• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

  •   १२ जेष्ठ २०८३, मंगलवार ०७:१४ 
  • लन्डन । बेलायतस्थित नेपाली समुदायको बहुप्रतीक्षित खेल महोत्सव Gorkha Cup यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। अल्डरसटको Queens Avenue मैदानमा आयोजित प्रतियोगितामा झण्डै २० हजार दर्शक सहभागी भएका थिए।

    खेल मात्र नभई नेपाली कला, संस्कृति, खानपिन र सामुदायिक भेटघाटको केन्द्र बनेको गोर्खा कपमा बेलायतका विभिन्न शहरबाट नेपालीहरू उत्साहका साथ सहभागी भएका थिए। मैदानभर नेपाली झण्डा, सांगीतिक माहोल र समर्थकहरूको उत्साहले विशेष रौनक थपेको थियो।

    यसपटक प्रतियोगितामा खाना, च्यारिटी, बबल टी, आइसक्रिम, केक, लत्ताकपडा लगायत १२६ वटा स्टल राखिएका थिए। बालबालिकाका लागि विशेष फन फेयरको समेत व्यवस्था गरिएको थियो, जसले कार्यक्रमलाई पारिवारिक उत्सवको रूप दिएको देखिन्थ्यो।

    मुख्य फुटबल प्रतिस्पर्धामा राङभाङ समाज यूकेले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो। टोलीले ३५०० पाउण्ड नगदसहित ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। गुरुजी एलिट उपविजेतामा सीमित रहँदै २००० पाउण्ड पुरस्कार हात पार्न सफल भयो।

    व्यक्तिगत पुरस्कारतर्फ राङभाङ समाज यूकेका साम गुरुङ उत्कृष्ट म्यानेजर घोषित भए भने नेप्जुम एफसीका एनियोला अलामो सर्वाधिक गोलकर्ता बने। राङभाङ समाज यूकेकै न्वाङ शेर्पाले प्लेयर अफ द म्याचको उपाधि जिते।

    भेट्रान्स विधामा एफसी ०४ विजेता र प्लमस्टिड एफसी उपविजेता बने। महिलातर्फ तामाङ समाज एफसीले उपाधि जित्दा राउन्डबोल्ट एफसी रनरअप भयो।

    आयोजक Tamu Dhee UK का अध्यक्ष Jumkaji Gurung ले गोर्खा कप नेपाली समुदायलाई एकताबद्ध बनाउने साझा मञ्च बनेको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक र दर्शकप्रति धन्यवाद व्यक्त गरे।

    यस वर्ष प्रतियोगितामा ५७ टोली सहभागी भएका थिए। बिहानदेखि सुरु भएको कार्यक्रम रातिसम्म उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य