• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

मगर संघ युकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? मगर संघ युकेलाई व्यवस्थित, समावेशी, पारदर्शी र सशक्त बनाउन

  •   १० चैत्र २०७५, आईतवार ११:५७ 
  • मगर संघ युकेको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ?
    मगर संघ युकेलाई व्यवस्थित, समावेशी, पारदर्शी र सशक्त बनाउन

    म सुनिल राना मगर संघ युकेको स्थापनाकाल फ्रिम्ली पार्कमा सन् २००३ मा भएको भेलादेखि नै संघमा आवद्ध हुँदै आएको छु । शुरुमा म संघको सल्लाहकारका रुपमा नियुक्त भएको थिएँ तर सन् २००८ मा रसमोर (हालको युएचएसबी) शाखा गठन गरी सो शाखाको संस्थापक र दुई कार्यकाल अध्यक्ष भएँ । सन् २०१३ मा शाखा अध्यक्ष हस्तान्तरण गरेपछि म पुनः मगर संघ युकेको सल्लाहकार रहँदै आएको छु ।
    मेरो कार्यकालमा रसमोर क्षेत्रमा पहिलोपटक मगर भाषाको कक्षा शुरुवात गरियो भने मगर महिलाहरुका लागि भलिबल प्रतियोगिता सञ्चालन गरियो । यस्तै, लखन थापा फुटबल प्रतियोगितामा सहयोग गरेँ भने रसमोरमा अहिलेसम्म संचालन हुँदै आएको लेडिज रमझम नाइट शुरुवात गर्न सल्लाह दिएँ ।
    सन् २०१० मा युके मगर संघको पहिलो विधान मैले नै लेखेको थिएँ भने सन् २०१६ मा पुनः विधान समितिको संयोजक भई विधानको मस्यौदामाथि व्यापक छलफल चलाइ साधारण सभाबाट पारित गरियो । यसबाहेक मास्टर तथा पीएचडी ट्रष्ट, नेपाली ओपन कन्सर्टको संचालनमा पनि महत्वपूर्ण योगदान दिँदै आएको छु ।
    बितेका १० वर्षमा युकेमा मगरहरुको संख्या असाध्यै बढेको छ । त्यसैले मगर संघ युके अहिले युकेमा रहेका ठूला नेपाली संस्थामध्ये एक हुन पुगेको छ । त्यसैले एकातिर, मगर संघ युकेले के गर्छ त्यो युकेका मगरहरु मात्र होइन, सम्पूर्ण नेपालीहरुमा चासो बन्ने गर्छ भने अर्कोतिर मगर संघ युकेले गरेका अभियानहरुबाट युकेमा रहेका मगरहरु मात्र होइन, विश्वभर रहेका मगरहरुले फाइदा लिन सक्छन् । मगर संघ युकेले यहाँका स्थानीय सरकारी र गैरसरकारी निकायहरु, नेपाली दुताबास, अन्य नेपाली संघ संस्थाहरुसित सहकार्य र समन्वय गर्नुपर्छ । यसका साथै मगर संघ युके च्यारिटी कमिसनमा दर्ता भएको संस्था भएकाले तोकिएको समयसीमा भित्र सत्थतथ्य प्रतिवेदन बुझाउनुपर्छ ।
    यति महत्व बोकेको मगर संघ युकेको लिनु अब गौरवको मात्र कुरा नभई महत्वपूर्ण जिम्मेवारी पनि बनेको छ । यस्तो जिम्मेवारी पूरा गर्न र संघलाई उपल्लो तहमा लैजानका लागि ठूलो समर्पण, योजना, दृष्टिकोण चाहिन्छ । मगर संघलाई कुशल नेतृत्व दिन नेतृत्व क्षमता, मगर संघ युकेको बारेमा शुरुको दिनदेखिको बुझाइ, उच्च व्यवस्थापन क्षमता, इमानदारिता, साहस, लगाव आदि चाहिन्छ । मगर संघ युकेको स्थापनाकालदेखि संघमा आवद्ध भएको, हाल मगर भवन रहेको शाखा/क्षेत्रको दुई कार्यकाल अध्यक्ष रहेको, दुई/दुई पटक विधान समितिमा बसेर संस्थाको नीति नियमका बारेमा बुझेको तथा २२ वर्षसम्म सैन्य सेवामा बिताएको अनुभवले मलाई यो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नसक्छु भन्ने विश्वास लागेकाले मगर संघ युकेको यही ६ अप्रिल २०१९, शनिबारका दिन कन्नड स्कुल अल्डरसटमा सम्पन्न हुन गइरहेको छैटौँ महाधिवेसनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । संघका संरक्षकहरु, आजिवन सदस्यहरु, शाखाहरु, शुभेच्छुक तथा शुभचिन्तकहरु लगायत युकेबासी सम्पूर्ण मगरहरुलाई मलाई अमूल्य मत दिई मगर संघ युकेको अध्यक्ष पदमा विजयी गराउनहुन हार्दिक विनम्र अनुरोध गर्दछु । म बोलेर मात्र होइन गरेर मगर संघ युकेलाई आन्तरिक र बाह्यरुपमा व्यवस्थित, पारदर्शी, समावेशी र सशक्त बनाउने छु ।
    धन्यवाद
    सुनिल राना मगर
    अध्यक्ष पदको आकांक्षी

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य