• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाल पत्रकार महासंघ बेलायत शाखाको छैठौं अधिवेशन आगामी जुन महिनामा हुने ।

  •   ४ माघ २०८०, बिहीबार २१:४४ 
  • लन्डन । आइतबार अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा लन्डनको ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा सम्पन्न कार्यसमितिको पूर्ण बैठकले जुनभित्रै अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले अधिवेशन मिति र भेन्यू आवश्यक गृहकार्यपछि आगामी बैठकले घोषणा गर्ने तथा भेन्यू बुकिङसम्बन्धि आवश्यक समन्वयको जिम्मेवारी अध्यक्ष ध्रुवराज अर्याल र कार्यसमिति सदस्य गोमा रानालाई दिने पनि निर्णय गरेको छ ।

    त्यस्तै, शाखाको सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण आगामी अप्रिल महिनाभित्र गरिने भएको छ । जसका लागि आवश्यक विधि र मापदण्डको प्रस्ताव आगामी कार्यसमिति बैठकमा पेश गर्न वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई र महासचिव नरेन्द्र बस्नेतलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ ।

    बैठकले शाखाको पाँचौं कार्यसमितिका सम्पूर्ण गतिविधि समेट्दै एक स्मारिका प्रकाशन गर्ने तथा वेबसाइट रिडिजाइन गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी क्रमशः कार्यसमिति सदस्य बम थापा सूर्यवंशी र अध्यक्ष ध्रुवराज अर्याललाई दिने पनि निर्णय गरेको छ । कार्यसमितिको अर्को पूर्ण बैठक मार्च २४ तारिख आइतबार बस्ने भएको छ ।
    बैठकले कार्यसमिति सदस्य बम थापा सूर्यवंशी नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

    सो अवसरमा फोनिज यूकेका नवनिर्वाचित अध्यक्ष सूर्यवंशी, कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा फोनिज यूके निवर्तमान अध्यक्ष गोमा राना र ‘स्वस्थ जिन्दगीको सान’ पुस्तक प्रकाशित गरेकोमा नगेन्द्र नेम्वाङलाई शाखाका तर्फबाट अध्यक्ष अर्यालले खादा ओढाएर सम्मान गरेका थिए । महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई, सचिवद्वय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इङ्नाम तथा सदस्यहरु गोमा राना, वम थापा सूर्यवंशी र नगेन्द्र नेम्वाङसहित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य