• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

भावेशको भिसाको रङ

  •   २८ फाल्गुन २०७५, मंगलवार २०:२५ 
  • काठमाडौँ, नेपाली गीत र कविता लेखनमा विगत लामो समयदेखि कलम चलाउँदै आएका भावेश भुमरीको नवीनतम् कृति ‘भिसाको रङ’ नियात्राको नेपाल परिचर्चा कार्यक्रम बीएफबीएस रेडियो, ललितपुर, नेपालको आयोजनामा सम्पन्न भएको छ ।

    गत साल मे ३१ तारिखका दिन बेलायत आएका प्रख्यात कवि तथा गीतकार भावेश भुमरीले ढाई महिना बेलायत भ्रमणका अनुभवहरूलाई नियात्रामा समावेश गरेका छन् । हालसालै प्रकाशित भिसाको रङ नियात्रासङ्ग्रहको यही मार्च ६ का दिन परिचर्चा कार्यक्रम भएको हो । बीएफबीएस रेडियोका कार्यक्रम प्रस्तोता तुलसी बस्नेतले सञ्चालन गरेको स्वर्णिम सङ्गम कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले ‘भिसाको रङ’को परिचर्चा गरेका छन् । कवि तथा गीतकार अधिकारीले भावेशको लेखनबारे खुलेरै प्रशंसा गरेका छन् । उनले भनेका छन्, ‘भावेशले युके भ्रमणलाई बडो आकर्षक तरिकाले शब्दहरूमा उतारेका छन् । त्यसरी शब्दमालामा उनेको भिसाको रङ एक स्तरीय पुस्तक बनेको छ ।’ अधिकारीले भिसाको रङ भाषाको जादु होइन तर विषयवस्तु र प्रस्तुतिको आकर्षक संयोजन हो पनि भनेका छन् ।

    भिसाको रङको भाषा वर्षाको बढीजस्तो छैन, हिउँदको खोलाजस्तो शान्त र पवित्र छ भन्दै कवि अधिकारीले भावेशको लेखनमा सरलता र सहजता छ भनेका छन् । सुललित तरिकाले लेखनमा बगेका भावेश जटिल भाषाशैलीमा कहीँ पनि अल्झेका छैनन् । कृति पढ्दा सजिलै बुझिन्छ । भाषा र विषयको सजीवताले कृतिलाई स्तरीय बनाएको छ । भिसाको रङ पढ्दा आफू पनि नियात्रामै सामेल भएको जस्तो आनन्द अनुभूति भएको कुरा पनि अधिकारीले बताएका छन् । अधिकारीले भनेका छन्, ‘यो भावेशको असलपन हो ।’ आफू बेलायतको सुन्दरता, सुख र समृद्धिमा रमाउँदा पनि देश सम्झेर दुःखी हुनु भावेशको देशप्रतिको प्रेम हो भन्ने कुरा यस कृतिबाट प्रष्ट हुन्छ । भावेशले बेलायतको हरेक यात्रामा नेपाल सम्झेका छन् । भावेश नेपालका समस्या सम्झेर दुःखी बनेका छन् । यही कारण भिसाको रङ उच्च देशप्रेम बोकेको कृति हो ।

    नियात्रामा भावेशले मगर संघ युकेको बैठकदेखि वातावरण कविता गोष्ठी, मगर संघ केन्ट शाखाकोे स्वागत कार्यक्रम र बीएफबीएस रेडियोबाट अन्तर्वार्ता प्रसारणका कुराहरूलाई समेटेका छन् । त्यसै गरी भावेशले यसमा बीजीडब्लुएस रेडियोबाट अन्तर्वार्ता प्रसारण, मगर संघ युकेको नेपाली ओपन कन्सर्ट, खाम भाषी मगर समाज युकेको भूमे पर्व, तनहूँ समाज युकेको वार्षिक कार्यक्रम, गीतलेखन प्रशिक्षण, भावेश भुमरी सिर्जना साँझ, मगर संघ युके केन्ट शाखाको वार्षिक कार्यक्रम, राप्ती समाज युकेको वार्षिक कार्यक्रम, खोटाङ गुरुङ (तमु) समाज, युकेको वार्षिक कार्यक्रम आदिलाई पनि समावेश गरेका छन् । मगर संघ स्विण्डन शाखाको वार्षिक कार्यक्रम, एभ्रेष्ट टाइम्स साप्ताहिक पत्रिकाको कार्यालयमा स्वागत, चिमखेले समाज युकेको वार्षिक कार्यक्रम, विश्व नेपाली साहित्य महासंघद्वारा आयोजित दोस्रो विश्व नेपाली साहित्य सम्मेलनमा कार्यपत्र प्रस्तुत र मगर संघ युकेको विदाइ कार्यक्रमसम्मका कुराहरू पनि नियात्रामा समावेश छन् ।

    नियात्रामा भावेशले फोक्सटोन बीच, क्याटरिक, रिच्मण्ड क्यासल, स्कटल्यान्डस्थित एडिनबरा क्यासल, आसफोर्डको टेन्टर्डनस्थित होलपार्क गार्डेन्स, क्यान्टवरी टेल्स, क्यान्टवरी कथिड्रल, मेडस्टोन टाउनपार्क, आलिङ्टन लक, ब्लु बेल हिल, रोचेस्टर क्यासल र चाथल घुमेका कुरालाई मिठो तरिकाले प्रस्तुत गरेका छन् । भावेशले डोभरमा बल्छीले माछा मारेको घटनालाई बडो सुन्दर तरिकाले प्रस्तुत गरेका छन् । भावेशको नियात्रामा सोल्सवरीस्थित स्टोन ह्यान्ज, रिभर सेभर्न, पोर्समथ, क्रिकली हिल, सोल्सवरी कथिड्रल, बोर्नमथ बिच, डर्डलडोर आर्च, क्यान्टवरी रोयल एयर फोर्स, चाल्र्स डिकेन्सको ब्लीक हाउस, क्यावर्सन्ड बिच, क्यान्टवरी रिभर स्टोर, फोक्सटोन हिल्स, लन्डन आई, बर्गिङ्घम दरबार, टावर अफ लन्डन ब्रिज, ब्रिटिश म्युजियम, डार्विन सेन्टर, सिटी सेन्टर, अक्सफोर्ड विश्वविद्यालयका विषयहरुलाई पनि आकर्षक तरिकाले लेखिएको छ । पुस्तकमा शेक्सपियरको जन्मस्थल स्ट्राटफोर्ड, विन्जर क्यासल, फार्नबोरो एयर शो, केन्टस्थित डञ्जिनेश ईडीएफ आणविक भट्टी, लिड्स क्यासल, डोभर क्यासल, विन्चेस्टरस्थित गोरखा म्युजियम, स्विडनस्थित स्टिम म्युजियम, बाथ शहर र वेल्सको ब्रेकन बेकन नेशनल पार्कका कुराहरूलाई पनि ुन्दर तरिकाले सजाइएको छ ।

    विशेषतः गीत लेखेर अनि एल्बम प्रकाशन गरेर संसारभरि फिँजिएका नेपालीहरूसामु लोकप्रिय बनेका भावेशलाई घन थापा, गणेश पुन, प्रकाश राना, पवित्रा गुरुङ, दूत पुन, नानु राना, सरला राना, करिश्मा घम, लाल राना, विजय हितान, बम थापा सूर्यवङ्शीमगर, बिल पुर्जा पुनमगर, अनिता राना, गुञ्ज शाह, धन घले, जानुका राई, धना रोका, दधिबन्धु घर्तीमगर, हरि बुढामगर, सङ्गीता बायुङ राई र इखमान पुनले साथ दिँदै सहयोग गरेका थिए । भावेशलाई मगर संघ युके, विश्व नेपाली साहित्य महासंघ युके र वातावरण कविता गोष्ठी २०१८ ले निम्तो दिएका थिए ।

    ३५ औँ भाग रहेको भिसाको रङले २७६ पृष्ठको आयाम बोकेको छ । यसको ३२ पृष्ठमा रङ्गीन फोटाहरू राखिएका छन् । कृतिमा विजय हितानको मन्तव्य रहेको छ भने भावेशको भनाइ र परिचय पनि रहेका छन् । भावेशकै सुरप्रभा गीत सङ्गीत प्रा.लि., काठमाडौँले प्रकाशन गरेको यो कृति बेलायतका विभिन्न ठाउँमा उपलब्ध छ भने अन्य देशमा पनि निकट भविष्यमै उपलब्ध हुने छन् ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य