• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

२ गोर्खा राइफल्स एशोसिएसन–युके (सिर्मोर साथीहरू) द्वारा १६८औं देल्ही डे दिवस १४ सेप्टेम्बर २०२५ भव्य रूपमा सम्पन्न

  •   ३० भाद्र २०८२, सोमबार ११:२५ 
  • लण्डन, १५ सेप्टेम्बर २०२५ – २ गोर्खा राइफल्स एशोसिएसन–UK (सिर्मोर साथीहरू) द्वारा १६८औं देल्ही डे दिवस आइतबार, १४ सेप्टेम्बर २०२५ का दिन अल्डरसटस्थित प्रतिष्ठित एम्पायर हलमा अत्यन्तै भव्य र ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ।

    कार्यक्रमको अध्यक्षता एशोसिएसनका अध्यक्ष क्याप्टेन राजु गुरुङले गर्नुभएको थियो। सिर्मोर रेजिमेन्टसँग आबद्ध भूतपूर्व गोर्खा सैनिक, हाल कार्यरत अफिसरहरू, परिवारजन तथा मित्रहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    इतिहासको स्मरण र वीर सपूतलाई श्रद्धाञ्जली
    कार्यक्रमको मुख्य उद्देश्य सिर्मोर रेजिमेन्टको गौरवमयी इतिहासको स्मरण, वीर सपूतहरूलाई श्रद्धाञ्जली, नेपाली सांस्कृतिक प्रस्तुतिहरूको माध्यमबाट नेपालीपनको प्रदर्शन, तथा भाइचाराको पुनर्मिलन थियो।

    समारोहका प्रमुख अतिथि थिए Lt General Sir Peter Duffell KCB CBE MC, जसले सन् १९९४ देखि १९९९ सम्म पहिलो RGR गोर्खा रेजिमेन्टका रेजिमेन्टल कर्नलको नेतृत्व गर्नुभएको थियो।

    अन्य विशिष्ट अतिथिहरूमा:
    1) Brig Ian Rigden OBE – अध्यक्ष, सिर्मोर राइफल्स UK
    2) Colonel William Shuttlewood OBE
    3) Lt Col J Jeffcoat – CO 1RGR
    4) Major Babindra Gurung – GM 1RGR
    5) Major Lalbdr Gurung MBE – EX GM
    6) WO1 Herman Rana Magar -RSM 1RGR
    7) Capt Sorjit Gauchan -1RGR QT Comd – लगायतका विशिष्ट सैनिक पदाधिकारीहरू

    कार्यक्रमका मुख्य अंशहरू:
    बिहान ११:३० बजे समितिका सदस्यहरूको उपस्थिति र स्वागत समारोहबाट औपचारिक सुरुआत
    क्याप्टेन कृष्णा गुरुङ, ले. मुक्ति गुरुङ, ले. कुषाङ गुरुङ, सार्जन्ट कृष्णा गुरुङ र कर्पोरल राम बहादुर गलामी द्वारा स्वागत गरिएको थियो ।
    स्वास्थ्य र प्रशासन सम्बन्धी जानकारी ले. मुक्ति जंग गुरुङ (USO) द्वारा प्रस्तुत

    QT (Queen’s Truncheon) को आगमन अध्यक्ष क्याप्टेन राजु गुरुङको नेतृत्वमा
    ब्रिटिश र नेपाली राष्ट्रिय गान बजाइयो, सलामी अर्पण र राष्ट्रको सम्मानमा मौनधारण
    युद्ध स्मृति र रेजिमेन्टको इतिहासबारे Brig Uan Rigden OBE, Capt Raju Gurung, Majir ND Wylie Carrick NBE, Capt Krishna Gurung and Capt Umesh Pun MVO द्वारा सम्बोधन
    सन् १८५७ सेप्टेम्बर १४ मा वीरगती प्राप्त सैनिकहरूलाई श्रद्धाञ्जली र निशानी माई (Queen’s Truncheon) मा पुष्पमाला अर्पण गरेका थिए।

    सांस्कृतिक कार्यक्रम: नेपालीपनको गौरवपूर्ण प्रदर्शन.
    सांस्कृतिक कार्यक्रमको नेतृत्व कर्पोल टंक शेरचन र श्रीमती छबी पुनले गर्नुभएको थियो।
    कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी गायक/गायिका अनुपा मगर र युवराज मगरले विशेष प्रस्तुति दिएका थिए, जसले समारोहलाई थप उल्लासपूर्ण बनाएको थियो।

    आन्तामा धन्यवाद ज्ञापन र आगामी वर्षको तयारी
    कार्यक्रमको समापनमा अध्यक्ष क्याप्टेन राजु गुरुङले सबै सहभागी, अतिथि र संयोजकलाई धन्यवाद ज्ञापन गर्दै, कलाकारहरू र स्वयंसेवकहरूलाई सम्मान–पत्र प्रदान गर्नुभयो।

    उहाँले १६९औं दिल्ली दिवस समारोह २०२६ को लागि मिति र स्थान पनि घोषणा गर्नुभयो:
    आइतबार, १३ सेप्टेम्बर २०२६
    एम्पायर हल, अल्डरसटमा निसानी माई (QT) संग हुने जनाकारी दिनु भयो र कार्यक्रम १७:३० बजे समापन गर्नु भयो ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य