वा काम गर्न अध्यागमन अनुमति प्राप्त व्यक्तिहरूलाई होम अफिसद्वारा जारी गरिएको सुरक्षित कागजात हो । यो कार्डमा कार्डकर्ताकहरूको बायोमेट्रिक अर्थात् औँठाछाप, फोटोका साथै उनीहरूको नाम, राष्ट्रियता, भिसाको प्रकार र म्याद सकिने मितिजस्ता विवरणहरू समावेश गरिएका हुन्छन् ।

    होमअफिसको कार्यालयले डिजिटलाइजेसन योजनाहरूलाई कार्यान्वयन गर्न ३१ डिसेम्बर २०२४ सम्म अधिकतम वैधताका साथ बीआरपी जारी गर्ने निर्णय गरेको छ । त्यसपछि भौतिक कार्ड हटाएर इलेक्ट्रोनिक रूपमा परिणत गरिने छ । १ जनवरी २०२५ पछि युके बायोमेट्रिक रेसिडेन्स परमिट (BRP) को अरु कुनै मान्य कागजात हुने छैन । होम अफिसको वेबसाइट (‘हेर्नुहोस् र प्रमाणित गर्नुहोस्“, View and Prove’) सेवाहरू प्रयोग गरेर आफ्नो अध्यागमनस्थिति अनलाइनमा हेर्न सकिने छ । यो सेवाले प्रयोगकर्ताहरूलाई आफ्नो स्थितिबारे कामकाज र अरु कुनै पनि सम्बन्धित क्षेत्रसँग इलेक्ट्रोनिक रूपमा शेयर अथवा सांझा गर्न सजिलो र छिटो हुने छ ।

    बीआरपी जारी गर्ने र व्यवस्थापन गर्ने आवश्यकता नपर्ने हुँदा यो नयाँ प्रणालीद्वारा अध्यागमनस्थिति प्रमाणीकरण गर्न सजिलो र छिटो हुने छ । जसले गर्दा सरकारको लागतको बचत पनि हुने छ । साथै, पहिलेको भन्दा डिजिटल प्रणाली बढी सुरक्षित हुने गरी डिजाइन गरिएको हुनाले जालसाँजी र पहिचान चोरी रोकिने विश्वास गरिएको छ । इन्टरनेट पहुँच भएका कुनै पनि उपकरण भएमा नयाँ प्रविधिलेद्वारा जुनसुकै बेला आफ्नो अध्यागमन स्थितिबारे जानकारी राख्न सकिने छ ।

    अब के गर्ने ?
    बीआरपीको म्याद ३१ डिसेम्बर २०२४ मा समाप्त हुने व्यक्तिहरूले आफ्नो अध्यागमनस्थिति कायम राख्न कुनै कारबाही गर्न आवश्यक पर्ने छैन । सबै अटोमेटिक डिजिटलमा जाने छ । तर, स्मरण रहोस्, यो नयाँ डिजिटल प्रणालीमा जाँदा आवश्यक प्रविधि र इन्टरनेट जडानको अति नै आवश्यक हुने छ । युके बायोमेट्रिक रेसिडेन्स परमिट (बीआरपी) को म्याद समाप्ति र अध्यागमन प्रणालीबारे थप जानकारीका लागि, युके भिसा र आप्रवासन gov.uk मा सूचना राखिने हुँदा निरन्तर रुपमा सूचना चेक गर्नुपर्ने छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य