• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनको अर्पिङटन भन्ने ठाउँमा एक नेपालीको मृत्यु

  •   १६ जेष्ठ २०७६, बिहीबार ००:१४ 
  • घरमा आगलागी हुँदा बेलायतमा नेपाली महिलाको मृत्यु भएको छ। साउथ ईस्ट लण्डनको अर्पिङटन भन्ने ठाउँमा परिवारसहित बस्दै आएकी ४५ वर्षीया रञ्जना गुरुङको ज्यान गएको हो।

    बेलायती अखबार ‘द सन’का अनुसार सोमबार राति भएको आगलागीमा घाइते भएका उनका श्रीमान र दुई सन्तानको उपचार भइरहेको छ। श्रीमान हिम गुरुङको अवस्था चिन्ताजनक रहेको तर १० वर्षीया छोरी एञ्जल र १७ वर्षका छोरा एलन भने खतरामुक्त रहेको समाचारमा उल्लेख गरिएको छ।

    अहिलेसम्म आगलागी कसरी भयो भन्ने खुलेको छैन। बेलायती प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। सोमबार राति अन्दाजी ११ बजेको समयमा हेल्प हेल्प भन्दै मृतक रञ्जनाका श्रीमान र छोराछोरी चिच्याएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

    त्यसको केही मिनेटभित्रै अग्नी नियन्त्रकसहित प्रहरीको टोली आइपुगेको थियो। १ घण्टा १५ मिनेटभित्र आगो नियन्त्रणमा लिइएको भएपनि त्यतिञ्जेल रञ्जनाको मृत्यु भइसकेको थियो। घरको भु्इँतला, पहिलो तला र सिंढी आंशिक रुपमा जलेर नष्ट भएका छन्।

    मृतक रञ्जना विगत १८ वर्षदेखि श्रीमानसँगै बेलायतमा बस्दै आएकी थिइन्। आगलागी भएको उक्त घरमा गुरुङ परिवार विगत ९ वर्षदेखि बस्दै आएको छिमेकीले बताएका छन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration

    By Bom Thapa Former General Secretary, Magar Association UK | Former Editor, Kanung Langha Annual Publication | Community Leader and...


    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ

    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न

    • बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    • पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    • अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • बेलायतमा ४४औँ मगर दिवस भव्य रूपमा सम्पन्न, करिब एक हजारको सहभागिता

    संबन्धित समाचारहरु

    Hari Budha Magar MBE FRGS: A Journey of Courage, Determination and Inspiration
    बेलायतमा गोर्खा कपको रौनक : हजारौं नेपालीको उपस्थितिमा खेल र उत्सव एकसाथ
    गोर्खा कपको २४औँ संस्करण भव्य रूपमा आयोजना हुँदै, तमुधिं यूकेद्वारा तयारी सम्पन्न
    बेलायतमा बुद्ध जयन्तीको भव्य उत्सव: अन्नदान, सामूहिक प्रार्थना र विशिष्ट पाहुनाको उपस्थितिले बनायो ऐतिहासिक कार्यक्रम
    पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट २७ जुनमा हुने
    अशफोर्डमा “गोरखा वाक” जुन ७ मा, A-Star मुख्य प्रायोजक
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य