पाल्पा जिल्ला समाज युकेको वार्षिक भेटेघाट कार्यक्रम २८ जुन २०२५ मा हुने
लण्डन । नेपालको पाल्पा जिल्लावाट बेलायतमा आएर बेलायत अधिराज्य भरि छरिएर वसोवास गरेका पाल्पालीहरुको संस्था पाल्पा जिल्ला समाज युके (पाल्पाली भान्ज्यंग)को १५औं वार्षिक भेटेघाट र समर बिबिक्यु पार्टीको आयोजना गरिएको संयोजक टिमले जानकारी गराएका छन् ।
नेपाली दूतावास लण्डन वाट बेलायतकालागि नेपाली राजदुत महामहिम चन्द्र कुमार घिमिरे मुख्य अतिथिमा र अन्य अतिथिहरुको साथमा बेलायत अधिराज्य भरि छरिएर रहेका पाल्पाली हरुको बाक्लो उपस्थितिमा वार्षिक भेटघाट २८ जुन २०२५ को दिनमा फार्नवरोस्थित स्यामुएल कोडी स्पोर्ट कलेजमा आयोजना गरिएको सस्थाका महासचिव दल थापाले बताएका छन् ।
यो अवसरमा नेपाल राष्टका चर्चित लोक दोहारी गायक बाल चन्द्र बराल र चर्चित लोक दोहारी गायिका सर्मिला बिसिको बेजोड प्रस्तुति रहनेछ भने अन्य स्थानीय कलाकारहरुवाट पाल्पाली झल्काउने विभिन्न नाच गानको प्रस्तुति रहने संस्थाका संस्कृतिक सल्लाहकार बिष्णु सूर्यवंशीले जानकारी गराएका छन् ।
पाल्पा जिल्ला समाज युकेका सल्लहाकार, पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ का क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित हुनुभएकोमा पाल्पा जिल्ला समाज युकेले बिशेष सम्मान गर्ने भएको छ भने पाल्पा जिल्ला समाज युकेका आजीवन सदस्य तिल थापाका सुपुत्री नेपाली फिल्म क्षेत्रका अभिनेत्री सलिना थापा मगर र अन्यलाई सम्मान गर्ने समाजले तय गरेकोछ ।
यो वर्षको वार्षिक भेटघाट कार्यक्रम एउटा ऐतिहासिक भेला हुने भएकोले सम्पूर्ण पाल्पावासीहरुलाई उपस्थितिकोलागि पाल्पा जिल्ला समाज युकेका अध्यक्ष गोपाल थापाले अनुरोध गरेका छन्।









तपाइँको प्रतिक्रिया