• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

फोक्सटन नेपाली कमिटिले माननीय टोनी भोनलाई गरे सम्मान

  •   ४ भाद्र २०८१, मंगलवार २०:३२ 
  • क्याप्टेन (सेवानिवृत्त) रामबहादुर पुनमगर

    ०८ अगस्त, फोक्सटन नेपाली कमिटिले माननीय टोनी भोन , फोकस्टोन र हाइथका लागि सांसदलाई आमन्त्रित गरी सम्मान गरेको छ । फोकस्टोन र हाइथेको सांसदमा निर्वाचित भएकोमा बधाई दिन, सम्मान गर्न, फोक्सटन नेपाली समुदायमा परिचय गराउन र उनलाई नयाँ सांसदको रूपमा स्वागत गर्न यो कार्यक्रमको आयोजना गरेको थियो ।

    माननीय टोनी भोन आफ्नो चीफ अफ स्टेट श्री टिम मोर्गनको साथमा अपरान्ह १२ बजे फोकस्टोन नेपाली कमिटि केन्द्रमा आइपुगे । त्यहाँ पुग्दा उनलाई समुदायका अध्यक्ष क्याप्टेन (सेवानिवृत्त) रामबहादुर पुनमगरले खादासहित कमिटिमा स्वागत गरेका थिए । सस्थाका अध्यक्षले पावरपोइन्ट प्रस्तुतीकरण मार्फत फोक्सटन नेपाली समुदायको वारेमा संक्षिप्त जानकारी गराएका थिए । फोक्सटन नेपाली समुदायका सदस्यहरुसंगको परिचय पश्चात केन्द्रमा हुने दैनिक कल्याणकारी गतिविधिहरूअवलोकन गरेका थिए ।

    त्यस पश्चात सांसद टोनी भोनले फोक्सटन नेपाली समाजलाई सम्बोधन गरे। फोकस्टोन नेपाली समुदायले आफ्नो समाजको लागि गरिरहेको कामबाट उहाँ निकै प्रभावित भएको बताएका थिए । फोक्सटन नेपाली समाजले आमन्त्रित गरेकोमा धन्यवाद सहित हार्दिक आभार प्रकट गर्दै नेपाली समाजलाई सहयोग गर्न तत्पर रहेको बताए। उनले सम्भव भएसम्म फोकस्टोन नेपाली कमिटिसंग छलफल गरि बिशेष सहयोग गर्न आफू निकै इच्छुक रहेको बताए ।

    सस्थाका महासचिव डा महा राईले संचालन गरेको कार्यकर्ममा फोक्सटन नेपाली समुदायका सदस्यहरू, ज्येष्ठ नागरिकहरू, राष्ट्रिय लोटरी सामुदायिक कोष, आर बि एल आई, साफा, केन्ट प्रहरी, परोपकारी संस्था र सार्वजनिक सेवाहरूका विभिन्न स्थानीय परिषद्का प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    यो कार्यक्रम बिशेष रहेको थियो किनकी सांसद टोनी भोन र कमिटिका अध्यक्ष क्याप्टेन (सेवानिवृत्त) रामबहादुर पुनमगरले £२३३,६३६.०० पाउण्ड (दुइ लाख तेतिस हजार छ सय छत्तीस पाउन्ड) २०२४ अनुदानको सम्मानमा संयुक्त रूपमा केन्द्रको पर्खालमा झुण्डिएको राष्ट्रिय लोटरी चिन्हको औपचारिक अनावरणका गरिएको थियो। कार्यक्रममा आएका सांसद टोनी भोनद्वारा समुदायका सदस्यहरूलाई बिदाइ र शैक्षिक उपलब्धि प्रमाणपत्रहरू र फोकस्टोनका भूतपूर्व टाउन मेयर काउन्सिलर जेकी मेडीलाई मायाको चिन्होको टोकन प्रदान गरियो । फोकस्टोन टाउन मेयरको रूपमा आफ्नो कार्यकालको अवधिमा फोकस्टोन टाउन र नेपाल (मेची नगर, पूर्वी नेपाल) बीच सम्बन्ध स्थापना गर्न सहयोग गरेकोमा समाजका अध्यक्षद्वारा फोकस्टोनका पूर्व नगर मेयर काउन्सिलर ज्याकी मेडलाई मायाको चिन्हो प्रदान गरिएको हो ।

    सांसदको सम्मानमा आयोजना गरिएको कार्यक्रममा फोक्सटन नेपाली कमिटिका अध्यक्ष क्याप्टेन (सेवानिवृत्त) रामबहादुर पुनमगरले आमन्त्रित अतिथिहरू उपस्थित सम्पूर्ण महानुभावहरुलाई यस विशेष भ्रमणका लागि आफ्नो बहुमूल्य समय निकालेर उपस्थित भई भ्रमण अत्यन्तै सफल बनाउन सहयोग गरेकोमा बिशेष धन्यवाद दिदै कार्यक्रम अपरान्ह ३ बजे समापन भएको घोषणा गरेका थिए।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय

    मगर संघ युकेको १८औँ नेपाली ओपन कन्सर्ट २०२६ भव्य रूपमा सम्पन्न बम थापा सूर्यवंशी लन्डन, शनिबार, २५ जुलाई २०२६। प्रवासमा रहेका नेपाली...


    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट

    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय

    • नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    • पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    • १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • २५ जुलाईमा इलाम समाज बेलायतको वार्षिक भेटघाट, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने

    संबन्धित समाचारहरु

    मन्त्र ब्यान्डको प्रस्तुतिले बेलायत संगीतमय
    जुलाई २५ मा एल्डरशटमा १८औँ नेपाली ओपन कन्सर्ट
    नेपालमा दोहोरो नागरिकता: अब बहस होइन, राष्ट्रिय निर्णयको समय
    नक्कली इमेल र लोगो प्रयोग गरी आर्थिक संकलन गरिएकोप्रति एफएनजे यूकेको ध्यानाकर्षण
    पार्टीको सट्टा डर्डल डोरमा हेज सेरोफेरो समाज यूकेको वार्षिक भेटघाट
    १५औँ वर्षमा एफएनजे यूके, स्थापना दिवसमा विशिष्ट व्यक्तित्वहरू सम्मानित
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य