• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

  •   १४ आश्विन २०८३, बुधबार ०७:१६ 
  • लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत रकममध्ये रु. १३ लाख ६१ हजार ५ सय बराबरको नगद तथा न्यानो कपडा प्रत्यक्ष वितरण गरेको जनाएको छ।

    NRNA UK ले सार्वजनिक गरेको आधिकारिक Flood & Landslide Relief – Donation & Distribution Statement अनुसार २८ सेप्टेम्बर २०२६ मा नुवाकोटको गंगटे पार्क तथा पिपलटारस्थित पोस्ट बहादुर बोगटी स्मृति पार्कमा राहत वितरण गरिएको हो।
    संघका अनुसार गम्भीर रूपमा प्रभावित तथा तत्काल सहयोग आवश्यक ठहरिएका ८७ घरपरिवारलाई प्रतिपरिवार रु. १० हजारका दरले कुल रु. ८ लाख ७० हजार नगद सहयोग प्रदान गरिएको छ।

    त्यसैगरी प्रभावित बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिकका लागि २७० वटा न्यानो ज्याकेट वितरण गरिएको छ। तीमध्ये २०० वटा वयस्क तथा ज्येष्ठ नागरिकका र ७० वटा बालबालिकाका ज्याकेट रहेको विवरणमा उल्लेख छ। ज्याकेट खरिदमा रु. ४ लाख ९१ हजार ५ सय खर्च भएको जनाइएको छ।
    कुल राहत कोष रु. १३ लाख ६३ हजार ७९९

    NRNA UK को सार्वजनिक आर्थिक विवरणअनुसार राहत अभियानका लागि विभिन्न माध्यम र संघसंस्थाबाट गरी कुल रु. १३ लाख ६३ हजार ७९९ प्राप्त भएको थियो।

    NRNA UK बैंक खाता र GoFundMe मार्फत संकलित रकमको नेपाली रुपैयाँ बराबर रु. ७ लाख ३५ हजार ४६९, गाहा मगर परिवार UK बाट रु. २ लाख १० हजार ३३०, Namaste Nepal Manchester बाट रु. २ लाख ५ हजार, Maddat Samuh (Nepalese Help) UK बाट रु. १ लाख ६० हजार तथा NRNA UK Youth Committee बाट रु. ५३ हजार सहयोग प्राप्त भएको विवरणमा उल्लेख छ।

    यसरी प्राप्त रु. १३ लाख ६३ हजार ७९९ मध्ये नगद राहत र न्यानो ज्याकेटमा गरी रु. १३ लाख ६१ हजार ५ सय खर्च भएको र रु. २ हजार २९९ बाँकी रहेको संघले जनाएको छ।

    प्रभावित परिवारसँग प्रत्यक्ष भेट
    राहत वितरण टोलीले प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग भेटघाट गर्दै उनीहरूको अवस्था र आवश्यकताबारे जानकारी लिएको थियो। सार्वजनिक गरिएका तस्बिरहरूमा प्रभावित परिवारलाई नगद तथा न्यानो सामग्री हस्तान्तरण गरिएको देखिन्छ।

    NRNA UK अध्यक्ष प्रेम गाहा मगरले सहयोग उपलब्ध गराउने दाता, संघसंस्था, स्वयंसेवक तथा राहत अभियानमा विभिन्न माध्यमबाट सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

    उनले राहत अभियानमा प्राप्त रकम र त्यसको खर्च विवरण सार्वजनिक गर्दै दाताले दिएको सहयोग कहाँ र कसरी प्रयोग भयो भन्ने विषयमा पारदर्शिता र जवाफदेहिता कायम गर्नु आवश्यक रहेको बताएका छन्।

    संघले राहत रकम वास्तविक प्रभावित परिवारसम्म प्रत्यक्ष पुर्‍याउने प्रयास गरिएको जनाउँदै सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाप्रति आभार व्यक्त गरेको छ।

    तस्बिर : NRNA UK / राहत वितरण टोली

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य