• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

उपसभामुख रानामगरको बेलायत भ्रमण स्थगित हुँदा चार मुख्य औपचारिक कार्यक्रम रद्द

  •   १७ फाल्गुन २०८०, बिहीबार १९:२१ 
  • कर्मा पहाडी शेर्पा
    नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ। एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘कूटनीतिक भिसा’ का कारण अन्तिम समयमा स्थगित भएको हो। पूर्व निर्धारित कार्यक्रमअनुसार उपसभामुख रानामगर बेलायतमा एक साता रहने योजना थियो । उनको बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे, बेलायती उपसभामुख लगायत नेतासँग भेटघाट तय थियो ।

    उनको ७ जना बेलायती सांसदसँग ननिङटनमा च्यारिटी डिनर पनि तय भएको संयोजक क्याप्टेन भिम सारुले जनाए । विभिन्न संघसंस्थाले अन्तरक्रिया गर्ने समेत जनाएका थिए । उपसभामुख रानामगर एनआरएनए यूकेले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम थियो। त्यस्तै, मार्च ५ तारिख मंगलबार एनआरएनए यूकेकै आयोजनामा उनीसँग ‘वंशजको नेपाली नागरिकता सम्बन्धि मुद्धा’ मा एक अन्तरक्रिया तय थियो ।

    एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले उपसभामुखको अनुपस्थिति रहे पनि नारी दिवस कार्यक्रम यथावत् सञ्चालन हुने तर ५ तारिखको नागरिकता मुद्दाको अन्तरक्रिया स्थगित गरिएको बताए । गाहामगरले उपसभामुख रानामगरले छिट्टै अर्को कार्यक्रममा सहभागी हुने वचन दिएको पनि बताए ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य