• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

TO MAKE MAUK ORGANISED, TRANSPARENT, INCLUSIVE AND PROGRESSIVE मेरा प्रतिवद्धताहरु

  •   १४ चैत्र २०७५, बिहीबार १२:४६ 
  • TO MAKE MAUK ORGANISED, TRANSPARENT, INCLUSIVE AND PROGRESSIVE

    • MAUK has achieved great things since it was formed, we have bought our own house, established various trust funds, hosted many high-level events which I feel has brought us Magars closer and together. However, we could have done more and achieve more greatness.
    • Voluntary work is a teamwork and to make it more inclusive I will be consulting very closely with all committee members, branch chairperson, Advisors and Trustees for the direction for the committee to take for the next 2/3 years. I will also make sure that the committee are humble towards Central Committee members and their views. However, to meet our goal here are some targets that I aim meet:
    • I believe all our financial transactions must be transparent and statements made public in every quarterly meeting. I believe in openness and we do not need to hide anything.  Furthermore, all our action must also be transparent. I hope to generate at least 20k and handover to the next Committee.
    • Current Housing Committee is doing a fantastic job but we need to make it more organised, productive and run independently with own account. I will look at the feasibility of adding another story to make it wholesome building.
    • Magar Bhawan is the focal point for all Magars and visitors. It is also our pride and I intend to establish Magar library and other Magar identifying decorations as soon as possible.
    • Establish ‘Magar Graduates’ Forum to centralise Magar intellectuals from all walk of life.
    • I will encourage studies/research into Magar cultures, dress and language and promote them.
    • Masters/PhD Trust Fund from past Committee is still outstanding.  I have been working very hard and will continue to complete it and start the sponsorship from this year.
    • Ensure that MA UK and Magar Bhawan is open to all Magars with ALL faiths and religion and is free from politics.
    • I will continue with good works that previous committees have carried out.  I will be focusing on many issues that have not been resolved and organise MAUK so that we are a coherent organisation.  I will review all our activities, which have not changed much from the beginning and embrace new concepts which will help promote Magar Sangh
    • Mentor and integrate our Magar youths to promote and educate them with Magar cultural, history as they are the future generations of Magars who will be leading MAUK soon.
    • We are blessed with diverse Magar cultural, traditions and ethos and I believe they are our core values.  I intend to make sure that all our programmes include all those groups and promote them.
    • Open or invite for dialogue different ethnic Magar groups within the Magar community and bring them under one umbrella, especially our Magar Mahila Sangh.
    • Promote and encourage greater involvement from our Magar Mahila in all activities.  I intend to run series of leadership training (which will be a fun event) and management skills workshops/seminars to enhance knowledge, understanding and experience so that our ladies are better prepared for future leadership of the association.
    • Work closely with Branches to make MAUK more inclusive, not as an isolated unit.  I will encourage to open branches depending upon the density of Magar populations.
    • Establish, maintain and foster close relationship with Nepal Magar Sangh and Magar Sangh in different countries.  I will continue to work closely and foster relationship with local communities, council and other Nepalese and non-Nepalese communities
    • Review and change the format of Magar meetings as present system is laborious, time consuming and not very productive.  I will explore an effective means of conference calls to include members from great distances.
    • I will work within the parameters of MAUK Constitution, especially Chapter 2 to promote our Aim, Objectives and Magar Values and Ethos.
    • For our future annual charity, I aim to raise funds for poor and homeless children in Nepal for their welfare and education (Chapter 2.4 of MAUK Constitution).
    • All my actions will be lawful, appropriate and professional and I will lead by example.
    • I respectfully urge all Patron, Trustees, Life Members, Advisors, all Branch Chairmen and all Magar daju bhai and didibahini to fully support me for the next leader and to make MAUK strong, inclusive, transparent and well organised.
    • Thank you very much for your support.

     

    • Sunil Rana
    • Candidate for the President
    • 6th Executive Committee MAUK

     

    मेरा प्रतिवद्धताहरु 

    मगर संघ युकेको अध्यक्ष ठूलो अवसर र जिम्मेवारी हो जहाँ समुदायप्रति बृहत उत्तरदायित्व हुन्छ । हामीले एकतावद्ध हुँदा स्थापनाकालदेखि अहिलेसम्म धेरै कुराहरु हासिल गरेका छौँ । आफ्नै घर बनाएका छौँ । धेरै वटा परोपकारी कोषहरु बनाएका छौँ । धेरै ठूला कार्यक्रमहरु आयोजना गरेका छौँ । यी कार्यहरुले मगरहरुलाई नजिक र एकतावद्ध बनाएको छ । तथापि हामीले अझै धेरै गर्न सक्छौँ र गरिरहेका कार्यहरुलाई अझ व्यवस्थित र समयसापेक्ष बनाउन सक्छौँ। यही भावना र आत्मविश्वासले मगर संघ युकेको अप्रिल ६, २०१९ मा हुन गइरहेको छैटौँ महाधिवेसनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको छु ।

    संघको नेतृत्व लिनु विशुद्ध सामाजिक सेवा र निस्वार्थ कार्य हो । त्यसैले आगामी कार्यकाल म मेरा सबै समय मगर संघका लागि समर्पण गर्ने प्रतिवद्धता गर्दछु । म कुनै संघसंस्थामा आवद्ध नभएकाले म संघलाई शतप्रतिशत मेरो तन, मन, धन, वचन दिनेछु । त्यसैले म संघका सम्पूर्ण संरक्षकहरु, आजिवन सदस्यहरु, शाखाहरु, सदस्यहरु, शुभचिन्तकहरु सबैलाई मलाई मगर संघ युकेको अध्यक्ष पदमा निर्वाचित गराउन सहयोगका लागि हार्दिक विनम्र अपील गर्दछु ।

    मैले यदि म मगर संघको अध्यक्षमा निर्वाचित भएमा संघको उद्देश्य प्राप्त गर्नका लागि निम्न कार्य गर्ने योजना बनाएको छु :

    १) मगर संघ युकेको आन्तरिक हरहिसाब लगायत सम्पूर्ण व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन हरेक चौमासिक बैठकमा संघको हरहिसाब सार्वजनिक गर्नेछु र संघको अर्को नेतृत्वलाई कम्तिमा २० हजार पाउण्डको मौज्दातसहित हस्तान्तरण गर्नेछु।

    २) मगर भवनको रेखदेख, व्यवस्थापन र सन्चालनका लागि एक अधिकारसम्पन्न समिति बनाउनेछु र भवनमा तल्ला थप्नका लागि पहल गर्नेछु ।

    ३) युकेमा मगरहरुका बारेमा कसैले जान्न पर्यो भने कहाँ जाने ? सबैले देखाउने र आउने मगर संघमा नै हो । त्यसैले मगर भवनमा मेरो कार्यकालमा मगर पुस्तकालय स्थापना गर्नेछु ।

    ४) युकेका मगर युवा, वुद्धिजीवी, प्राज्ञहरुलाई मगर संघमा समेट्न ‘मगर ग्राजुयटस्’ फोरमको स्थापना गर्नेछु र यसमार्फत मगरहरुका विविध विषयमा छलफल, कार्यशाला, सेमिनार र गोष्ठी आयोजना गर्नेछु ।

    ५) मगरका इतिहास, भाषा, संस्कृति, भेषभूषा आदिकाबारेमा अध्ययन अनुसन्धानलाई जोड दिनेछु र अध्ययन अनुसन्धानकर्तालाई प्रबर्धन र प्रोत्साहन गर्नेछु ।

    ६) मास्टर्स तथा पीएचडी ट्रष्ट बितेका दुई कार्यकालमा पनि पूरा हुन नसकेकाले त्यसलाई मेरो कार्यकालमा पूर्णता दिनेछु र यसै वर्षदेखि पूर्ण सन्चालनमा ल्याउनेछु ।

    ७) मगर संघ र मगर भवनलाई सबै मगरहरुका लागि खुला गर्नेछु । मगर संघ र मगर भवनलाई राजनीतिक, धार्मिक आस्थाबाट मुक्त राख्नेछु ।

    ८) विगतका कार्यसमितिले गरिरहेका असल कार्यहरुलाई निरन्तरता दिनेछु । कतिपय कार्यक्रमहरु शुरु गरेयता समाजमा धेरै परिवर्तन पनि भइसकेका छन् तिनीहरुका बारेमा पुनर्मूल्याङकन गरी समयसापेक्ष बनाउनेछु ।

    ९)  मगर युवाहरु नै मगर संघ युकेको भावी नेतृत्वकर्ताहरु भएको हुँदा उनीहरुलाई मगर संघमा ल्याउने, प्रोत्साहित गर्ने, मगरहरुको भाषा, इतिहास, संस्कृति बारेमा प्रशिक्षित गराउनेछु ।

    १०) मगरभित्रको विविधता हाम्रो अमूल्य सम्पत्ति हो । त्यसैले मगर जातिभित्रको विविधतालाई संघ र संघका कार्यक्रममा समेटी संघलाई समावेशी र एकतावद्ध बनाउनेछु ।

    ११)  नाम जोडी युकेमा स्थापना भएका विभिन्न मगर संस्थासित छलफल गर्ने र उनीहरुलाई युके मगर संघको छातामुनी एकतावद्ध गर्ने प्रयास गर्नेछु।

    १२) मगर संघलाई बलियो र सशक्त बनाउन मगर महिलाहरुको महत्वपूर्ण भूमिका छ । त्यसैले मेरो कार्यकालमा मगर महिलाहरुका लागि बढीभन्दा बढी नेतृत्व विकास लगायतका कार्यक्रम सन्चालन गर्नेछु ।

    १३) मगर संघका शाखा समितिहरु र केन्द्रीय समितिबीचको दुरी कम गरी शाखाहरुसित निकटमा रही उनीहरुलाई सबल बनाउन  काम गर्नेछु । मगरहरुको बाक्लो बसोबास रहेका नयाँ क्षेत्रमा थप शाखा खोल्नेछु ।

    १४) नेपाल मगर संघलगायत विभिन्न देशमा रहेका मगर संघहरुसित अझ नजिकको सम्बन्ध स्थापित गर्नेछु र उनीहरुसितको सहकार्यलाई जोड दिनेछु ।

    १५) युकेस्थित नेपाली दुताबास, स्थानीय अन्य नेपाली संघ संस्थाहरु,स्थानीय काउन्सिल तथा अन्य संघ संस्थासित र समुदायसित सहकार्य गर्नेछु ।

    १६) मगर संघको बैठकहरुमा अहिले धेरै समय र स्रोतको खर्च भइरहेको छ । त्यसैले बैठक सन्चालनका लागि प्रविधिमैत्री उपाय खोजी, बैठकलाई सकारात्मक भाव उत्पन्न गर्ने, सबै सरोकारवालालाई आफ्नो भनाइ राख्न सकिने र बैठकमा जाउँ जाउँ भन्ने वातावरण बनाउन पहल गर्नेछु ।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक

    लन्डन । बेलायतमा क्रियाशील च्यारिटी संस्था Gurkha Peace Foundation (GPF) (गोरखा पीस फाउण्डेसन) ले आफ्नो वार्षिक कार्यक्रम “गोरखा वाक”...


    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड

    • हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    • नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    • “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • स्मृति दिवस २०२५: गोर्खाहरूको गौरवपूर्ण सहभागिता, सबै बलिदानी योद्धाप्रति सम्मान

    संबन्धित समाचारहरु

    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता
    ब्रिटिश गोर्खाहरूका मागबारे बेलायतमा वार्ता, आन्तरिक छलफलमा जोड
    हाउन्स्लो हाउसमा गोर्खा तथा पूर्व–सैनिकहरूको भव्य क्रिसमस भेटघाट सम्मान, समावेशीकरण र सामुदायिक एकताको उदाहरण बनेको कार्यक्रम
    नयाँ कानुन लागू हुँदै जाँदा युकेका घरधनीमाथि बढ्दै जिम्मेवारी, समयमै नबुझे ठूलो जोखिम
    “मेजर सत्य बहादुर पुन एमबीइ एक गोर्खाको उकालो यात्रा”
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य