• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युकेको निर्वाचन कडा प्रतिस्पर्धा हुने निश्चित

  •   १० चैत्र २०७५, आईतवार ११:१२ 
  • लण्डन I बेलायतमा मगर संघ युके नेपाली समुदाय माझ एक सुपरिचित तथा प्रतिष्ठित सस्थाका रुपमा परिचित छ I मगर संघ युके दशौ हजार बेलायतवासी मगरहरुको आस्थाको केन्द्र बनि सकेको छ । मगर संघ युकेको छैटो महाधिवेशन ६ अप्रिल २०१९, शनिबारका दिन कन्नड स्कुल अल्डरसटमा हुने भएको छ । टेलिभिजन एवं बुद्धिजीवी विजय थापाको संयोजकतामा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ भने निर्वाचन समितिले उपसंयोजक ले कर्णल (रि) यम राना, सचिवमा नरेश खपांगी प्रवक्ता मा रमेश सारांनकोटी, कोषाधक्ष्य लिलामान शेरपुन्जा र सदस्य देबी आले र ओम थापालाई जिम्मेवारी दिएको छ । मगर संघ युकेको ११ वटा शाखा का प्रतिनिधि एवं संघ का आजीवन सदस्य हरुले मात्र मत हाल्न पाउने प्राबधान रहेको छ । गत आइतवार १७ मार्चका दिन निर्वाचन समितिले कुल मतदाता ८५४ जना रहने जानकारी दिएको छ ।

    मगर संघ युके लोकन शाखा (जहाँ मगर भवन छ) का सस्थापक अधक्ष्य, केन्द्रका सल्लाहकार एवं बिधान मस्यौदा समितिका संयोजक ले रि सुनिल रानाले ६ महिना अगाडी ८ सेप्टेम्बर २०१८ को त्रैमासिक बैठकमा आफ्नो उमेद्वारी घोषणा गरेका थिए भने वर्तमान उपाधक्ष्य अनिता राना मगरले गत मार्च २ मा फार्नबोरोमा सम्पन्न कार्यसमितीको बैठकमा अध्यक्ष पदमा रहेर काम गर्ने इच्छा जाहेर गर्दै आफ्नो उमेद्वारी घोषणा गरेकी हुन । अहिले सम्म मगर संघ भित्र रहेर के गरे भन्ने वारे मात्र चर्चा गरिएको छ तर अधक्ष्य भए पछि के गर्छु भन्ने वारे कसैको पनि घोषणा पत्र सार्वजनिक भने गरिएको छैन ।

    स्मरण रहोस मगरहरु नेपालवाट ७५ नै जिल्लावाट आएर युकेमा बसोवास गरेता पनि मगर संघ युकेको हकमा भने अहिले सम्म सस्थापक अधक्ष्य थर्क राना पर्बत जिल्लावाट मेजर कुल बहादुर थापा तनहुँ, दुत बहादुर पुन म्याग्दी र वर्तमान अधक्ष्य नेम थापा तनहुँ जिल्लावाट आएका हुन् । अहिले चर्चामा रहेका वर्तमान अधक्ष्य अनिता राना तनहुँ जिल्लाका र लोकल शाखाका सस्थापक अधक्ष्य ले रि सुनिल राना स्यांग्जा जिल्लाका हुन् । अधक्ष्यको मगर संघ युकेको निर्वाचन कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य