किरात राई यायोक्खा युकेको साकेला उभौली भब्य रुपमा सम्पन्न्न
लण्डन । किरात राई यायोक्खा युकेले यसवर्षको साकेला उभौली वोकिङस्थित ग्याम्बल्स लेनमा रहेको आफ्नै जग्गामा भब्य रुपमा मनाएको छ । अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको सो समारोहमा प्रमुख अतिथि गिल्फोर्डका मेयर साली बार्कर एमबीई हुनुहुन्थ्यो । कार्यक्रमको शुरुमा नाक्छुङ किताबशेर राई र पुर्खा रत्न राईले पूजाथानमा विधिवत पूजा गरेका थिए । त्यसपछि मञ्चमा औपचारिक कार्यक्रम अघि बढेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन महासचिव चन्द्रावती राई र उपमहासचिव प्रमिला लाबुङ राईले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राईले स्वास्थ्य र सुरक्षाका बारेमा जानकारी गराएका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमनचन्द्र राईले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गिल्फोर्डका मेयर साली बार्कर एमबीई, रसमोर बोरो काउन्सिलका मेयरिस मेडम मारा माकुनुरा, फोक्सटन टावरका मेडम अबेना अकुफो र एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर द्धारा संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो।
कार्यक्रममा अन्य अतितिहिहरु सस्थाका प्रमुख सल्लाहकार पदम बहदुर राई एमबिई,, पूर्व अध्यक्षद्धय रामधन राई, भिम राई, किरात याक्थुङ्ग चुम्लुङ्ग युकेका अध्यक्ष नरबिर आङ्बो, महासचिव जुरेन्द्र खजुम, तमु पेल्हु संघ युकेका अध्यक्ष क्याप्टेन रिटायर्ड डेम बहादुर गुरुङ, मगर संघ युकेका अध्यक्ष सिता पुनमगर, धरान सेवा समाजका अध्यक्ष किरण सुब्बा, बिबिसी १०० प्रभावसाली महिला २०२२ कि सपना रोकामगर, सगरमाथा आरोही हरि बुढामगर,केन्ट नेपाली समाजका अध्यक्ष क्याप्टेन राम बहादुर पुनमगर, बिएफबिएस गोर्खा रेडियोका मेनेजिङ्ग डाइरेक्टर योगराज राई, विनेपालीका सम्पादक नरेश खपांगीमगर, फोनिज युकेका अध्यक्ष बम थापा सूर्यवंशीमगर, फोनिज युकेका पूर्व अध्यक्ष गोमा रानामगर, नेपाली समाचारका सम्पादक बिश्वासदिप तिगेला, एवेरेस्ट टाइम्सका मेनेजिङ्ग डाइरेक्टर नगेन्द्र नेम्बाङ्ग शितलपाटी डटकमका सम्पादक बाचस्पति रेग्मी, लण्डन नेपाल न्यूजका शिब भण्डारी, पूर्वकाउन्सिलरहरु चित्र बहादुर राना, नेम थापा, जीव बेल्वासेको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि मेयर साली बार्कर र गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा राई जातभित्र रहेका विभिन्न भाषिक साकेला नाच प्रदशन गरिएको थियो। साकेला कार्यक्रममा उपस्थित राई समुदाय र अन्य अतिथिहरु सबैले साकेला नाच नाचेर मनोरंजन लिएका थिए।









तपाइँको प्रतिक्रिया