• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

भव्यताका साथ सम्पन्न भयो बेलायतमा १५ औं नेपाली मेला

  •   १२ भाद्र २०८१, बुधबार २०:३१ 
  • लन्डन । तमुधिं युकेको आयोजनामा बेलायतमा आइतबार २५ अगस्टमा ‘नेपाली मेला-२०२४’ भव्य रुपमा सम्पन्न भएको छ ।
    तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षता र नेपाली दूतावास लन्डनकी कार्यवहाक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा एम्बास्डर कप, एनआरएन कप, विभिन्न सांस्कृतिक झाँकी प्रतिस्पर्धा, सांगीतिक प्रस्तुतिलगायत कार्यक्रम गरी नेपाली मेलाको १५ औं संस्करण सम्पन्न गरिएको हो ।

    कार्यक्रम अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनबहादुर गुरुङ र कार्यक्रम संयोजक तथा उपाध्यक्ष परशु गुरुङले दीप प्रज्वलन गरेर आरम्भ गर्नुभएको थियो ।आयोजक तमु धीं युकेका अध्यक्ष हरि गुरुङ, वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, १५ औं नेपाली मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले यस वर्षको नेपाली मेला सफल भएको बताउनुभयो ।मेलाको अवसरमा भएको एम्बास्डर कपमा विजेता पासा पुच गुठी, उपविजेता किरात याक्थुङ चुम्लुङ युके र तेस्रो स्थान किरात राई यायोक्खा युकेले ओगट्न सफल भयो । एम्बाडर कप प्रथम स्थान हासिल गरेको पासा पुच गुठीले ११०० पाउन्ड, दोस्रो कियाचुले ७०० पाउन्ड, तेस्रो किरायाले ५०० पाउन्ड, नगद तथा प्रमाणपत्रलगायत पुरस्कार पाएका छन् । सान्त्वना पुरस्कार भने शेर्पा समाज यूकेले जितेको छ ।
    ती संस्थाहरुलाई प्रमुख अतिथि कार्यवहाक राजदूत रोशन खनाल, संस्थाका अध्यक्ष हरि गुरुङ, प्रायोजकहरुले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । यस्तै उत्कृष्ट झाँकी प्रस्तुत गरी पासा पुच गुठी यूकेले प्रथम स्थान हासिल गरी ५०० पाउन्ड, दोस्रो किरात याक्थुङ चुम्लुङ युकेले ३०० पाउन्ड र किरात राई यायोक्खा यूके तेस्रो स्थान ओगट्दै २०० पाउन्ड पुरस्कार प्राप्त गरेको छ ।

    त्यस्तै नेपाली मेलाको नृत्यतर्फ किरात याक्थुङ चुम्लुङ युकेले प्रथम स्थान हासिल गरी ५०० पाउन्ड पुरस्कार प्राप्त गरेको छ । दोस्रो बनेको पासा पुच गुठी यूकेले ३०० पाउन्ड पुरस्कार प्राप्त गरे भने किरात राई यायोक्खा यूकेले तेस्रो स्थान सुरक्षित गरी २०० पुरस्कार प्राप्त गर्न सफल भएको छ। एनआरएनए कप पनि पासा पुच गुठीले जित्न सफल रह्यो । यस वर्ष नेपाली मेलामा सांकृतिक झाँकीतर्फ ४०भन्दा बढी टिम र स्टेजतर्फ तथा सांस्कृतिक कार्यक्रममा डेढ दर्जन टिमले भाग लिएका थिए ।मेलाको अवसरमा तमु समाज युकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, मगर संघ युकेका संरक्षक तथा साहित्यकार घन बहादुर थापा मगर, कृष्णा थापा मगर, सगरमाथा आरोही जोर्डन क्षेत्री, विनोद चिपालुलाई तमु धीं युकेले सम्मान गरेको थियो ।

    तमुधीं युकेका सल्लाहकार साहित्यकार एकेन्द्र गुरुङको प्रमुख संयोजकत्वमा झाँकीको निर्णायक मण्डलमा मगर संघ युकेका ट्रष्टी तथा पत्रकार जमुना पुन, समाजसेवी तथा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका निवर्तमान अध्यक्ष, सुमलकुमार गुरुङ, गीतकार शशी थापा सुब्बा र वरिष्ठ संगीतकार दिनेश सुब्बा रहनुभएको थियो भने नृत्यतर्फको निर्णायक मण्डलमा कलाकार कबिता घर्तीमगर, लक्ष्मी गुरुङ र अस्मिता रानामगर रहनुभएको थियो ।नेपाली मेलामा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल, एनआरएनए आईसीसीका अध्यक्ष बद्री केसी, एनआरएन युकेका अध्यक्ष हित काजी गुरुङले मन्तव्य राख्नुभएको थियो । नेपाली मेलाको झाँकी र नृत्य प्रतियोगिता कार्यक्रम उद्‌घोषक तथा उद्‌घोषिकाहरु सूर्य गुरुङ, योगेश गुरुङ, पुनम गुरुङ र हेलिसा गुरुङले गर्नुभएको थियो ।

    नेपाली मेलामा कलाकारहरु राजन गुरुङ, शिवदास गुरुङ, नेसन पुन र आरुषी मगरले आ-आफ्नो प्रस्तुति देखाउनुभयो । नेपाली मेलाको मुख्य आकर्षणहरुमध्ये सांकृतिक झाँकी, सांकृतिक कार्यक्रम, राफल ड्र, खानपिन, च्यारिटी, आपतकालीन सेवा, खुद्रा पसल, आइसक्रिम, जनचेतनामूलक स्टलहरुलगायत विभिन्न व्यावसायिक स्टलहरु रहेका थिए । कार्यक्रममा विशेष अतिथिहरुमा गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री तथा सांसद जितप्रकाश आले, नेपालका संविधानसभाको सभासद तारा राई, एनआरएनए आईसीसीका अध्यक्ष बद्री केसी, विभिन्न देशका राजदूतलगायत कूटनीतिक नियोगका पदाधिकारीहरु उपस्थिति थियो ।

    यस्तै नेपाली राजदूवासका अन्य काउन्सिलरहरु, सैनिक सहचारी अनुप शाह, एनआरएन युकेका अध्यक्षलगायत बेलायतमा स्थापित विभिन्न संघ संगठनका अध्यक्षहरु तथा प्रतिनिधिहरु थिए । कार्यक्रम तमु धीं युकेका महासचिव डा. बिशाल गुरुङले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष तथा नेपाली मेला संयोजक परशु गुरुङले स्वागत मन्तव्य दिनुभयो । कार्यक्रममा तमु धीं युकेका संस्थापक अध्यक्ष मिनबहादुर गुरुङ, पूर्वअध्यक्षहरु सुबाससिङ गुरुङ, रामचन्द्र गुरुङ (सुर्जे), ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, आमा समूहका वर्तमान अध्यक्ष सन्ध्या गुरुङ, निवर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु संस्थाका बुद्धिजीवी तथा प्रबुद्धवर्ग, कार्यसमिति सदस्यलगायत हजारौंको उपस्थिति रहेको थियो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य