• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा मेजर योगेश राई चयन

  •   ४ असार २०८१, सोमबार १२:३० 
  • फोटो:: मिलन तमु
    लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतको अध्यक्षमा मेजर रिटायर्ड योगेश राई निर्वाचित भएका छन् । आइतबार तमुधिँ युकेको भवन मिचेटमा भएको पाँचौँ महाधिवेसनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिमला राई, महासचिवमा फाराम दुरा, सचिवमा ईन्द्र दुरा चयन भएका छन् भने सदस्यहरूमा जीत मेन्याङ्बो र विजय लिङथेप चुनिएका छन् । कार्यसमितिको बाँकी पदाधिकारी र सदस्यहरू कार्यसमितिले नियुक्त गर्नेछ ।

    नेपाली राजदुताबास बेलायतका उपनियोग प्रमुख श्रीमती रोशन खनालले उदघाटन गर्नुभएको सो महाधिवेसनको उद्घाटन सत्र अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता र महासचिव बिमला सेनेको संचालनमा भएको थियो । वरिष्ठ उपाध्यक्ष श्रीमती लीला सेलिङ माबोले स्वागत मन्तब्य दिएकी थिइन् ।सो अवसरमा नेफिन युकेको प्रकाशन नेफिनको डेढदशक पनि विमोचन गरिएको थियो । जसमा महासंघमा आवद्ध १४ जातिको चिनारीका साथै नेफिन युकेको गतिविधि समाविष्ट छ ।

    उद्घाटन सत्रमा विशेष अतिथि नेफिन नेपालका पूर्व सचिव भक्तबहादुर दुरा, संस्थापक अध्यक्ष थर्कबहादुर राना, पूर्व अध्यक्ष जंग सुनुवार, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष नेत्रकला लिम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष बम थापा सूर्यवंशी लगायतले शुभकामना मन्तब्य दिएका थिए । बन्दसत्रमा महासचिव बिमला सेनेले साँगठानिक प्रतिवेदन र कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्ष कर्मापहाडी शेर्पाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

    नयाँ कार्यसमिति चयन गर्नका लागि एकेन्द्र गुरुङको संयोजकत्वमा दुत पुन सदस्यसचिव तथा विश्वासदीप तिगेला, सिरी लिम्बू र जंग सुनुवार रहेको निर्वाचन समिति बनाइएको थियो । महाधिवेसनले विश्व आदिवासी दिवस मनाउने, आदिवासी पुरुष र महिला वर्षव्यक्ति चयन गर्ने, नेपाली मेलामा उत्कृष्ट जातिय झाँकी प्रदर्शन गर्ने जातिय संस्थालाई जनजाति शिल्ड दिने पनि निर्णय गरेको छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य