• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना अनुसन्धान सकेर फर्किइन्

  •   १७ बैशाख २०८१, सोमबार १०:४९ 
  • लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर फर्किएकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना सोमबार अपरान्ह नेपाल फर्किएकी हुन् । सुजानालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, सल्लाहकार ओम बुढाथाकी र ओसिन थापा काउचाले हिथ्रो एयरपोर्टमा विदाइ गरे । सुजानाको बेलायत भ्रमणका निम्ति एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले निमन्त्रणा गरेका थिए भने प्रमुख जिम्मेवारी लिएर सबै बन्दोवस्त गर्ने कार्य एनआरएनए यूके अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्य एवं गोर्खा विभाग प्रमुख ओम थापा काउचाले गरेका थिए ।

    बेलायतमा रहंदा सुजानाले यहां रहेका भूतपूर्व गोर्खा सैनिकका श्रीमतिहरुको जीवनी र दिनचर्याको खोजीमा समय बिताइन् । सुजाना थापा श्रीमगर दोस्रो विश्वयुद्ध, ब्रुनियो युद्ध, मलाया युद्ध र फकल्याण्ड युद्धमा गोर्खा महिलाको भूमिकाबारेमा अनुसन्धान गर्न बेलायत आएकी थिइन् । विशेष गरि उनले ज्येष्ठ गोर्खा पत्नीहरूको अनुभवमा ध्यान केन्द्रित गरेकी थिइन् । बेलायतमा अनुसन्धानका क्रममा उनले आफ्नो परियोजनाका लागि महत्वपूर्ण जानकारी संकलन गरी करिब ८ सय ज्येष्ठ गोर्खाहरूसँग प्रत्यक्ष रूपमा साक्षात्कार गरिन्। यसबाहेक उनले ७५ वर्षभन्दा माथिका २० जना गोर्खा श्रीमतीसँग अन्तर्वार्ता लिइन्, उनीहरूका अनुभव संकलन गरिन्। ति विवरणहरुका आधारमा उनले निकट भविष्यमा ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ वृत्तचित्र एवं चलचित्र निर्माण गर्ने महत्वाकांक्षा राखेकी छन् ।

    उनले बेलायतमा रहेका स्थानीय नेपाली समुदाय, विशेषगरी गोर्खा ज्येष्ठ नागरिक र विभिन्न गोर्खा संघसंस्थाबाट उल्लेख्य सहयोग प्राप्त गरेको जनाउंदै सबै सहयोगीप्रति आभार समेत व्यक्त गरेकी छन् । सबैको न्यानो स्वागत र आर्थिक सहयोगले आफ्नो परियोजना सफल बनाउन योगदान परयाएको उनले जनाइन् । एनआरएनए यूके अध्यक्ष गाहामगरले सुजानाले आफ्नो बेलायतको अनुसन्धान प्रतिवेदन ३–४ हप्ता भित्र पठाएपछि उनको परियोजनालाई अगाडि बढाउन थप सहयोग गर्ने बताए । सुजानाले एनआरएनए यूकेले ३ मार्चमा अल्डरसटस्थित प्यालेसमा गरेको अन्तर्राष्ट्रिय नारी दिवसमा विशेष आतिथ्य ग्रहण गरेकी थिइन् । उनी अल्डरसटमा मगर दिवस, रेडिङमा द फर्गटन ब्रिटिश गोर्खा भेट्रान्ससंग साक्षात्कार, जीआरएनसीको अन्तर्राष्ट्रिय नारी दिवस, गोर्खा कर्नर ननिटनमा अन्तरक्रिया, लन्डन हिलिङडनमा युवा र गोर्खा सिनियर सिटिजनसंग साक्षात्कार, भार्सेली समाज यूकेको केन्ट टनब्रीज र गोर्खा नेपलिज कम्युनिटी मेडस्टन एवं मेडस्टोन महिला कम्युनिटीको कार्यक्रममा सहभागी भइन् ।

    त्यसैगरि, फोकस्टन नेपलिज कम्युनिटीमा वृद्धवृद्धासंग अन्तरक्रिया, गोर्खा म्यूजियम अवलोकन, ओम थापा काउचाको सहयोगमा कोर्नवाल भ्रमण, रिम गलामीको संयोजनमा स्वीन्डनका गोर्खा भेट्रानहरुसंग भेटघाट गरिन् भने रसमोर मद्दत समूहको कार्यक्रमा समेत उनले सहभागिता जनाइन् । उनलाई बिजिडब्लुएस्, मगर महिला संघ यूके, जीआरएनसी आदि संस्थाले सम्मान तथा विदाइ समेत गरेका थिए । सुजाना डकुमेन्ट्री मेकर, चित्रकार र पत्रकार पनि हुन् । उनले गत नोभेम्बरमा नेपाल आर्ट काउन्सिलमा गोर्खाका श्रीमतिहरुको कथा झल्काउने चित्रकला प्रदर्शनी ‘गोर्खा वीमनः एन इको इन द स्टोरी’ सफलतापूर्वक गरेकी थिइन् । पोट्रेटस, अडियो–भिज्यूअल सामग्री, कलाकृतिहरु आदि समावेश भएको उक्त प्रदर्शनीले धेरै दर्शकको ध्यान खिचेको थियो । उनले सन् २०१८ मा ‘भार्सेली गोर्खाः फ्रम स्टोरिज टु पोट्रेटस’ नाममा काठमाडौं, बुटवल र गुल्मीको भार्सेमा एकल चित्रकला प्रदर्शनी पनि गरेकी थिइन् ।

    उनको सामूहिक चित्रकला प्रदर्शनी ‘ब्ल्याक एण्ड ह्वाइट’ भने सन् २०१५ मा काष्ठमाण्डप आर्ट स्टुडियोमा भएको थियो । ‘गाउं आएको बाटो’ (अ रोड टु अ भिलेज) फिचर फिल्ममा पनि उनले आर्ट डिरेक्टरको भूमिका निर्वाह गरेकी थिइन् । हिट्स एफएममा झण्डै ७ वर्ष रेडियो प्रस्तोता समेत भएर काम गरेको अनुभव उनीसंग छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य