• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

  •   ४ बैशाख २०८३, शुक्रबार १९:४२ 
  • लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक” आगामी जुन ७ मा केन्टको अशफोर्डमा आयोजना गर्ने भएको छ।

    GPF का अध्यक्ष Bhimraj Tumbahangphe ले दिएको जानकारी अनुसार कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ भने ९ बजेदेखि दर्ता प्रक्रिया सुरु गरिनेछ। १२ बजे VIP अतिथिहरूद्वारा वाकको औपचारिक सुरुवात गरिनेछ।

    “गोरखा वाक हाम्रो प्रमुख च्यारिटी कार्यक्रम हो, जसको मुख्य उद्देश्य १३ जना भिक्टोरिया क्रस (VC) विजेताहरूको सम्मान गर्दै च्यारिटीका लागि रकम संकलन गर्नु हो,” अध्यक्ष तुम्बाहाङ्फेले बताउनुभयो।

    उक्त कार्यक्रममा ५ किलोमिटर र १० किलोमिटर वाक समावेश गरिनेछ। सहभागी हुन चाहनेहरूले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् भने दर्ता शुल्क १५ पाउण्ड तोकिएको छ। सहभागीहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

    कार्यक्रम केन्टको अशफोर्डस्थित Great Chart Land, Ashford (Postcode: TN23 3BB) मा आयोजना हुनेछ। वाकका क्रममा सुरक्षाका लागि ६ वटा सेफ्टी भेहिकल तथा रोड मार्शलिङको व्यवस्था गरिने आयोजकले जनाएको छ।

    वाकपछि बृहत् मनोरञ्जन कार्यक्रमसमेत आयोजना गरिनेछ, जसमा नेपालबाट राष्ट्रिय कलाकार निरा थापा मगर तथा बेलायतमा रहेका कलाकारहरूको प्रस्तुति रहनेछ। साथै बालबालिकाका लागि बाउन्सी क्यासल, गीत–संगीत तथा विभिन्न फुड र व्यापारिक स्टलहरू पनि रहनेछन्।

    यस वर्ष कार्यक्रमलाई A-Star Financial Solutions UK ले मुख्य प्रायोजकका रूपमा सहयोग गर्ने भएको छ। कम्पनीका Mortgage & Protection Adviser Ramesh Singh Sarankoti ले प्रायोजनप्रति खुशी व्यक्त गर्नुभयो।

    “यस वर्ष Gurkha Peace Foundation लाई मुख्य प्रायोजकका रूपमा सहयोग गर्न पाउँदा हामी गौरवान्वित छौं। साथै, धावकहरूको टिसर्टमा हाम्रो ब्रान्डिङ GPF को लोगो सँगै रहनेछ,” उहाँले बताउनुभयो।

    अध्यक्ष तुम्बाहाङ्फेका अनुसार GPF सन् २०११ मा स्थापना भई २०१२ मा दर्ता भएको संस्था हो, जसले नेपाल र बेलायतमा सामाजिक तथा परोपकारी कार्य गर्दै आएको छ। संस्थाले नेपालमा खानेपानी, शिक्षा, विद्यालय सहयोग, अंग्रेजी शिक्षक उपलब्ध गराउने तथा विभिन्न सामुदायिक परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

    “हामीले हालसम्म नेपालका विभिन्न जिल्लामा खानेपानी, विद्यालय, सामुदायिक भवन लगायतका परियोजनाहरू सञ्चालन गरेका छौं। साथै १६ वटा विद्यालयमा वार्षिक सहयोग तथा शिक्षक व्यवस्थापन गर्दै आएका छौं,” उहाँले बताउनुभयो।

    उक्त कार्यक्रमबाट उठेको रकम संस्थाको मुख्य कोषमा जम्मा भई आवश्यकताअनुसार नेपाल तथा बेलायतमा रहेका परियोजनाहरूमा खर्च गरिने जनाइएको छ।

    त्यस्तै, बेलायतमा गोरखा समुदायका लागि advice तथा social centre सञ्चालन गर्दै आएको GPF ले अशफोर्डमा पूर्णकालीन केन्द्र स्थापना गर्ने योजना अघि बढाएको छ।

    “अहिलेसम्म हामीले हप्तामा एक दिन सेवा दिँदै आएका छौं भने दैनिक रूपमा घरबाटै ५०–६० जनालाई सहयोग गर्दै आएका छौं। अब आफ्नै भवन निर्माण गरेर सेवा विस्तार गर्ने योजना छ,” अध्यक्ष तुम्बाहाङ्फेले जानकारी दिनुभयो।

    कार्यक्रममा सहभागी हुन चाहनेहरूले Gurkha Peace Foundation को आधिकारिक वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन्। साथै, कार्यक्रम स्थलमै पनि दर्ता गर्ने व्यवस्था गरिने आयोजकले जनाएको छ।

    अन्त्यमा अध्यक्ष तुम्बाहाङ्फेले सबैलाई कार्यक्रममा सहभागी भई सहयोग गर्न आग्रह गर्नुभएको छ।

    “हामी जात, धर्म नहेरी सबैका लागि सेवा गर्ने संस्था हौं। यस कार्यक्रममा सहभागी भई सहयोग गर्न सम्पूर्णलाई अनुरोध गर्दछु,” उहाँले भन्नुभयो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य