• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

भुटानी नेपाली साहित्यकारहरुको त्रिदिवशीय विश्व सम्मेलन नेदरल्याण्ड हेगमा सम्पन्न ६ लाखको पुरस्कार घोषणा

  •   ८ असार २०८२, आईतवार १०:२४ 
  • हेग, भुटानी नेपाली साहित्यकारहरुको अन्तर्राष्ट्रिय संगठन ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेशन (जिविएलओ) को बृहत अन्तर्राष्ट्रिय साहित्यिक अनुष्ठान ६, निदरल्याण्डको हेगमा गत १३ देखि १५ जुन २०२५ का दिन भब्यतापूर्वक सम्पन्न भयो ।

    पहिलो दिन हेगको डेल्फ युनिभर्सिटीमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भए । कार्यपत्रहरु मध्ये स्वीकारोक्ती सिद्धान्तको बारेमा सिद्धान्तकार डेन्जोम साम्पाङले सहभागीहरु बीच बृहत चर्चा गरे, सहभागीहरुसंग अन्तरक्रिया गरे भने दोस्रो दिन आर्य समाज भवनको हलमा साहित्यिक वाचन, आधा दर्जन कार्यपत्रहरु प्रस्तुत गरे, सम्मान प्रदान, कृति विमोचन, नयाँ नेतृत्व घोषणा संगै अहिले सम्म नेपाली साहित्यको क्षेत्रमा सबैभन्दा बढि रासीको स्वीकारोक्ति सिद्धि पुरस्कार यस बर्ष बरिष्ठ साहित्यकार बैरागी काँईलालाई प्रदान गर्ने घोषणा गर्यो । काँईलालाई निकट भविश्यमा नेरु ६ लाख रुपैयाको नगद पुरस्कार प्रदान गरिने भएको छ, यस अघि आसमका नेपाली साहित्यकार स्व. लिल बहादुर क्षेत्रीलाई प्रदान गरिएको थियो ।

    तेस्रो दिन शान्ति र स्थायित्वको निमित्त स्वीकारोक्ति सिद्धान्त नाराका साथ, स्वीकारोक्तिको रंग हरियो भेष्ट लगाई डेढदर्जन स्रष्टाहरुले हेग विश्वविद्यालयको प्रांङ्गणबाट साईकल यात्रा शुरु गरि शहरको शान्ति दरबार, अन्तर्राष्ट्रिय फौजदारी अपराध अदालत, पार्लियामेन्ट लगायतका स्थानमा साईकल रयाली गरिएको थियो । विश्वका विभिन्न १६ मुलुकबाट सहभागिता रहेको सम्मेलनमा अमेरिका, युके, न्यूजिल्याण्ड, अष्टे«लिया, नर्वे, स्लोभानिया, पोल्याण्ड, बेल्जियम, निदरल्याण्ड, डेनमार्क, भुटान, नेपाल र फ्रान्स लगायतबाट सहभागिता रहेको थियो ।

    नयाँ नेतृत्व २०२५ – २०२७ को निमित्त नयाँ नेतृत्व पनि चयन भए जस अनुसार अध्यक्ष पातले अन्तरे (अमेरिका), वरिष्ठ उपाध्यक्ष गोपाल पौडेल (न्यूजिल्याण्ड), महासचिव सुसन माझी (ओहायो), सचिव लक्की रासी (केन्टकी), कोषाध्यक्ष शेखर कोईराला (पेन्सिलभेनिया), सहकोषाध्यक्ष अबि न्यौपाने (ओहायो), कार्यक्रम प्रबन्धक र निर्देशक ईश्वर ढकाल (ओहायो), साँस्कृतिक संयोजक सरगम थपलिया (पेन्सिलभेनिया), प्रचार प्रसार प्रमुख भिम गुरूंग (नेब्रास्का), सदस्यहरू क्रमशः खडग गजमेर (नेब्रास्का), देवी राई (आईहोवा), यादु अधिकारी (ओहायो), र छत्र दंगाल (अष्ट्रेलिया) रहेका छन । वोर्ड अप ट्रष्टीमा डेन्जोम साम्पांग (पेन्सिलभेनिया), जय वान्तावा (जर्जिया), कर्ण गुरूंग (नेब्रास्का), प्रदिप गुरूंग (पेन्सिलभेनिया), आभाष रिखाम (पेन्सिलभेनिया), ममता मोक्तान (पेन्सिलभेनिया) रहेका छन ।

    सहभागीहरु सबैलाई सविना श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमका मुख्य अतिथि बेनालुक्सको निमित्त नेपाली राजदुत महामहिम सेवा लम्साल र विशिष्ट अतिथिमा गैर आवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राट्रिय समन्वय परिषदको उपाध्यक्षमा भर्खर नवनिर्वाचित विश्वास दीप तिगेला रहेका थिए । कार्यक्रमा डा. नारद पोखरेलले स्वीकारोक्ती सिद्धान्तको बारेमा सैद्धान्तिक चर्चा गर्नुभयो । कवि प्रकाश आंगदेम्बे, डिल्लीराज अम्माई, सूर्यराज गिरी, कवि दिपा राई पुन, पंचम अधिकारी, हरि पौडेल, भुटनीज मानव अधिकारकर्मी राम कार्की, एनआरएनए निदरल्याण्डको पूर्व अध्यक्ष शशि पौडेल, बर्तमान अध्यक्ष थानेश्वर कडेल लगायतले आफ्नो सिर्जना वाचन तथा मन्तब्य दिएका थिए । बीचबीचमा स्थानीय कलाकारहरुबाट नृत्य तथा गीत संगीत प्रस्तुतीले रोचकता थपेको थियो । वीरमान श्रेष्ठ, सबु पौडेल र रस्मिता पराजुलीले शान्ति योगा गराएका थिए भने एनआरएनएका उपाध्यक्ष विश्वास दीप तिगेलाले एक कार्यपत्र प्रस्तुत गर्दे नेपाली भाषाको नामै खस–जुम्ली भाषा भनिनुपर्ने र नेपाल भित्र बोलिने सबै भाषाको साहित्यलाई नेपालिय साहित्य भनिनुपर्ने प्रस्ताव राखे । उनले प्राप्त तथ्याङ्गलाई प्राज्ञिक हिसाबले छलफलको लागि प्रस्तुत गरेका थिए । समाज भाषा वैज्ञानिक सर्वेक्षण २०१६ को अध्ययनको फिल्ड प्रतिवेदन अनुसार जुम्ली नेपाली भाषी मध्ये ७५ प्रतिशतले अरुसँग कुरा गर्दा प्रायः ‘नेपाली भाषा’ को माध्यम प्रयोग गर्ने गर्दछन ।’ त्यसैले खसजुम्ली भन्न सकिने तर्क राखे । सिंजा उपत्यकामा विकास भएको खस भाषा विभिन्न प्रशाखा मध्ये एक जुम्ली हो । प्राचीन खस भाषा स्वयं चाहि लोपउन्मुख अवस्थामा छ ।

    कार्यक्रमको अन्तमा समारोहका सभापति कर्ण गुरुङले मायाको चिनो दिनुहुदै सहभागी सबैलाई धन्यवाद दिएका थिए । निदरल्याण्डमै रहेर हेग र डेल्फ विश्वविद्यालयमा अध्यापन गराउने डि. पी. शर्मा मैनालीले यस छैठौ संस्करणको सम्मेलनको संयोजनकारी भूमिका निर्वाह गरेका थिए । कार्यक्रमलाई महासचिव पातलो अन्तरेले संचालन गरेका थिए । भुटानी पूर्नवासितहरु विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका छन ति मध्ये निदरल्याण्डमा करिब ५ सय भुटानी परिवार रहेका छन । त्रिदिवसिय कार्यक्रम पश्चात करिब एक दर्जन भुटानी नेपाली साहित्यकारहरु बेल्जियम, लग्जमवर्ग, जर्मनी, स्वीजरल्याण्ड, फ्रान्स र युकेको भ्रमणमा निस्किएका छन । भुटानमा नेपाली भाषा साहित्यको अधिकारको लागि आवाज उठाउदा शरणार्थी हुनुपुगेका भुटानी नेपालीहरुको यो अभियान र योगदान अनुकरणीय छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य