• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

हिलिङ्गडन गोर्खा नेपाली कमिटि यूकेको अध्यक्षमा छत्र सिंह लिम्बु निर्बिरोध मनोनित

  •   ५ चैत्र २०७५, मंगलवार १२:०९ 
  • लण्डन । हिलिङ्गडन गोर्खा नेपाली कमिटि युकेको चौथो अधिवेशन गत २३ फेब्रवरीको २०१९ कोदिन हेज एण्ड हार्लिंगडन कमिटि सेन्टर, लण्डनमा सम्पन्न गरेको छ I जस्मा गोर्खा नेपाली कमिटि यूकेको अध्यक्षमा छत्र सिंह लिम्बु, निर्बिरोध मनोनित भएका छन् ।

    निवार्चन समितिका अध्यक्ष श्री हुम बहादुर गुरुङ , सचिव भुपधोज आले मगर र सदस्य मिठीमाया रानाको पहलमा निर्वाचन सम्पन्न गरियो I जस्मा बरिस्ठ उपाध्यक्ष पूर्ण कुमार लिम्बु, उपाध्यक्ष बिमला तामांग, सचिव सुकराज तामांग, कोषाधक्ष्य पूर्ण कुमार नेपाली, सहसचिव बाल कुमार राई, सहकोषाधक्ष्य बाल कृष्ण परियार, सास्कृतिक सचिव पोस गाहा, मेडिया सचिव विकेन्द्र गुरुङ, प्रोपर्टी सचिव जय बहादुर लिम्बु, पब्लिक रिलेसन, भिम तामांग खेलकुद सचिव आलेन गुरुङ, सदस्य राममणि आचार्य, सदस्य पूर्ण माया पुन र युथ अध्यक्ष किशोर राना चयन भएकाछन् ।

    कार्यक्रमको तिन वर्षको कार्यकाल अति नै सफलता पूर्वक सम्पन्न भएको खुशियालीमा निवर्तमान अध्यक्ष तेज बहादुर पुनमगरले सभाको मुख्य अथिति काउन्सिलर बिष्णु गुरुङ, कार्यकालका कार्यसमितिका सदस्यहरु र सल्लाहकारहरुलाई आफ्नै ब्याक्तिगत तर्फबाट माँयाको चिन्हो (Token of Love) प्रदान गरेका थिए भने कार्यक्रममा निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान गरिएको थियो ।

    लगभग १५० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सस्थाका सचिव छत्रसिंह लिम्बुले संचालन गर्दै अहिले सम्म सस्थाले ३ वर्ष सम्म गरेका काम वारे प्रतिवेदन पेस गरेका थिए भने कोषाधक्ष्य समशेर लिम्बुवाट आर्थिक प्रयिवेदन प्रस्तुत गरिएको थियो।

    स्मरण रहोस यो सस्था बरोको हरेक कार्यहरुमा सहभागी हुदै अगाडी बढिरहेकोछ I संस्थाले अहिले सम्म धेरै उपलब्धिहरु हासिल गरेको छ I मुख्य गरि नेपालीहरुको लागि अलग समाधि (सिमेंतरी), महिला तथा युवाहरु बाट नेपाली कलास संचालन, नेपालमा भुकुम्प आएको समयमा युथले नगत बिस लाख नेपाली रुपिंयाको सहयोग इत्यादी ।

     

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य