• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नेपाल पत्रकार महासंघ यूकेको अध्यक्षमा बिमला सेने निर्वाचित

  •   ३२ असार २०८१, सोमबार २१:१६ 
  • लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको अध्यक्षमा बिमला सेने निर्वाचित भएकी छन्।

    आइतबार लन्डनको फार्नबोरोस्थित गोर्खा वेल्फेयर सोसाईटीको भवनमा सम्पन्न शाखाको छैटौ अधिवेशनले सेनेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

    नेपाल पत्रकार महासंघ यूकेको छैटौं महाधिवेशनका लागि अध्यक्ष पदमा श्याम लुँइटेल, दिनेश परियार र विमला सेनेले उम्मेदवारी दिएका थिए। निर्वाचन प्रक्रियाबाट सम्पन्न अधिवेशनमा बिमला सेनले २३ मत प्राप्त गरेर एफएनजे यूकेको पहिलो महिला अध्यक्ष बनेकी हुन्। नवनिर्वाचत अध्यक्ष सेने यसअघिको कार्यसमितिमा केन्द्रीय प्रतिनिधिको रुपमा रहेका थिए। उनी लण्डनबाट प्रसारण हुने गोर्खा च्यानलका संस्थापक सम्पादक तथा प्रस्तोता पनि हुन्।

    नयाँ कार्यसमितिको अन्य पदहरुमाः वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्षद्वयमा प्रमिला लाबुङ राई र शिव भण्डारी, महासचिवमा खेमराज रानाभाट, सचिवद्वयमा मंजु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङ्नाम निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमाः अमित थेबे, बमबहादुर थापा, नगेन्द्रराज नेम्वाङ, वाचस्पति रेग्मी, गोमा राना, मिलनध्वज गुरुङ (मिलन तमु) मनोनित गरिनेछन्।

    निर्वाचन मण्डलका संयोजक संस्थाका निबर्तमान अध्यक्ष नरेश खपांगी मगर थिए भने निर्वाचनका अन्य सदस्यहरुमा प्रजय शुक्ला र पूर्ण गुरुङ थिए।

    निर्वाचनको परिवेक्षकमा बरिष्ठ समाजसेवी एकिन्द्र गुरुङ, शिब कल्चरका अध्यक्ष बिक्रम भट्टराई र ग्रेटर रसमर कम्युटिका अध्यक्ष मान गुरुङ रहेका थिए।

    अधिवेशनको पहिलो चरणको कार्यक्रम संस्थाका अध्यक्ष ध्रुबराज अर्यालले अध्यक्षता गरेका थिए । महिला उपाध्यक्ष प्रमिला राईले स्वागत मन्तब्य मन्तब्य दिएका थिए। कार्यक्रम महासचिब नरेन्द्र बस्नेत र सचिब मंजु भण्डारीले संयुक्त रुपमा संचालन गरेका थिए।

    अधिवेशनमा महासचिब नरेन्द्र बस्नेतले प्रस्तुत गरेको संस्थाको प्रतिवेदन र कोषाध्यक्ष एसके गुरुङले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सर्बसम्मतबाट पारित भएको थियो ।

    कार्यक्रमको अन्त्यमा निबर्तमान अध्यक्ष ध्रुबराज अर्यालले निर्वाचन मण्डल, परिवेक्षक, नवनिर्वाचित अध्यक्षलगायत कार्यसमिति र उपस्थित सम्पूर्ण पत्रकार हरुलाई धन्यवाद दिएका थिए भने नवनिर्वाचित अध्यक्ष बिमला सेनले पनि उपस्थित सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद दिए।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य