• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम

  •   २९ मंसिर २०८२, आईतवार १७:१४ 
  • लन्डन । बेलायतमा प्रपर्टी भाडा व्यवसाय गर्दै आएका घरधनीहरूका लागि आगामी वर्षहरू चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ। २०२६ देखि लागू हुन गइरहेका नयाँ कानुनी प्रावधानबारे समयमै जानकारी नलिए घरधनीले ठूलो आर्थिक जरिवाना मात्र होइन, कानुनी कारबाहीसमेत भोग्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन्।

    ए स्टार फाइनान्सियल सर्भिसेजले आयोजना गरेको ‘युकेमा प्रपर्टी तथा घर भाडासम्बन्धी वेबिनार’ मा प्रपर्टी, कर तथा मोर्गेज क्षेत्रका विज्ञहरूले बदलिँदो कानुनी संरचनाबारे विस्तृत चर्चा गरेका थिए।

    कार्यक्रममा नर्थउड एस्टेट एजेन्ट्सका निर्देशक कोलिन सिम्प्सनले हालको अवस्थामा घरधनीका लागि सबैभन्दा ठूलो चुनौती कम्प्लायन्स बनेको बताए। उनका अनुसार प्रपर्टीसम्बन्धी नियमहरू तीव्र रूपमा परिवर्तन भइरहेकाले घरधनीले भाडामा बस्ने व्यक्तिको विस्तृत जाँच (ड्यू डिलिजेन्स) देखि सम्पत्तिको नियमित प्राविधिक समीक्षा (एमओटी–स्टाइल चेक) सम्म अनिवार्य रूपमा गर्नुपर्ने अवस्था आएको छ।

    नर्थउड एस्टेट एजेन्ट्सकी अपरेसन म्यानेजर पेसेन्सले आगामी १ मे २०२६ देखि लागू हुने रेन्टर्स राइट्स एक्ट ले बेलायतको भाडा प्रणालीलाई पूर्ण रूपमा नयाँ दिशामा लैजाने बताइन्। उनका अनुसार नयाँ ऐन लागू भएसँगै दफा २१ (नो–फल्ट एभिक्शन) पूर्ण रूपमा खारेज हुनेछ। अब घरधनीले आफ्नै घर फिर्ता लिन समेत स्पष्ट र वैध कानुनी कारण देखाउनुपर्नेछ। भाडा नतिरेको अवस्थामा पनि कम्तीमा तीन महिनाको नोटिस दिनुपर्ने, साथै नयाँ ढाँचाको टेनेन्सी सम्झौता अनिवार्य हुने उनले जानकारी दिइन्।

    त्यसैगरी २७ डिसेम्बर २०२५ देखि स्थानीय काउन्सिलहरूले घरधनीलाई पूर्वसूचना नदिई निरीक्षण गर्न सक्ने अधिकार पाउनेछन्। नयाँ नियम उल्लङ्घन भएमा ३० हजारदेखि ४० हजार पाउण्डसम्म जरिवाना वा कारावासको सजाय हुन सक्ने चेतावनी दिइएको छ करसम्बन्धी सत्रमा जीएनएस एसोसियट्सका प्रबन्ध निर्देशक तथा कर विशेषज्ञ एल.एन. घिमिरेले बेलायती सरकारले अघि सारेको ‘मेकिङ ट्याक्स डिजिटल’ प्रणालीबारे प्रस्ट पारे। उनका अनुसार अब सेल्फ–इम्प्लोयड तथा अधिकांश घरधनीले पहिलेझैँ वर्षमा एकपटक मात्र कर विवरण बुझाएर पुग्ने छैन। नयाँ नियमअनुसार वर्षमा पाँच पटक डिजिटल रूपमा कर विवरण अद्यावधिक गर्नुपर्नेछ। उनले यस परिवर्तनलाई हल्का रूपमा नलिन आग्रह गरे।

    वेबिनारको सहजीकरण गर्दै ए स्टार मोर्गेजेजका मोर्गेज तथा प्रोटेक्सन एडभाइजर रमेश सरांगकोटीले Bank of England ले वर्षमा आठ पटक ब्याजदर समीक्षा गर्ने गरेको र यस वर्षको अन्तिम समीक्षा १८ डिसेम्बर मा हुने जानकारी दिए।
    उनले नियम कडा बन्दै गएकाले घरधनी र लगानीकर्ताले अझ जिम्मेवार र व्यवस्थित रूपमा अगाडि बढ्नुपर्ने बताए।

    सरांगकोटीले Lloyds Banking Group ले भाडा क्षेत्रमा ठूलो मात्रामा लगानी गरिरहेको उदाहरण दिँदै यो क्षेत्र अझै सम्भावनायुक्त रहेको उल्लेख गरे। लोयड्जले सन् २०३० सम्म ५० हजार भाडाका घर खरिद गर्ने योजना बनाएको र हाल करिब ७ हजार घर स्वामित्वमा रहेको जानकारी उनले दिए।

    उनका अनुसार युकेमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रपर्टी क्षेत्रमा अझै राम्रो अवसर छ, तर लगानी अघि विश्वसनीय र आधिकारिक कम्पनी वा एडभाइजरसँग समयमै परामर्श लिनु अत्यन्त आवश्यक छ।
    घर किन्नु अघि ६ महिना वा एक वर्ष अगावै सल्लाह लिँदा आफ्नो आर्थिक अवस्था अनुसार स्पष्ट योजना बनाउन सकिने उनले बताए।

    कार्यक्रममा ए स्टार मोर्गेजेज र ए स्टार रियल एस्टेट्सले मोर्गेज, प्रोटेक्सन, घर खरिद–बिक्री, भाडा, व्यवस्थापन, मूल्यांकन तथा सम्पूर्ण कम्प्लायन्स सेवा प्रदान गरिरहेको जानकारी पनि दिइयो।
    ए स्टार मोर्गेजेजले आगामी दिनमा पनि यस्ता समसामयिक विषयमा वेबिनारहरू निरन्तर आयोजना गर्ने जनाएको छ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य