• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

रुद्र थापामगर गुल्मी जिल्ला समाज यूकेको निर्बिरोध अध्यक्ष , . घोषणा पत्र सहित.

  •   २४ बैशाख २०८१, सोमबार १५:५९ 
  • लन्डन। गुल्मी जिल्ला समाज यूकेको अधिवेशन बाट रुद्र थापा निर्बाचित भएका छन् । आइतबार अल्डरसटमा भएको अधिवेशनले आगामी २ वर्षका लागि नयाँ कार्यसमितिको अध्यक्ष पदमा सहमति बने पछि रुद्र थापा निर्विरोध अध्यक्ष बनेका हुन् ।

    नयाँ कार्यसमितिको उपाध्यक्षमा मञ्जु भण्डारी र मुकुन्दहरि खराल निर्विरोध भएका छन्। यसै गरी महासचिवमा महलाल घिमिरे,सचिवमा राधा खरेल र प्रबक्तामा वसन्त खनाल छन् भने कोषाध्यक्षमा तेजबहादुर श्रीष र सहकोषाध्यक्षमा डम्मर श्रीष निर्विरोध भएका छन्।कार्यसमितिको सदस्यमा अर्जुन बस्नेत, दीपक थापा मैथाने मगर, गुनबहादुर थापा, कपुर श्रेष्ठ, काशिराम भण्डारी, माया केसी, रामप्रसाद पन्थी, शर्मिला भण्डारी, सुरेश केसी र सूर्यविक्रम केसी छन्।ट्रस्टीमा तारा भट्टराई हुने गरी सहमति भएको हो ।
    संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निर्वाचन समिति बिधान समिति,बिधान समितिको अन्तिम प्रयास पछि सबै उम्मेदवारलाई संगै राखेर सहमति गरे पछि सफल भएको हो ।

    फत्त थापा संयोजक रहेको निर्वाचन समितिमा बालजंग अर्याल र राजेन्द्र श्रेष्ठ सदस्य रहेका थिए ।निर्वाचन समिति संयोजक फत्त थापाले निर्वाचनका लागि आवश्यक सबै प्राविधिक तयारी भइरहेको र समयभित्रै सहमति बनेको स्वागत योग्य भन्दै थापाले खुसि व्यक्त गरे ।

    घोषणा पत्र

    नाम: रुद्र थापा मगर
    अध्यक्ष को प्रत्याशी
    गुल्मी जिल्ला समाज यूके

    नमस्कार !
    समाजको स्थापनाकालदेखि प्रत्यक्ष कार्यसमितिको कार्यकारी पदमा रहेर निरन्तर समाजको सेवा गर्दै आज यहाँ सम्म आएको छु। समाजको भलो र साथीहरूको मनोकांक्षालाई परिपूर्ति गर्दै समाजमा धेरै नै त्याग गरिसकेको छु र मलाई लाग्छ कि यो समय मेरो र संस्थाको लागि मेरो नेतृत्व अति आवश्यक भएको महसुस गर्दै मेरो उम्मेदवारी दिएको छु । म विश्वस्त छु कि हजुरहरूले हजुरहरूको बहुमूल्य मत दान गरी मेरो जित सुनिश्चित गरिदिनुहुनेछ।
    मेरो समाज प्रतिको योगदान हरु:
    १. संस्थापक अध्यक्ष ओम थापा ज्यूको कार्यकालमा – कार्यसमिति सदस्य ।
    २. ⁠पूर्व अध्यक्ष अर्जुन गौतम ज्यूको कार्यकालमा – कार्यसमिति सदस्य ।
    ३. ⁠पूर्व अध्यक्ष राम गलामी ज्यूको कार्यकालमा – कार्यसमिति सदस्य ।
    ४. ⁠निबर्तमान अध्यक्ष टोप पल्लि ज्यूको कार्यकालमा – कार्यसमिति सदस्य (प्रवक्ता)।
    ५. ⁠हालको अध्यक्ष बिर बलाल ज्यूको कार्यकालमा – महासचिव।

    नोट: साथीहरू लाई मिलाउने क्रममा चार कार्यकाल सम्म मैले एउटै पदमा रहेर काम गरेको छु र यस पटक पनि हामी ४ जना अध्यक्षका प्रत्याशीहरू मध्य अरू तिन जना मिलेर एक जना मात्र आएको अवस्थामा मैले मेरो उम्मेदवारी फिर्ता लिई उपाध्यक्ष पदमा बस्ने निर्णय पनि लिएकै हो । तर दुर्भाग्य वहाहरु मिल्न सक्नु भएन । र मैले हदैसम्मको लचकता अपनाउँदा पनि साथीहरू बाट सहमतिको टुङ्गो नलागेपछि मेरो उम्मेदवारी जारी राख्दै हजुरहरू समक्ष हजुरहरूको अमूल्य मतको अपिल गर्दछु ।

    मेरो प्रतिबद्धता हरु:
    १. समाजको जगेडामा रहेको £47K को समाजलाई दीर्घकालीन फाइदा हुनेगरि ब्यबस्थापन गर्ने ।
    २. ⁠समाजलाई एकीकृत र अझ मजवुद गराउन बेलायतमा रहेका गुल्मेलीहरू बस्ने सहरमा गुल्मी जिल्ला समाज यूके को इकाई समितिको गठन गर्ने ।
    ३. ⁠गुल्मी जिल्ला समाज यूके लाई मातृभूमि गुल्मी र नेपाल सँग जोड्दै दीर्घकालीन र प्रत्यक्ष लाभ हुने गरी कुनै पनि काम गर्ने ।
    ४. ⁠बेलायतमा रहेका गुल्मेलीहरूको सुख दुःखमा सदैव साथ दिँदै बेलायतमा रहेका नेपाली तथा गैर नेपाली संघ संस्थाहरु सँग आपसी मेलमिलाप तथा भ्रातृत्व कायम गर्दै संस्थालाई अगाडि बढाउने छु ।

    रुद्र थापा मगर
    अध्यक्ष को प्रत्याशी
    गुल्मी जिल्ला समाज यूके

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य