• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाली ओपन कन्सर्ट १५ जुनमा हुने

  •   १७ बैशाख २०८१, सोमबार २२:५७ 
  • बम थापा (सूर्यवंशी मगर)
    लण्डन । बेलायतमा हुने एक मात्र ओपन कन्सर्ट (खुल्ला सास्कृतिक कार्यक्रम) यस पटक बृहत रुपमा बेलायतवासी नेपालीहरु भेला हुने भएको छ । मगर संघ युकेको आयोजनामा जुन महिनाको १५ तारिख मेडस्टोन, केन्ट, इभेन्ट्स सेन्टरमा हुने यस वर्षको कन्सर्टको प्रमुख आकर्षणमा मंगोलियन हार्टका गायक राजु लामा रहने छन् ।

    कन्सर्टका बारेमा जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा सो कन्सर्टको अनलाइन टिकट बिक्री खुला भएको जानकारी दिइयो । अध्यक्ष सिता पुनमगरका अनुसार मगरयुके डट ओआरजीबाट सो टिकट खरिद गर्न सकिनेछ । पहिला खरिद गर्ने १ हजार जनालाई १० प्रतिशत छुटमा सो टिकट मिल्नेछ । टिकटको मूल्य ३० पाउण्ड रहेकोमा अनलाइन खरिद गर्दा २७ पाउण्ड मात्र पर्नेछ । सो टिकट मे १५ तारिखसम्म खरिद गर्न सकिनेछ । कन्सर्टकै दिन टिकट किनेमा ४० पाउण्ड पर्नेछ ।

    यो १६औ नेपाली ओपन कन्सर्ट दिउँसोको १२ बजेवाट साँझ ८ बजे सम्म चल्ने कार्यक्रममा, कार्यक्रम स्थलमा नेपाली खाना ब्यबसाय, विभिन्न बालबालिकाका लागि खेल र व्यापारिक स्टलहरु समेत रहने छन् । कार्यक्रमका मुख्य अतिथि बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य तथा बेलायतवासी विभिन्न संघ सस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहनेछ। कन्सर्टमा करिब ४ हजार मानिस उपस्थित हुने आयोजकहरुको अपेक्षा रहेको छ ।

    पत्रकार सम्मेलन कार्यक्रमको प्रमुख संयोजक तथा संघका उपाधक्ष्य होम रोकामगरले कार्यक्रमको तयारी वारे जानकारी गराएका थिए । संघका अधक्ष्य सिता पुनमगरले कार्यक्रम मार्फत बेलायत भरि छरिएर रहेका सम्पूर्ण नेपालीहरु एकै ठाउंमा भेला गराएर म्युजिक फर युनिटीको संदेश दिने बताएकाछन ।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष धुर्वराज अर्याल, लण्डन काठमाडौँका सम्पादक तथा फोनिज युकेकाका अध्यक्ष बम थापा सूर्यवंशीमगर, वि नेपालीका सम्पादक तथा नेपाल पत्रकार महासंघ युकेका पुर्व अध्यक्ष नरेश खपांगी मगर, लण्डन नेपाल न्युजका शिब भण्डारी र प्रकाश कंडेल एवेरेस्ट टाईम्सका सम्पादक चिम्खोले काईला र सहसम्पादक जमुना पुन, एवेरेस्ट मेडियाका एसके गुरुङ गोर्खा च्यानेलवाट बिमला सेने, गोर्खा मेडियाका मिलन तमु र बिकाश न्यौपाने, ब्रिटिश खबर युकेवाट बिपिन निरौला नेपाल ब्रिटेन डट कमवाट चिरन शर्मा देबी पौडेलको उपस्थिति रहेको थियो।

    सोहि अवसरमा मगर संघ युके, केन्ट शाखाका अधक्ष्य नानीबाबु मगरले मगर संघ युकेका १२ वटा शाखाहरुवाट गाडीको व्यवस्था गरिएको र चाहिएको खण्डमा ट्रेन स्टेशनवाट गाडीको व्यवस्था हुने जानकारी गराएका थिए । संघको सास्कृतिक सचिव सरु राना गुरुङले कन्सर्टमा राजु लामालाई बेलायतको स्थानीय सिक्का ब्याण्डले साथ दिनेछन् भने अरु कलाकारहरु तय हुन बाँकी रहेको जानकारी गराएकी थिइन्। मगर संघ युकेका अध्यक्ष सिता पुनमगरले अध्यक्षयता गरेको पत्रकार सम्मेलनमासंघका महासचिव गुमानसिंह थापाले कार्यक्रम संचालन गरेका थिए भने पत्रकार सम्मेलनको संयोजक सचिव गोमन पुनले गरेका थिए। ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य