• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने

  •   १४ बैशाख २०८३, सोमबार २०:४५ 
  • लण्डन, २७ अप्रिल २०२६

    पाल्पा जिल्ला समाज यूके (पाल्पाली भञ्ज्याङ) ले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २७ जुन २०२६ (शनिबार) आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम Farnborough स्थित Samuel Cody School मा दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।

    यस कार्यक्रमको तयारीका लागि २५ अप्रिल २०२६ मा अध्यक्ष गोपाल थापाको अध्यक्षतामा बसेको बैठक, जसको सञ्चालन संस्थाका महासचिव दल थापा ले गर्नुभएको थियो, ले विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै तयारीलाई तीव्रता दिएको हो। समाज स्थापना भएदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष १६औँ संस्करण को रूपमा आयोजना हुन लागेको हो।

    कार्यक्रममा खानपानको व्यवस्था Aldershot स्थित The Palace Restaurant ले गर्नेछ। उक्त रेष्टुरेन्टका प्रोप्राइटर तथा समाजका संस्थापक अध्यक्ष ऋखिराम राना हुनुहुन्छ।

    मनोरञ्जनतर्फ स्थानीय कलाकारहरूसँगै नेपालबाट आउने पाल्पाली राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। उनीहरूले दोहोरी तथा लोकगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।

    कार्यक्रमका लागि बेलायतस्थित नेपाली राजदूतावासलाई निमन्त्रणा गरिएको साथै विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

    यसका साथै कार्यक्रममा राफल ड्र, सांस्कृतिक प्रस्तुति, तथा शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूको सम्मान कार्यक्रम पनि समावेश गरिएको छ। GCSE मा उत्कृष्ट नतिजा ल्याउने तथा उच्च शिक्षा पूरा गर्ने व्यक्तिहरूलाई सम्मान गरिनेछ।

    कार्यक्रममा सहभागी हुनका लागि ६ देखि १२ वर्षका लागि £१५ र १३ वर्ष माथिका लागि £२५ टिकट दर निर्धारण गरिएको छ भने ५ वर्ष मुनिका बालबालिकाका लागि प्रवेश निःशुल्क रहनेछ।

    समाजका अध्यक्ष गोपाल थापा तथा महासचिव दल थापा ले कार्यक्रम सफल बनाउन सम्पूर्ण पाल्पाली समुदायलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

    त्यसैगरी समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खुम कँवर ले कार्यक्रमलाई भव्य र सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य