उपमेयर भीम सारुमगर तथा उप उपमेयरेस शर्मिला सारुमगरलाई बेलायतवासी पाल्पालीहरुले गरे भब्य सम्मान
लण्डन । ६ जुलाई २०२४ शनिवारको दिनमा लण्डनको फेल्थाम स्थित बोरोनेल्सको हलमा पाल्पा जिल्ला समाज युके (पाल्पाली भनज्याङ्ग) ले विविध कार्यक्रमकासाथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतावासवाट डिपुटी चिफ अफ मिसन/काउन्सिलर श्री रोशन खनाल, तनहुँ समाज युकेका अध्यक्ष केशर राना, गुल्मी जिल्ला समाज युकेका अध्यक्ष रुद्र थापामगर, ले कर्नल याम राना, ले कर्नल टोल खाम्चा विशेष उपस्थितिमा मनाइएको उक्त कार्यक्रममा बेलायत भरि छरिएर रहेका पाल्पालीहरुको बाक्लो सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष गोपाल थापा र कार्यक्रमका मुख्य अतिथि श्री रोशन खनालले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । समाजको महासचिव दल थापाले संचालन गरेको कार्यक्रममा समाजका पेत्रोन वम थापा सूर्यवंशीमगरले उपस्थित सम्पूर्ण पाहुना र बेलायत भरि छरिएर रहेका पाल्पालीहरुलाई स्वागत गरेका थिए भने प्रवेशद्वारमा कोषाध्यक्ष पदम पचाभैया र आर्थिक विभाग टिमले कार्यक्रममा पाल्नु हुने महानुभावजनहरुलाई हार्दिक स्वागतको साथ नामावली लिखित रुपमा दर्ता गरेका थिए ।
सोहि अवसरम पाल्पा जिल्ला समाज युकेका सल्लाहकार एवं ननिटन एण्ड वेडवर्थ काउन्सिलका उपमेयर भीम सारुमगर तथा उप उपमेयरेस सर्मिलालाई बेलायतवासी पाल्पालीहरुले भब्य सम्मान गरेको हो । मेयर र उपमेयरको कार्यकाल एक वर्षको हुने गरेको छ । हालको उपमेयर अर्को साल स्वत मेयर हुने प्रावधान रहेको छ ।
कार्यक्रममा रेफल ड्रोको बिशेष आकर्षण रहेको थियो। सस्थाका उपाधक्ष्य लक्ष्मी आलेको पहलमा रेफलको लागि पुरुस्कार राखिएको थियो। एक देखि चार सम्म सुन र सुनका गहनाको पुरुस्कार राखिएको थियो भने अन्य १४ वटा पुरुस्कारहरु पाल्पालीहरुवाट स्पोन्सर गरिएको थियो । जस्मा पहिलो पुरस्कार सस्थाका पेत्रोन रिखिराम रानाको पहलमा द प्यालेसवाट आधा तोला सुन, दोस्रो पुरस्कार अनुग्रह जेवेलर्सवाट सुनको गहना, तेस्रोमा समाजका पेत्रोन वम थापा सूर्यवंशीमगरको पहलमा “थापा एण्ड कम्पनि लण्डन लिमिटेडवाट” सुनको गहना चौथोमा नबिन एण्ड नबिन जेवेलर्सवाट सुनको गहना र अन्य पाल्पालीहरुवाट १४ आकर्षण पुरस्कारहरु राखिएको थियो।
यो वर्षको पाल्पालीहरुको भेलामा एउटा एतिहासिक क्षण रहेको थियो किनकी नेपाल पाल्पा जिल्लावाट युकेमा आएका पाल्पाली चेलीहरुको यो भेलामा बिशेष उपस्थिति रहेको थियो । सास्कृतिक सचिव बिष्णु सूर्यवंशीमगरको सास्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए । तिन जना पाल्पाली चेलीहरु दिलमाया राना, सुजाता थापा सूर्यवंशीमगर, सुनिता सूर्यवंशीमगर हरुको विभिन्न नाचबाट सुरु गरिएको सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका नेपालका राष्ट्रिय कलाकारहरू चर्चित लोक दोहारी गायक वसन्त लम्साल गायिका जमुना राना गायिका सपना गाहामगरले आफ्ना बेजोड प्रस्तुति दिएका थिए ।
समाजको अध्यक्ष गोपाल थापाले कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भब्यरुपमा सफल बनाउनमा प्रत्यक्ष रुपमा सहभागी भई अहम् भूमिका निर्वाह गर्नुहुने कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु कार्यसमितिका सदस्यहरु कार्यसमितिका सल्लाहकारसहित कम्युनिटीको सबै मेम्बरहरु, रेफल को लागि पुरुस्कार दिनु हुने सम्पूर्ण महानुभावहरु, बेजोड प्रस्तुति दिनु हुने सम्पूर्ण कलाकारहरु, मिठो खानको व्यवस्थापन गर्नु हुने द प्यालेश रेस्टुरेन्ट सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यो साल कार्यक्रमको समापन भएको घोषणा गरेका थिए ।












तपाइँको प्रतिक्रिया