• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

बीजीडब्लूएसको वार्षिक भेटघाट सम्पन्न, ‘अफोर्डेबल सोलुसन’ अस्वीकार भए गोर्खा भर्ती बन्द गर्न दबाब दिने चेतावनी

  •   २२ असार २०८३, सोमबार २०:२४ 
  • लन्डन, ५ जुलाई २०२६ |
    ब्रिटिश गोर्खा वेल्फेयर सोसाइटी (बीजीडब्लूएस) को वार्षिक भेटघाट कार्यक्रम बेलायतको फानब्रोस्थित ग्रेन्ज स्कुलमा भव्य रूपमा सम्पन्न भएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बीजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान (जेपी) ले भूतपूर्व गोर्खाहरूको मुख्य माग समान पेन्सन भए पनि बेलायती सरकारले ‘अफोर्डेबल सोलुसन’ (किफायती समाधान) तर्फ सकारात्मक संकेत दिएको जानकारी दिनुभयो।

    उहाँका अनुसार भूतपूर्व गोर्खाहरूको संयुक्त संस्था ‘ग्रुप–१० (जी–१०)’ सोही समाधानलाई आधार बनाएर आगामी वार्तामा अघि बढ्ने तयारीमा रहेको छ।

    अध्यक्ष देवानले बेलायती सरकारले उक्त ‘अफोर्डेबल सोलुसन’ समेत अस्वीकार गरेमा भूतपूर्व गोर्खाहरूले गोर्खा भर्ती नै बन्द गर्न दबाब दिने चेतावनी दिन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले गोर्खाहरूको सम्मान, समानता र न्यायका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

    विभिन्न व्यक्तित्व सम्मानित

    कार्यक्रमका अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई बीजीडब्लूएसले खादा ओढाएर सम्मान गरेको थियो।

    सम्मानित हुनेहरूमा पीएचडी उपाधि हासिल गर्नुभएका डा. दूत पुन, काउन्सिलरमा निर्वाचित उत्तर गुरुङ, फोनिजका अध्यक्ष बम थापा सूर्यवंशी, बिसिसी युके आमा समूहकी अध्यक्ष शारदा गुरुङ, ‘स्ट्यान्डर्ड बियरर’ संयोजक ओम थापा काउचा तथा बीजीडब्लूएसका सांगीतिक कार्यक्रममा निरन्तर योगदान पुर्‍याएका कृष्ण राई रहनुभएको थियो।

    त्यसैगरी, फोटो तथा भिडियो पत्रकारितामार्फत संस्थालाई विशेष योगदान पुर्‍याएको भन्दै पत्रकार मिलन तमु र ओमेन्द्र गुरुङलाई पनि सम्मान गरिएको थियो।

    जानकारीमूलक प्रस्तुति र सांस्कृतिक कार्यक्रम

    कार्यक्रममा विष्णु तामाङले नेपालमा सञ्चालित जलविद्युत् परियोजनाबारे जानकारी दिनुभएको थियो। लेफ्टिनेन्ट मुक्तिजंग गुरुङले बीजीडब्लूएस भवनका गतिविधिबारे जानकारी गराउँदै आगामी २२ अगस्टमा ‘बार्बेक्यु चुल्हो’ को उद्घाटन गरिने जानकारी दिनुभयो।

    कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन राफल ड्र र टम्बोला खेल सञ्चालन गरिएको थियो। नेपालबाट बेलायत आउनुभएकी चर्चित कलाकार सरिष्मा राम्जाली मगरले आकर्षक नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकको मन जित्नुभयो।

    कार्यक्रमको औपचारिक सत्र महासचिव क्षेत्र राई र सचिव रामलाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने अध्यक्ष मेजर टिकेन्द्रदल देवानले उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई स्वागत गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य