• समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य

लण्डनको अर्पिङटन भन्ने ठाउँमा एक नेपालीको मृत्यु

  •   १६ जेष्ठ २०७६, बिहीबार ००:१४ 
  • घरमा आगलागी हुँदा बेलायतमा नेपाली महिलाको मृत्यु भएको छ। साउथ ईस्ट लण्डनको अर्पिङटन भन्ने ठाउँमा परिवारसहित बस्दै आएकी ४५ वर्षीया रञ्जना गुरुङको ज्यान गएको हो।

    बेलायती अखबार ‘द सन’का अनुसार सोमबार राति भएको आगलागीमा घाइते भएका उनका श्रीमान र दुई सन्तानको उपचार भइरहेको छ। श्रीमान हिम गुरुङको अवस्था चिन्ताजनक रहेको तर १० वर्षीया छोरी एञ्जल र १७ वर्षका छोरा एलन भने खतरामुक्त रहेको समाचारमा उल्लेख गरिएको छ।

    अहिलेसम्म आगलागी कसरी भयो भन्ने खुलेको छैन। बेलायती प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ। सोमबार राति अन्दाजी ११ बजेको समयमा हेल्प हेल्प भन्दै मृतक रञ्जनाका श्रीमान र छोराछोरी चिच्याएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

    त्यसको केही मिनेटभित्रै अग्नी नियन्त्रकसहित प्रहरीको टोली आइपुगेको थियो। १ घण्टा १५ मिनेटभित्र आगो नियन्त्रणमा लिइएको भएपनि त्यतिञ्जेल रञ्जनाको मृत्यु भइसकेको थियो। घरको भु्इँतला, पहिलो तला र सिंढी आंशिक रुपमा जलेर नष्ट भएका छन्।

    मृतक रञ्जना विगत १८ वर्षदेखि श्रीमानसँगै बेलायतमा बस्दै आएकी थिइन्। आगलागी भएको उक्त घरमा गुरुङ परिवार विगत ९ वर्षदेखि बस्दै आएको छिमेकीले बताएका छन्।

    तपाइँको प्रतिक्रिया

    भर्खरै

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट

    लन्डन/नुवाकोट । गैरआवासीय नेपाली संघ (NRNA) UK ले रसुवा–नुवाकोट क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि संकलन गरेको राहत...


    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके

    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान

    • निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    • अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    • केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • १७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संघसंस्थाले झाँकी प्रस्तुत गर्ने

    संबन्धित समाचारहरु

    रसुवा–नुवाकोट बाढीपहिरो प्रभावितलाई NRNA UK को प्रत्यक्ष राहत, ८७ परिवारलाई नगद र २७० जनालाई न्यानो ज्याकेट
    वंशजको नागरिकता निरन्तरतासहित गोर्खाका मुद्दा लिएर गृहमन्त्री भेट्यो तमु धीं यूके
    भोटेकोशी बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ३१ लाखभन्दा बढी संकलन, राहत टोली नेपाल प्रस्थान
    निशानी माईको दर्शन र तस्बिर खिच्ने दुर्लभ अवसर पाउँदा गायिका बिमता घर्ती मगर भाग्यशाली
    अल्डरसटमा सेकेन्ड जीआरको ऐतिहासिक वार्षिक समारोह सम्पन्न
    केम्पटन पार्कमा उर्लियो नेपाली संस्कृति, १७औँ नेपाली मेलामा पासा पुचः गुथिको वर्चस्व
    • गृहपृष्ठ
    • सम्पर्क
    • हाम्रो बारेमा
    • बिज्ञापन
    © 2018-2024 London Kathmandu News | All Rights Reserved  |  Website By : Everest Media Services Ltd.

    London Kathmandu News

    • समाचार
    • प्रवास
    • मगर समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • गन्तव्य